प्रहरी कन्ट्रोल : १००
नेपा
EN

जुवातास खेल्दा खेल्दै काठमाण्डौबाट २४ जना पक्राउ

२०८०-०८-०४

  • A
  • A-
  • A+
Share

काठमाण्डौ, ४ मंसिर

            काठमाण्डौ महानगरपालिका-२६ पवित्रनगरस्थित प्रविन गेष्ट हाउसको २०१ नम्बर कोठामा जुवातास खेलिरहेको अवस्थामा पाँचथर फालेलुङ गाउँपालिका-८ घर भएका ४२ वर्षीय सुरेन्द्र जबेगु समेत ९ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । सूचनाको आधारमा प्रहरी वृत्त महाराजगञ्ज र प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ‍‍‍‍‍‍‍‍६२ हजार ४ सय रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो ।  साथै सोही गेस्ट हाउसको पार्किङमा ओखर (जुवा) खेलिरहेको अवस्थामा पाँचथर फाल्गुनन्द गाउँपालिका-४ घर भएकी ४० वर्षीया एन्जिला लिम्बु समेत १० जनालाई नगद ४९ हजार ५ सय ५० रूपैयाँ र ८ गेडा ओखरसहित सोही प्रहरी टोलीले आइतबार साँझ पक्राउ गरेको छ ।

            काठमाण्डौ महानगरपालिका-१३ कालिमाटीस्थित तरकारी बजारको सडक पेटीमा जुवातास खेलिरहेको अवस्थामा गोर्खा घर भई हाल कालिमाटी डेरा गरी बस्ने ३५ वर्षीय आसमान परियार समेत ५ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३९ हजार रूपैयाँ र २ बुक ताससहित पक्राउ गरेको हो ।

            सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनसुन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८३-०३-२६

२०८३-०३-२६काठमाडौं, लागूऔषध मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं नागार्जुन नगरपालिका-४ बस्ने सिन्धुपाल्चोलक त्रिपुरासुन्दरी गाउँपालिका-२ घर भएका ३० वर्षीय भिमसेन वैजु र २३ वर्षीय विश्‍व वैजु रहेका छन् ।            जिल्ला अदालत काठमाडौंबाट २०८१ पुस ११ गते उक्त मुद्दामा २ वर्ष कैद र १ लाख रूपैयाँ जरिवाना तथा थप ३ महिना कैद र १० हजार रूपैयाँ जरिवाना ठहर भई फरार रहेका भिमसेनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले नागार्जुन नगरपालिका-४ सितापाईलाबाट पक्राउ गरेको हो । साथै जिल्ला अदालत काठमाडौंबाट उक्त मुद्दामा २ वर्ष कैद र १ लाख रूपैयाँ जरिवाना फैसला ठहर भई केन्द्रीय कारागार सुन्धारा काठमाडौंमा कैद भुक्तान गरिरहेकोमा २०८२ भदौ २४ गतेको आन्दोलनमा भागी फरार रहेका विश्‍वलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-६ सरस्वतीनगरबाट पक्राउ गरेको हो ।             पक्राउ मध्ये विश्‍वलाई कैद भुक्तानको लागि केन्द्रीय कारागार सुन्धारा काठमाडौं पठाइएको छ भने भिमसेनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौं पेश गरिएको छ ।

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
२०८३-०३-२६

२०८३-०३-२६काठमाडौं,        वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा कपिलवस्तु वाँणगंगा नगरपालिका-८ बस्ने पाल्पा रैनादेवी गाउँपालिका-१ घर भएका ३५ वर्षीय माधव अर्याललाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।           माधवले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-१३ बाट पक्राउ गरेको हो ।            उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय काठमाडौं पठाइएको छ । 

सीसीटीभी जडान सम्बन्धी सम्झौता-पत्रमा हस्ताक्षर
२०८३-०३-२४

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक सुशील सिंह राठौर र तारकेश्‍वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जनबिच तारकेश्‍वर नगरपालिका क्षेत्रभित्र सीसीटीभी जडान गर्ने  सम्बन्धमा सम्झौता-पत्रमा हस्ताक्षर भई सम्झौता-पत्र आदान प्रदान गर्ने कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा तारकेश्‍वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जनले समाजमा अपराध नियन्त्रण गरी शान्ति सुरक्षा कायम गर्न सीसीटिभीको महत्वपूर्ण भूमिका रहने भएकाले  सीसीटिभी जडान गर्न लागिएको बताउनु भयो ।सोही अवसरमा काठमाडौं उपत्यका प्रहरी कार्यालयकाका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक सुशील सिंह राठौरले स्थानीय सरकार हामीहरूको अभिभावक भएकाले नागरिकहरूको सुरक्षालाई प्राथमिकता दिई सुरक्षा क्षेत्रमा गरेको लगानीको प्रशंसा गर्नुभयो । यसै गरी शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा अनुसन्धानलाई प्रमाणमुखी बनाउन सीसीटीभी को महत्वपूर्ण भूमिका रहने कुरामा जोड दिनु भयो । उक्त कार्यक्रममा प्रहरी नायव महानिरीक्षक गोबिन्द थपलिया, प्रहरी वरिष्ठ उपरीक्षक, तारकेश्वर नगरपालिकाका प्रशासकीय अधिकृत, प्रहरी उपरीक्षक लगायत अन्य प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ११ जना पक्राउ
२०८३-०३-२४

काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ मसिनेबाट अवैध लागूऔषध गाँजा ८५ ग्राम सहित कैलाली टीकापुर नगरपालिका-३ घर भएका २५ वर्षीय अर्जुन विक समेत २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले बा.४८ प ३७४६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।          भक्तपुर नगरपालिका-८ हनुमानघाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ ग्राम २ सय १० मिलिग्राम सहित सोही नगरपालिका-६ डेकोचा बस्ने ३४ वर्षीय बिजय बैजुलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।           यसैगरी भक्तपुर, चाँगुनारायण नगरपालिका-२ झौखेल पिपलबोटबाट अवैध लागूऔषध पोलेन करिब ६ सय ग्राम सहित सोही नगरपालिका-२ झौखेल बस्ने ६८ वर्षीय राम थापा समेत ६ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग ब्यासीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।           ललितपुर, ललितपुर महानगरपालिका-७ ग्वार्कोबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ट्याब्लेट सहित २ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा महालक्ष्मी नगरपालिका-२ इमाडोल बस्ने १९ वर्षीय आयुष पुडासैनी र सोही नगरपालिका-६ बुद्ध पोखरी बस्ने १९ वर्षीय अनिस मगर रहेका छन् । प्रहरी प्रभाग मंगलबजारबाट खटिएको प्रहरीले बा.९९ प ३४७५ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।