प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषधसहित १ जना पक्राउ

२०८०-०९-१९

  • A
  • A-
  • A+
Share

काठमाण्डौ१९ पुस  

काठमाण्डौ, चन्द्रागिरी नगरपालिका-२ स्थित चेक प्वाइन्टबाट नियन्त्रित लागूऔषध नाईट्राभेट ५० ट्याब्लेटसहित बारा जितपुरसिमरा उपमहानगरपालिका-१ बस्ने ३४ वर्षीय जयराम दहाललाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङगा समेतबाट खटिएको प्रहरीले बारा कलैयाबाट काठमाण्डौतर्फ आउँदै गरेको बा.प्र.०३-००१ ख १८०३ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार दहाललाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । 

सम्बन्धित समाचार
प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा मेट्रो ट्राफिक एफ. एम. ९५.५ मेगाहर्जको १३ औँ वार्षिकोत्सव सम्पन्न ।
२०८२-०४-०८

काठमाडौं, ८ साउन   भृकुटीमण्डप स्थित नेपाल पुलिस हेल्थ क्लबमा बिहीबार आयोजित एक कार्यक्रमबीच मेट्रो ट्राफिक एफ. एम. ९५.५ मेगाहर्जको १३ औँ वार्षिकोत्सव सम्पन्न भएको छ ।     उक्त अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले ट्राफिक एफ.एम.सँग सहकार्य गरी जनचेतनामूलक सूचना, सन्देश तथा रेडियो सामग्री प्रसारण गर्न मद्दत गर्ने विज्ञापन दाता तथा सूचना दाताहरूलाई कदरपत्र प्रदान गरी सम्मान गर्नुका साथै  ट्राफिक एफ.एम.का प्रथम स्टेसन म्यानेजर पूर्व प्रहरी उपरीक्षक पवन कुमार गिरी, ट्राफिक व्यवस्थापनमा उत्कृष्ट कार्य सम्पादन गर्ने २ जना ट्राफिक प्रहरी र ट्राफिक एफ.एम.का ४ जना कर्मचारीलाई प्रशंसा पत्र मार्फत सम्मान गर्नु भएको थियो ।   कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक तामाङले ट्राफिक एफ.एम.ले ट्राफिक व्यवस्थापन, सुरक्षित सवारी आवागमन र जनचेतना फैलाउने कार्यमा उल्लेखनीय योगदान गर्नुका साथै कला, संस्कृति र सामाजिक सद्‍भाव जगाउने कार्य समेत गरेको बताउनु भयो । मेट्रो ट्राफिक एफ. एम.का स्टेशन म्यानेजर प्रहरी नायब उपरीक्षक इञ्जिनियर अमरेन्द्र प्रसाद सिंहले स्वागत मन्तव्य प्रस्तुत गर्नुभएको उक्त कार्यक्रममा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवम् ट्राफिक एफ.एम. व्यवस्थापन समितिका अध्यक्ष प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले उपस्थित सम्पूर्ण अतिथि महानुभावमा धन्यवाद ज्ञापन व्यक्त गर्दै ट्राफिक एफएमको श्रीवृद्धिका लागि सरोकारवाला निकायले गरेको सहयोग प्रशंसनीय रहेको बताउनु भयो ।  कार्यक्रमका विशेष अतिथि नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माले आजको युगमा ट्राफिक एफएमले अन्य सञ्चार माध्यमभन्दा भिन्न पहिचान बनाएको र पृथक कार्य गर्दै आएकाले यसको संरक्षण र थप संबर्धन गर्नुपर्नेमा जोड दिनुभयो । विशेष अतिथि सडक बोर्ड नेपालका कार्यकारी निर्देशक गणेश बहादुर के.सी.ले ट्राफिक एफएमसँगको सहकार्य सडक सुरक्षाका तथा सचेतना क्षेत्रमा लाभदायी भएको बताउनुभयो ।  कार्यक्रममा काठमाडौँ उपत्यका प्रहरी कार्यालय  तथा मातहतका प्रहरी अधिकृतहरु, जनप्रतिनिधि, यातायात संबद्ध संघ संस्था, सरोकारवाला निकायका पदाधिकारीहरु, संचारकर्मी, नगरप्रहरी, ट्राफिक एफ.एम.का श्रोता तथा ट्राफिक स्वयमसेवकहरूको सहभागिता रहेको थियो  ।       वार्षिकोत्सवकै अवसरमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आज विहान ०८:०० बजे देखि ११:०० बजे सम्म रक्तदान कार्यक्रम सम्पन्न भएको थियो । रक्तदान कार्यक्रममा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख तथा एफ.एम.व्यवस्थापन समितिका अध्यक्ष प्रहरी वरिष्ठ उपरीक्षक अधिकारीले रक्तदान गरी सुरुवात गर्नु भएको कार्यक्रममा ट्राफिक प्रहरी कर्मचारी, ट्राफिक एफ.एम.का श्रोता तथा ईच्छुक सर्वसाधारण गरी ६८ जनाले रक्तदान गर्नु भएको थियो । वि.स. २०६८ पौष २६ गतेबाट सञ्चालनको इजाजत पाएको ट्राफिक एफ.एम ९५.५ मेगाहर्जले २०६९ जेठ २५ गतेबाट आफ्नो परिक्षण प्रसारण आरम्भ गरेको थियो । एफ.एमले २०६९ सालकै साउन ८ गतेबाट नियमित प्रसारण सुरु गरेको थियो । ट्राफिक व्यवस्थापन र शान्ति सुरक्षामा जनमानसलाई सुःसुचित गर्दै आएको यस एफएममा  जनचेतनामुलक, सूचनामुलक र मनोरञ्जनात्मक लगायत विविध कार्यक्रमहरु प्रसारण हुँदै आइरहेका छन् ।

दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
२०८२-०४-०४

मिति २०८२/०४/०४ गते, काठमाडौं उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा तालुक गृह मन्त्रालय (सचिवस्तर) को मिति २०८२।०३।३१ गतेको निर्णयानुसार मिति २०८२।०४।०३ गतेबाट लागु हुने गरी जनपद तर्फ प्रहरी वरिष्ठ नायव निरीक्षक पदबाट प्रहरी निरीक्षक पदमा बढुवा हुनु भएका प्रहरी निरीक्षक राधिका बस्याललाई दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न भएको छ ।               दर्ज्यानी चिन्ह सुशोभन पश्चात समारोहलाई सम्बोधन गर्नु हुदै प्रहरी अतिरिक्त महानिरीक्षक तामाङले सरुवा बढुवा भनेको प्रहरी कर्मचारीको सेवामा प्रवेशदेखी अवकाससम्म नियमित प्रकृया भएकाले पदोन्नति हुनु भएका प्रहरी अधिकृतले पदोन्नतिसँगै काँधमा थपिएको जिम्मेवारी अनुरुप पदीय मर्यादा रहने गरी  राज्यले खटाएको स्थानमा कटिवद्ध रुपमा कार्य गर्न निर्देशन दिनुभयो ।            प्रहरी निरीक्षक राधिका बस्यालले प्रहरी सेवामा रहदा प्राप्त गरेका अनुभव, अवसर र चुनौतीको सम्बन्धमा  मन्तव्य प्रस्तुत गर्नु भएको उक्त कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनाल,प्रहरी वरिष्ठ उपरीक्षक दीप शम्शेर ज.ब.रा., सिनियर प्रहरी अधिकृतहरू लगायत अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।  

सुरक्षित उपत्यका - हाम्रो प्रतिवद्धता अभियान अन्तर्गत विपद् सम्बन्धी अनुशिक्षण कार्यक्रम सञ्चालन
२०८२-०३-३०

आज मिति २०८२/०३/३० गते दिनको १०:३० बजे   काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको आयोजना तथा नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुसीको सहयोगमा बाढी एवं डुवान जस्तो मनसुनजन्य विपद्का घटनाहरुको उद्दार एवं प्रतिकार्यको क्रममा परिचालित हुने प्रहरी कर्मचारीहरुको ज्ञान, सिप तथा कौशलमा अभिवृद्धि गर्न काठमाडौं उपत्यका विशेष सुरक्षा प्रहरी गण त्रिपुरश्वर एवम् नगर प्रहरी काठमाडौं अन्तर्गतका कुल ६० जना प्रहरी कर्मचारीहरुलाई काठमाडौं महानगरपालिका वडा नम्बर १ स्थित कमलपोखरीमा विपद् सम्बन्धी अनुशिक्षण अभ्यास सञ्चालन गरिएको छ । यस अनुशिक्षणले मनसुनजन्य विपद्का घटनाहरुमा तत्कालका लागि उद्दार एवं प्रतिकार्यमा सहायता पुग्नेछ ।

सुरक्षित उपत्यका - हाम्रो प्रतिवद्धता एवं समुदाय प्रहरी साझेदारी अभियान अन्तर्गत विपद् सम्बन्धी अनुशिक्षण कार्यक्रम सञ्चालन
२०८२-०३-२९

आज मिति २०८२/०३/२९ गते दिनको १०:३० बजे   काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको आयोजना, Nepal Association of Rafting Agencies (NARA) को सहकार्य तथा नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुसीको सहयोगमा बाढी एवं डुवान जस्तो मनसुनजन्य विपद्का घटनाहरुको उद्दार एवं प्रतिकार्यको क्रममा परिचालित हुने सामुदायिक विपद् स्वयंम् सेवकहरुको ज्ञान, सिप तथा कौशलमा अभिवृद्धि गर्न सामुदायिक प्रहरी सेवा बानेश्वर-१० एवम् कोटेश्वर अन्तर्गतका कुल ३८ जना सामुदायिक विपद् स्वयंम् सेवकहरुका लागि काठमाडौं महानगरपालिका वडा नम्बर १ स्थित कमलपोखरीमा अनुशिक्षण अभ्यास सञ्चालन गरिएको छ । काठमाडौं उपत्यका स्थित २९ वटा सामुदायिक प्रहरी सेवा केन्द्रबाट कुल ६०० जना सामुदायिक विपद् स्वयंम् सेवकहरुलाई विपद् सम्बन्धी अनुशिक्षण अभ्यास प्रदान गर्ने लक्ष्य सहित सुरु गरिएको यस विपद् उद्धार अनुशिक्षणमा हाल सम्म कुल ३६२ जना सामुदायिक विपद् स्वयंम् सेवकहरुले अनुशिक्षण प्राप्त गर्नु भएको छ भने यस अनुशिक्षणले मनसुनजन्य विपद्का घटनाहरुमा तत्कालका लागि उद्दार एवं प्रतिकार्यमा सहायता पुग्नेछ ।

सुरक्षित उपत्यका - हाम्रो प्रतिवद्धता एवं समुदाय प्रहरी साझेदारी अभियान अन्तर्गत विपद् सम्बन्धी अनुशिक्षण कार्यक्रम सञ्चालन
२०८२-०३-२६

आज मिति २०८२/०३/२६ गते दिनको १०:३० बजे   काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको आयोजना, Nepal Association of Rafting Agencies (NARA) को सहकार्य तथा नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुसीको सहयोगमा बाढी एवं डुवान जस्तो मनसुनजन्य विपद्का घटनाहरुको उद्दार एवं प्रतिकार्यको क्रममा परिचालित हुने सामुदायिक विपद् स्वयंम् सेवकहरुको ज्ञान, सिप तथा कौशलमा अभिवृद्धि गर्न सामुदायिक प्रहरी सेवा केन्द्र इचंगुनारायण , गोंगबु, कृतिपुर, जोरपाटी एवम् बुढानिलकण्ठ अन्तर्गतका कुल ४४ जना सामुदायिक विपद् स्वयंम् सेवकहरुका लागि काठमाडौं महानगरपालिका वडा नम्बर १ स्थित कमलपोखरीमा अनुशिक्षण अभ्यास सञ्चालन गरिएको छ । काठमाडौं उपत्यका स्थित २९ वटा सामुदायिक प्रहरी सेवा केन्द्रबाट कुल ६०० जना सामुदायिक विपद् स्वयंम् सेवकहरुलाई विपद् सम्बन्धी अनुशिक्षण अभ्यास प्रदान गर्ने लक्ष्य सहित सुरु गरिएको यस विपद् उद्धार अनुशिक्षणमा हाल सम्म कुल २९० जना सामुदायिक विपद् स्वयंम् सेवकहरुले अनुशिक्षण प्राप्त गर्नु भएको छ भने यस अनुशिक्षणले मनसुनजन्य विपद्का घटनाहरुमा तत्कालका लागि उद्दार एवं प्रतिकार्यमा सहायता पुग्नेछ ।

दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्‍न ।
२०८२-०३-२४

मिति २०८२/०३/२४ गते, काठमाडौं उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा तालुक नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखाको मिति २०८२।०३।१६ गतेको पत्रले जनपद प्रहरी समूह तर्फ प्रहरी सहायक हवल्दार पदबाट प्रहरी हवल्दार पदमा बढुवा हुनु भएका प्रहरी हवल्दार पदम राज भट्ट, भक्त बहादुर मगर, हेम राज पाण्डेय, रमेश बहादुर खड्का, गोपाल के.सी., रामकृष्ण थापा र प्रहरी जवान पदबाट प्रहरी सहायक हवल्दार पदमा बढुवा हुनु भएका प्रहरी सहायक हवल्दार पदम बहादुर जि.सी. र सम्झना कुमाललाई दर्ज्यानी चिन्हद्वारा सुशोभन कार्यक्रम सम्पन्न भएको छ ।               दर्ज्यानी चिन्ह सुशोभन पश्चात समारोहलाई सम्बोधन गर्नु हुदै प्रहरी अतिरिक्त महानिरीक्षक तामाङले पदोन्नति हुनु भएका सम्पूर्ण प्रहरी कर्मचारीहरुले पदोन्नतिसँगै काँधमा थपिएको जिम्मेवारी अनुरुप पदीय मर्यादा रहने गरी  राज्यले खटाएको स्थानमा कटिवद्ध रुपमा कार्य गर्न निर्देशन दिनुभयो ।         कार्यक्रममा प्रहरी नायव महानिरीक्षक ओम बहादुर राना, प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनाल, प्रहरी वरिष्ठ उपरीक्षक दीप शम्शेर ज.ब.रा., सिनियर प्रहरी अधिकृतहरू लगायत अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।