चोरीमा संलग्न रहेको अभियोगमा पक्राउ
२०८०-१०-०९
- A
- A-
- A+
ललितपुर,९ माघ
महालक्ष्मी नगरपालिका-४ ईमाडोलस्थित शम्भु
विश्वकर्माको स्नेहा सिल्भर कारखानाबाट ३ किलो २०७.६ ग्राम चाँदी चोरी भएको घटनामा
संलग्न रहेको अभियोगमा सिन्धुपालचोक ईन्द्रावती नगरपालिका-९ फटकसिला घर भई हाल ललितपुर ईमाडोल
बस्ने २५ वर्षीय अनिल बराईलीलाई सोमबार प्रहरीले पक्राउ
गरेको छ । साथै उक्त चोरी भएको चाँदी खरिद गर्ने ललितपुर महानगरपालिका-१२ मंगलबजार
बस्ने शिवली ज्वर्लसका संचालक ५४ वर्षीय राजन शाक्यलाई समेत प्रहरीले पक्राउ गरेको
छ ।
कारखानाबाट उक्त परिमाणको चाँदी चोरी
भएको घटनाको अनुसन्धान गर्ने क्रममा प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले
चोरीमा संलग्न अनिललाई पक्राउ गरेको हो । साथै थप सोधपुछको क्रममा चोरी गरेको
चाँदी शिवली ज्वेलर्समा बिक्री गरेको खुल्न आएपछि शिवली ज्वलर्सका संचालक राजनलाई समेत प्रहरीले पक्राउ गरेक हो ।
उनीहरू उपर जिल्ला अदालत ललितपुरबाट ५ दिन म्याद
थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।