प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाद्वारा जिल्ला प्रहरी परिसर भक्तपुरको निरीक्षण सम्पन्न
२०८०-०७-२२
- A
- A-
- A+
काठमाण्डौ,कार्त्तिक २२
काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रमुख
दिपक थापाद्वारा बुधबार जिल्ला प्रहरी परिसर भक्तपुरको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला प्रहरी परिसर भक्तपुरको विभिन्न शाखाहरुको
निरीक्षण गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक थापाले नागरीकमैत्री व्यवहार र
प्रचलित कानून बमोजिम शान्ति, सुरक्षा तथा अमन चयन कायम गर्ने गरी प्रहरीको सेवा प्रवाह
गर्न निर्देशन दिनु भयो ।
साथै प्रहरी कर्मचारीले नेपाल प्रहरीको
सञ्चार माध्यम (मिडिया) सम्बन्धी नीति, २०६० बमोजिम सामाजिक सञ्जालको प्रयोग गर्दा
बिशेष ध्यान पुर्याउन निर्देशन दिनु भयो ।
प्रहरी कर्मचारीहरुलाई उच्च मनोवलका साथ खटिई
आपराधिक कार्यमा संलग्न व्यक्तिहरु उपर कठोर भई प्रस्तुत हुन तथा हदैसम्मको कानूनी
कारबाही गर्न समेत निर्देशन दिनु भएको थियो ।