जापान पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
२०८०-०९-१९
- A
- A-
- A+
काठमाण्डौ, १९ पुस
जापान पठाइदिन्छु भन्दै ६ लाख ५० हजार रूपैयाँ ठगी गरेको अभियोगमा झापा कमल गाउँपालिका-४ घर भई काठमाण्डौ टोखा नगरपालिका-३ बानियाटार बस्ने ५० वर्षीय गणेश कुमार कुलुङ राईलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । राईले २ जनालाई वैदेशिक रोजगारीका लागि जापान पठाई प्रतिष्ठित होटलमा मासिक २ लाख रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितहरूबाट पटक पटक गरी उक्त रकम ठगी गरेकोले काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाण्डौ माछापोखरीबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डौ पठाइएको छ ।