बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८०-०६-१८
- A
- A-
- A+
काठमाण्डौ, १७ असोज
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी भक्तपुर सूर्यविनायक नगरपालिका-१ बस्ने ५१ वर्षीय गोकुल थापालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
बैंकिङ कसूर मुद्दामा काठमाण्डौ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भई फरार रहेका उनलाई काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाण्डौ नयाँबानेश्वरबाट पक्राउ गरेको हो ।
उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाण्डौ पठाइएको छ ।