चोरीमा संलग्न रहेको अभियोगमा पक्राउ
२०८०-०९-२५
- A
- A-
- A+
काठमाण्डौ, २४ पुस
काठमाण्डौ महानगरपालिका-३२ पेप्सिकोलास्थित एक्टिभ मोबाइल पसलबाट चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा सप्तरी कटौना गाउँपालिका-९ घर भई काठमाडौं पेप्सिकोला बस्ने ३२ वर्षीय रामानन्द मण्डललाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उक्त पसलबाट मंसिर १४ गते राति विभिन्न कम्पनिका २७
थान मोबाइल सेट तथा घडीहरू समेत गरी करिब ५ लाख ५२ हजार ९ सय रूपैयाँ बराबरको
धनमाल चोरी भएको घटनाको अनुसन्धानको क्रममा काठमाण्डौ उपत्यका अपराध अनुसन्धान
कार्यालय मिनभवनबाट खटिएको प्रहरीले मण्डललाई काठमाण्डौ पेप्सिकोलाबाट चोरी गरेका
१४ थान मोबाइलसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।