४७ किलो अवैध चाँदीसहित ३ जना पक्राउ
२०८०-०९-२५
- A
- A-
- A+
काठमाण्डौ, २४ पुस
काठमाण्डौ
महानगरपालिका-२१ भोटेबहाल, कोटेश्वर लगायतका स्थानहरूबाट ४७ किलो अवैध चाँदीका
विभिन्न गरगहनाहरूसहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ
पर्नेहरूमा बारा कैलया नगरपालिका-१० का ५० वर्षीय कामेश्वर शाह, पर्सा वीरगंज
महानगरपालिका-३ का ३२ वर्षीय सुमन कुमार सरार्फ र बारा बिश्रामपुर गाउँपालिका-५ का
२० वर्षीय मनिष सरार्फ रहेका छन् ।
भोटेबहाल,
कोटेश्वर लगायतका विभिन्न ठाउँमा राजश्व छलि गरि बिल-बिजक बिना चाँदीका गरगहनाहरु
भण्डार गरी बिक्री गर्ने गरेको भन्ने सूचनाको आधारमा काठमाण्डौ उपत्यका अपराध
अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले अनुसन्धान गर्ने क्रममा उक्त
कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।
उनीहरूलाई
राजस्व छली सम्बन्धी कसूरमा थप अनुसन्धान तथा कारवाहीको लागि राजस्व अनुसन्धान
विभाग हरिहर भवन ललितपुर पठाइएको छ ।