प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

विभिन्न धनमाल चोरी

२०८०-०८-०४

  • A
  • A-
  • A+
Share

ललितपुर, ४ मंसिर

            ललितपुर महानगरपालिका-२४ धापाखेल नख्खुडोल टोल डेरा गरी बस्ने जयराम घिमिरेको कोठाबाट घरमा कोही नभएको अवस्थामा सुनका विभिन्न गहना तथा नगद समेत गरी करिब ३ लाख ८३ हजार रूपैयाँ बराबरको धनमाल आइतबार दिउँसो चोरी भएको छ ।

            प्रहरीले हाल चोरीमा संलग्न फरार व्यक्तिको खोजी गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनसुन्धान गरिरहेको छ ।

 

सम्बन्धित समाचार
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको निरीक्षण तथा निर्देशन सम्वोधनका साथै सवारी साधनहरु (मोटरसाइकल र स्कुटर) हस्तान्तरण कार्यक्रम सम्पन्न
२०८२-०८-०४

काठमाडौं, ४ मंसिरकाठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक ओम प्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको निरीक्षण तथा निर्देशन सम्बोधनका साथै सवारी साधन हस्तान्तरण कार्यक्रम बिहीबार सम्पन्न भएको छ । निरीक्षण भ्रमणका क्रममा प्रहरी नायव महानिरीक्षक अधिकारीले मिति २०८२ भाद्र २३ र २४ गतेको आन्दोलनबाट क्षति भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको पुन निर्मित परिचालन कक्ष लगायत अन्य शाखाहरूको निरीक्षण तथा अवलोकन समेत गर्नुभयो ।   सोही अवसरमा काठमाडौँ उपत्यकाका विभिन्न स्थान र मितिमा चोरी भएका ५१ वटा दुई पाङ्ग्रे सवारी साधनहरु (मोटरसाइकल र स्कुटर) प्रहरी कार्यालयमा जाहेरी पश्चात खोजतलास गरी काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सम्बन्धित धनीलाई हस्तान्तरण गरिएको थियो  । काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक ओम प्रसाद अधिकारी र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले संयुक्त रुपमा ३३ वटा मोटरसाइकल र १८ वटा स्कुटर सम्बन्धित धनीलाई आज हस्तान्तरण गर्नुभएको हो ।  सवारी साधन हस्तान्तरण मुल समारोहलाई सम्बोधन गर्नु हुदै प्रहरी नायव महानिरीक्षक ओम प्रसाद अधिकारीले विषम परिस्थितिमा समेत आफुलाई सम्हालेर नागरिकको सेवामा अग्रपङ्त्तिमा रहि खटिने नेपाल प्रहरी संगठन हरेक समय सेवा गर्न तत्त्पर रहेको विगत देखी वर्तमान सम्मको घटनाक्रममा प्रहरीको देखाएको तदारूकताले प्रमाणित गर्ने बताउनु हुदै ट्राफिक प्रहरी कर्मचारीहरुले यातायात व्यवस्था ऐनमा व्यवस्था गरे बमोजिम सवारी कार्वाही गर्न साथै सेवाग्राही संग बोलि व्यवहारमा नम्र र कानून कार्यान्वयनमा कठोर हुन समेत निर्देशन दिनु भयो । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्त निवेदनका आधारमा खोजी गरी सम्बन्धित धनिहरुले सवारी प्राप्त गरे पश्चात सवारी धनिहरुले सामुहिक रुपमा खादा माला लगाई ट्राफिक प्रहरीलाई धन्यवाद व्यक्त गर्नुका साथै केक काटी खुशी व्यक्त गर्नु भएको थियो ।

कतार पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०८-०१

काठमाडौं, १ मंसिरवैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी कतार पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-३ बस्ने महोत्तरी सम्सी गाउँपालिका-५ घर भएका ४४ वर्षीय आनन्द कुमार साहलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।             आनन्द कुमारले कतार पठाइदिन्छु भन्दै १ जना पीडितबाट १० लाख रूपैयाँ लिई सम्पर्कबिहिन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-७ बाट पक्राउ गरेको हो ।             उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको भवन पुनःनिर्माणमा सहयोग गर्ने विभिन्न संघ-संस्थाहरुलाई सम्मान पत्र वितरण ।
२०८२-०७-२८

२०८२ कार्तिक २८        मिति २०८२ भाद्र २३ र २४ गतेको आन्दोलनबाट क्षति भएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी काठमाडौंको  भवन पुनःनिर्माणमा  सहयोग गर्नुहुने विभिन्न संघ-संस्था साथै दाताहरूलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका  प्रहरी नायव महानिरीक्षक ओम प्रसाद अधिकारीद्वारा आज यस कार्यालयमा सम्मान गर्नुभएको छ ।       यस कार्यालयको भवन पुनःनिर्माणमा सहयोग गर्नुहुने विभिन्न संघ-संस्था साथै दाताहरूलाई सम्मान पत्र वितरण कार्यक्रम पश्चात सम्बोधन गर्नुहुदै प्रहरी नायव महानिरीक्षक ओम प्रसाद अधिकारीले नागरिकको सुरक्षा आवश्यकतालाई  तत्काल मनन गरी आन्दोलनबाट क्षति भएको भवन पुनःनिर्माण गरि हरेक समयमा शान्ति सुरक्षाको लागि अग्र पङ्क्तिमा खटिने नेपाल प्रहरीलाई सहयोग पुर्‍याएकोमा सहयोगी मनहरूलाई  काठमाडौं उपत्यका प्रहरी कार्यालयका साथै नेपाल प्रहरीको तर्फबाट धन्यबाद व्यक्त गर्नुभयो ।     शान्तिपूर्ण समाज निर्माणमा प्रहरी र नागरिक समाजको ऐक्यबद्धता अत्यावश्यक भएकाले समाज विरुद्धका आपराधिक गतिविधिलाई निरुत्साहित गर्न सम्पूर्ण नागरिक र नेपाल प्रहरीको सामूहिक भावाना हुनुपर्नेमा  समेत जोड दिनुभयो ।      कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक दीप शम्शेर ज.ब.रा., सहयोगी संस्थाहरु गैरआवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद्र चीन, NECSA (नेपाल शैक्षिक परामर्श सेवा संघ), लुम्बिनी तन्दुरी व्यवसायी संघ,  Young Presidents Organization Nepal (YPO Nepal), स्याकार कम्पनी प्रा. लि., 14 peaks expedition, Kathmandu Model Secondary  School, सिनर्जी आई.टि.सोलुशन,  SK Trading Suppliers  र shrida Solutions का प्रतिनिधिहरु, प्रहरी अधिकृत लगायत अन्य दर्जाका प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

नव नियुक्त प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको काठमाडौं उपत्यका प्रहरी कार्यालयबाट विदाई कार्यक्रम सम्पन्न ।
२०८२-०७-२६

काठमाडौं, २६ कार्तिकमिति २०८२/०७/२४ गतेको नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय अनुसार, २०८२/०७/२७ गतेबाट लागु हुने गरी यस उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दान बहादुर कार्कीलाई ३३ औं प्रहरी महानिरीक्षकका रुपमा नियुक्त गरेकोमा यस कार्यालय तथा मातहतका कर्मचारीहरुद्वारा विदाई कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्नुहुदै नव नियुक्त प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले काठमाडौं उपत्यका प्रहरी कार्यालयको कार्यालय प्रमुखको रुपमा कार्यरत रहदा राष्ट्र र नागरिकको सेवाको खातिर नेपाल प्रहरी संगठनले सुम्पेको जिम्मेवारी व्यावसायिक रूपमा सक्षमताका साथ निर्वाह गर्न सहयोग र सहकार्य गर्ने आफू मातहतका सम्पूर्ण प्रहरी कर्मचारीहरू प्रति धन्यवाद व्यक्त गर्दै काठमाडौं उपत्यकामा कार्यरत प्रहरी कर्मचारीहरुमा विषेश कार्य कुशलताका साथै बोलि व्यवहारमा विनम्रता तथा कानून कार्यान्वयनमा कठोरता हुनु पर्नेमा जोड दिनु भयो ।कार्यक्रममा धन्यवाद मन्तव्य व्यक्त गर्दै प्रहरी नायब महानिरीक्षक ओम प्रसाद अधिकारीले नव नियुक्त प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले यस कार्यालयको कार्यालय प्रमुखको रुपमा कार्यरत रहदा देशको विषम् परिस्थितिमा समेत मातहत प्रहरी कर्मचारीहरुलाई प्रहरी कार्य सम्पादनमा उच्च मनोबल प्रदान गर्नु भएको स्मरण गर्दै आगामी दिनहरुमा समेत संगठनको श्रीवृद्धि र प्रहरी सेवालाई अझै प्रभावकारी तथा नागरिक मैत्री बनाउनमा संगठन प्रमुखका रुपमा निर्देशन निरन्तर प्राप्त हुनेमा विश्वास व्यक्त गर्नुभयो । सोही अवसरमा प्रहरी नायब महानिरीक्षक अधिकारी तथा मातहत कार्यालयका कार्यालय प्रमुखहरुले समेत नव नियुक्त प्रहरी महानिरीक्षक दान बहादुर कार्कीलाई खादा, माला  तथा मायाको चिनो प्रदान गर्नुभएको थियो । कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालय तथा मातहतका प्रहरी वरिष्‍ठ उपरीक्षकहरु, प्रहरी उपरीक्षकहरु, प्रहरी नायब उपरीक्षकहरु, प्रहरी निरीक्षकहरु, जुनियर प्रहरी अधिकृतहरु, लगायत अन्य प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

अवैध लागूऔषध र हातहतियार सहित दुई जना पक्राउ
२०८२-०७-२३

काठमाडौं, २३ कात्तिककाठमाडौं महानगरपालिका-१२ टेकु ह्युमतबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय २० मिलिग्राम, नगद  ३२ हजार रूपैयाँ र मोवाइल ५ थान सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही महानगरपालिका-१२ बस्ने १९ वर्षीय सुजन श्रेष्ठ र २१ वर्षीय अमर शाही रहेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले अमरको घर पछाडी लुकाई राखेको रिभल्वर १ थान र गोली २ राउण्ड तथा सुजनको घरमा लुकाई राखेको रिभल्वर १ थान र गोली ४ राउण्ड फेला पारी शनिबार दिउँसो बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

प्रहरी प्रभाग नयाँ बसपार्कको भवन विभिन्न संघ संस्थाहरुको सहयोगमा पुनः निर्माण सम्पन्न गरी काठमाडौं उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दान बहादुर कार्की मार्फत नेपाल प्रहरीलाई हस्तान्तरण कार्यक्रम सम्पन्न ।
२०८२-०७-२१

२०८२ कार्तिक २१        मिति २०८२ भाद्र २३ र २४ गतेको आन्दोलनबाट क्षति ग्रस्त भएको प्रहरी प्रभाग नयाँबसपार्क काठमाडौंको प्रहरी भवन विभिन्न संघ संस्थाहरुको सहयोगमा पुनःनिर्माण सम्पन्न गरी काठमाडौं उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दान बहादुर कार्की मार्फत नेपाल प्रहरीलाई आज शुक्रबार एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको छ ।       उक्त कार्यक्रममा प्रहरी भवन पुनः निर्माणमा सहयोग गर्नुहुने संघसंस्था साथै दाताहरूलाई सम्मान पत्र वितरण कार्यक्रम पश्चात प्रहरी भवन हस्तान्तरण समारोहलाई सम्बोधन गर्नुहुदै प्रहरी अतिरिक्त महानिरीक्षक दान बहादुर कार्कीले सुरक्षाको आवश्यक प्रत्याभुतिलाई महशुस गरी आन्दोलनबाट पूर्ण रूपमा क्षति भएको प्रहरी प्रभाग नयाँबसपार्कको भवन पुनःनिर्माण गरि हरेक समयमा शान्ति सूरक्षाको लागि अग्र पङ्क्तिमा खटिने नेपाल प्रहरीलाई सहयोग पुर्‍याएकोमा प्रहरी प्रभाग नयाँबसपार्क भवन पुनःनिर्माण गर्ने बिभिन्न सहयोगीहरूलाई  काठमाडौं उपत्यका प्रहरी कार्यालयका साथै नेपाल प्रहरीको तर्फबाट धन्यबाद व्यक्त गर्नुभयो । नागरिकको अपेक्षा अनुरुप स्वच्छ, व्यावसायिक आचरण व्यवहार प्रस्तुत गर्दै  मिठो बोली वचनसगैं नागरिक मैत्री प्रहरी सेवा प्रदान गरी सभ्य र शान्तिपूर्ण समाज निर्माण गर्न उपस्थित प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनुहुदै शान्तिपूर्ण समाज निर्माणमा प्रहरी र नागरिक समाजको ऐक्यबद्धता अत्यावश्यक भएकाले समाजमा हुने आपराधिक गतिविधिलाई निरुत्साहित गर्न सम्पूर्ण नागरिक र नेपाल प्रहरीको सामूहिक संकल्पको लागि अपिल समेत गर्नु भयो ।      जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले  धन्यवाद ज्ञापन गर्नुभएको उक्त कार्यक्रममा टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी टोखा नगरपालिकाका उप-प्रमुख मुरारी तामाङ  भारतिय गोरखा पूर्व सैनिकहरू, नेपाल बैदेशिक रोजगार ब्यवसायी एकता समिती, लायन्स अर्न्तराष्ट्रिय ३२५ के. क्लब, स्थानिय जनप्रतिनिधिहरु,विभिन्न व्यवसायीहरू सहयोगी संघसंस्थाका महानुभावहरु, संचारकर्मीहरु, नागरिक समाजका प्रतिनिधिहरु, सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरू, स्थानिय बासिन्दाहरु, प्रहरी अधिकृत तथा अन्य दर्जाका प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।