लैंगिक हिंसा विरुद्वका विभिन्न पर्चा तथा पम्पेलेटहरू वितरण कार्यक्रम सम्पन्न
२०८०-०८-२४
- A
- A-
- A+
काठमाण्डौ, २४ मंसिर
हरेक वर्ष नोभेम्वर २५ देखि डिसेम्वर १० तदनुसार (मंसिर ९ गतेदेखि २४ गतेसम्म) अन्तरराष्ट्रिय अभियानको रुपमा मनाउने लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान “लैंगिक हिंसा अन्त्यको सुनिश्चितता महिला र बालबालिकामा लगानिको ऐक्यबद्वता” भन्ने नाराका साथ मनाइएको यस वर्षको अभियान अन्तर्गत मिति २०८०/०८/२१ गते तथा २०८०/०८/२४ गते अभियान समापनको दिन यस उपत्यका प्रहरी कार्यालय महिला तथा वालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र तथा सामुदायिक शाखाको संयुक्त आयोजनामा काठमाण्डौ महानगरपालिकाको विभिन्न क्षेत्रमा लैंगिक हिंसा विरुद्वका विभिन्न पर्चा तथा पम्पेलेटहरू वितरण तथा स्टीकरहरु टाँस गरिएको छ ।