CRV Patrol Tracking System (CPTS) का लागि (LOCOMO Device) हस्तान्तरण तथा जडान
२०८०-०८-२७
- A
- A-
- A+
काठमाण्डौ, २७ मंसिर
मिति २०८०/०८/२७
गते काठमाण्डौ उपत्यका प्रहरी कार्यालयमा यस कार्यालयका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापालाई Sentinel Lab का संस्थापक
अध्यक्ष प्रणव बुढाथोकी र LOCOMO का ब्राण्ड एम्बेस्डर सुरज
सिंह ठकुरीद्वारा CRV Patrol
Tracking System (CPTS) का लागि LOCOMO Device
हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।
Control Room
Vehicle (CRV) मा जडित Device बाट CRV भ्यानको Real Time Location पहिचान गरी विशिष्ट
व्यक्तिहरूको सवारीको सुरक्षा, सवारी साधनहरूको चोरी नियन्त्रण तथा अनुसन्धान, विपद
उद्दार तथा खोजी कार्य, आकस्मिक उद्वार लगायतका प्रहरी कार्यमा प्रभावकारी तवरले प्रहरी
परीचालन गर्नुका साथै CRV भ्यान र Police Control
Room को समन्वयमा सहज बनाउन LOCOMO डिभाइसको
प्रयोग प्रभावकारी हुनेछ ।
Sentinel Lab का निर्देशक अनिता देवकोटाले LOCOMO Device को
प्राविधिक पाटो बारे चर्चा गर्नु भएको उक्त कार्यक्रममा Brand Ambassador तथा संस्थापक सल्लाहकार सुरज सिंह ठकुरीले नागरिकहरु बिना वर्दीका प्रहरी हुने
भएकाले समाजमा शान्ति सुरक्षा तथा अमन चयन कायम गर्ने कार्यमा आफ्नो र संस्थाको
तर्फबाट सदैव सहयोग हुने प्रतिवद्दता जनाउनु भयो ।
हस्तान्तरण कार्यक्रमलाई
सम्बोधन गर्नुहुदै प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले ‘Witness can
lie but technology doesn’t’. साक्षीले सत्य नबक्न पनि सक्दछ तर
प्रविधिले सदैव सत्य नै उजागर गरिराख्ने भएकोले नेपाल प्रहरीलाई प्रविधिमैत्री
बनाउने कार्यमा यसबाट अपेक्षित लाभ हासिल हुन सक्ने तथा आधुनिक समयमा प्रविधिको
प्रयोग गरी घटनाहरू घटाइने हुँदा प्रहरी कार्यलाई समेत थप प्रविधियुक्त बनाई समग्रमा
सुरक्षा प्रदान गरिने र काठमाण्डौ उपत्यका प्रहरी कार्यालयको ‘सुरक्षित उपत्यका, हाम्रो प्रतिवद्दता: अभियानलाई मूर्तरूप दिन LOCOMO Device कोसेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा
प्रहरी नायव महानिरीक्षक लाल मणी आचार्य, Sentinel Lab का
पदाधिकारीहरू, वरिष्ठ प्रहरी अधिकृत लगायतका प्रहरी कर्मचारीको उपस्थिति रहेको
थियो ।