प्रहरी कन्ट्रोल : १००
नेपा
EN

प्रहरी प्रभाग,गोंगबुँ र सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र,गोंगबुँको भवन शिलान्यास

२०८०-०९-०४

  • A
  • A-
  • A+
Share

काठमाण्डौ पुस ४

         प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाबाट प्रहरी प्रभाग,गोंगबुँ र सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र,गोंगबुँको भवन शिलान्यास कार्यक्रम सम्पन्न भएको छ ।

        बागमती प्रदेश, भौतिक पुर्वाधार विकास मन्त्रालय, टोखा नगरपालिका, विभिन्न संघ संस्था तथा स्थानिय नागरीकको सामुहिक लगानीले करीव चार करोड रुपैयाको पुर्वानुमान गरी प्रहरी प्रभाग,गोंगबुँ र सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र,गोंगबुँको लागि भवन निर्माण गर्न लागिएको हो ।

        शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले निर्माण हुन लागेका भवनहरू सबैको साझा सम्पत्ति भएको उल्लेख गर्दै  प्रहरीलाई सेवा प्रवाहमा सहज पहल कदमी गर्ने सम्पूर्ण नागरिक समाजजनप्रतिनिधि तथा सम्पूर्ण गोंगबुँ तथा टोखा नगरपालिकाबासीलाई धन्यवाद व्यक्त गर्नुभयो । अहोरात्र नागरिकको सेवामा खटिने प्रहरी कर्मचारीहरूको लागि आवास भवन आधारभूत आवश्यकता रहेको चर्चा गर्दै नयाँ निर्माण हुने भवनहरूले प्रहरी कार्यमा थप सहज हुने विश्वास व्यक्त गर्दै आधुनिक युगमा आधुनिक प्रविधिको प्रयोग गर्दै समाजमा सुशासन कायम गर्न उपत्यका प्रहरी कटिवद्व रहेको बताउनुभयो । साथै गोंगबुँ नयाँ बसपार्क जस्तो संबेदनशिल स्थानमा प्रहरी  प्रभाग तथा सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रको भवन निर्माणले आपराधिक गतिविधि विरुद्व प्रहरी कार्यमा थप सहज हुने विश्वास व्यक्त गर्नुभयो ।

     सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रगोंगबुँ संस्थाका अध्यक्ष केदारनाथ पाठकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा टोखा नगरपालिकाका नगर प्रमुख प्रकाश अधिकारी, प्रहरी परिसर काठमाण्डौका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भुपेन्द्र वहादुर खत्री, टोखा नगरपालिकाका कार्यकारी अधिकृत शेर वहादुर बि.सी., प्रहरी वृत्त महाराजगंजका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक अमर थापा क्षेत्री, प्रहरी प्रभाग गोंगबुँका कार्यालय प्रमुख प्रहरी निरीक्षक, पूर्व प्रहरी कर्मचारीहरु, स्थानीय जनप्रतिनिधिहरू र स्थानीय भद्र भलादमीहरू लगायत अन्दाजी १५० जनाको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ४ जना पक्राउ
२०८२-१०-०८

काठमाडौं, टोखा नगरपालिका-७ बसुन्धारा खरिबोटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ ग्राम १ सय ८० मिलिग्राम सहित सोही नगरपालिका-६ बस्ने इलाम, इलाम नगरपालिका-४ घर भएका ३७ वर्षीय दिपक राईलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग गोँगबु समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।         ललितपुर, गोदावरी नगरपालिका-५ लेले बसपार्कबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ८२ ट्याब्लेट र स्पास्पेन १० ट्याब्लेट सहित महालक्ष्मी नगरपालिका-१२ धापाखेल बस्ने रामेछाप मन्थली घर भएका २२ वर्षीय पाल्देन लामा समेत ३ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी लेलेबाट खटिएको प्रहरीले बा.९७ प ५८६७ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सि.सि.टि.भि. जडान सम्बन्धी समझदारी-पत्रमा हस्ताक्षर
२०८२-१०-०८

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्की र कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्की बिच कागेश्वरी मनोहरा नगरपालिका क्षेत्र भित्र सि.सि.टि.भि. जडान गर्ने  सम्बन्धमा समझदारी-पत्रमा हस्ताक्षर गर्नुका साथै समझदारी-पत्र आदान प्रदान गर्ने कार्यक्रम सम्पन्न भएको छ ।       सो कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीले नागरीक सुरक्षाको लागी मुख्य सरोकारवाला निकाय नेपाल प्रहरी भएकाले नेपाल प्रहरीसँग सहकार्य गरि सि.सि क्यामेरा जडान गर्न लागिएको बताउनु भयो । सोही अवसरमा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीले नागरिकहरूको सुरक्षालाई मध्यनजर गरी स्थानिय सरकारले गरेको लगानीमा आफुहरुले पुर्ण रुपमा सहयोग गरि समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

सि.सि.टि.भि. जडान सम्बन्धी समझदारी-पत्रमा हस्ताक्षर
२०८२-१०-०७

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्की र अधिकार सम्पन्न बागमति सभ्यता एकिकृत बिकास समितीको  तर्फबाट आयोजना निर्देशक मचाकाजी महर्जन बिच काठमाडौंको गोकर्ण देखि बल्खु सम्म बागमति नदि करिडोरमा सि.सि.टि.भि. जडान  सम्बन्धी समझदारी-पत्रमा हस्ताक्षर गर्नुका साथै समझदारी-पत्र आदान प्रदान समेत गर्नुभयो ।       सो कार्यक्रममा अधिकार सम्पन्न बागमति सभ्यता एकिकृत बिकास समितीका निर्देशक मचाकाजी महर्जनले नागरीक सुरक्षाको लागी नेपाल प्रहरीसँग सहकार्य गर्न पाँउदा खुसि व्यक्त गर्नुभयो ।सोही अवसरमा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीले नागरिकहरूको शान्ति सुरक्षालाई मध्यनजर गरी यहाँहरुले लगानी गरिदिनु भऐकोमा नेपाल प्रहरीको तर्फबाट धन्यबाद  व्यक्त गर्नुभयो ।      कार्यक्रममा अधिकार सम्पन्न बागमति सभ्यता एकिकृत बिकास समितीका पदाधिकारीहरू तथा काठमाडौं उपत्यका प्रहरी कार्यालयका वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।

‘सार्वजनिक सवारी साधनमा CC camera र Dashboard Camara जडान कार्य शुभारम्भ
२०८२-१०-०७

ट्राफिक प्रहरीका लागि क्षमता अभिवृद्धि तालिमको उद्घाटन तथा सार्वजनिक सवारी साधनमा CC camera र Dashboard Camara जडान कार्यको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीबाट शुभारम्भ भएको छ ।  उक्त कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीले सार्वजनिक यातायात नागरिकको पहुँचमा हुने भएकाले यसलाई प्रविधियुक्त बनाउन आवश्य रहेको बताउनुभयो । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथको आयोजना र Nepal Automobile Importers and Manufacturers Association (NAIMA) को सहकार्यमा आजबाट संचालनमा आएको हो । उक्त कार्यक्रममा सवारी दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह २०८२ सफल बनाउन बिभिन्न क्षेत्रबाट भूमिका खेल्ने संघ-संस्था र व्यक्तिहरूलाई कदर-पत्रद्वारा सम्मान गरिएको थियो ।            कार्यक्रममा NAIMA, NADA का प्रतिनिधि,यातायात व्यवसायी, कलाकार, ट्राफिक प्रहरी कर्मचारीहरू तथा पत्रकारहरुको उपस्थिति रहेको थियो ।