प्रहरी कन्ट्रोल : १००
नेपा
EN

नागरिक सुनुवाई कार्यक्रम सम्पन्न

२०८०-०६-०६

  • A
  • A-
  • A+
Share

काठमाण्डौ असोज

        मिति २०८०-०६-०६ गते अं.८ बजे देखी सुरू भएको सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रटुँडालदेबी काठमाण्डौको आयोजनामा काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुखप्रहरी अतिरीक्त महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यतामा नागरिक सुनुवाई कार्यक्रम काठमाण्डौ महानगरपालिका  वडा नं. ४ बैष्णबी टुँडालदेबी माताको मन्दिरको प्राङगणमा जिल्ला प्रहरी परिसरकाठमाण्डौका प्रहरी वरिष्‍ठ उपरीक्षक भुपेन्द्र बहादुर खत्रीस्थानिय जनप्रतिनिधिहरूपूर्व प्रहरी कर्मचारीहरू,सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरू र स्थानीय भद्र भलादमीहरू लगायत अं. २५० जनाको उपस्थितिमा अं.१०:०० बजे उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

        कार्यक्रममा उठेका प्रश्न तथा गुनासाहरूलाई सम्बोधन गर्दै प्र.अ.म.नि. थापाले समाजमा शान्ति सुरक्षा तथा अमन चयन कायम गर्नुका साथै समाजमा रहेका कुरीति तथा विसंगतिहरुलाई  चिर्न नागरिकको  भुमिका पुलको रुपमा रहेको बताउनु भयो । शान्तिपूर्ण एवं सुरक्षित समाजका लागि  सामुदायिक-प्रहरी साझेदारीको अवधारणा बमोजिम सामुदायिक प्रहरीसँग हातेमालो गर्दै प्रहरीलाई सूचना दिने तथा गलत प्रवृति देखेमा त्यसलाई नियन्त्रण गर्नको लागि सुझाव तथा सल्लाह  दिई अपराध नियन्त्रण र अनुसन्धान कार्यमा सहयोग गर्न नागरिकलाई अनुरोध गर्दै ‘पीडितलाई न्याय र पीडकलाई सजाय’ दिलाउने पुनित कार्यमा हातेमालो गर्न अनुरोध समेत गर्नु भयो ।

        प्रविधि मैत्री प्रहरीको अबधारणा अन्तर्गत प्रविधिको यथोचित प्रयोग गर्दै ‘सुरक्षित उपत्यकाहाम्रो प्रतिवद्धता’ अभियान अन्तर्गत:काठमाण्डौ उपत्यका प्रहरी कार्यालय र मातहतका प्रहरी कर्मचारीले परिवर्तित समाजमा नागरिकलाई समायानुकुल व्यवहार गर्दै सुरक्षा प्रदान गरिनेबारे जानकारी गराउनु भयो ।  लागू औषध दुर्व्यसनका घटनाहरू बढेकाले यस्ता घटनालाई न्यूनीकरण गर्न सामुदायिक स्तरमा नै जन चेतनामूलक कार्यक्रम गर्नुका साथै हरेक स्थानिय निकायहरूमा पुन:स्थापना  केन्द्रहरू राख्न सुझाव समेत दिनुभयो ।

        जिल्ला प्रहरी परिसरकाठमाण्डौका प्रहरी वरिष्‍ठ उपरीक्षक भुपेन्द्र बहादुर खत्रीस्थानिय जनप्रतिनिधिहरूपूर्व प्रहरी कर्मचारीहरू,सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरू र स्थानीय भद्र भलादमीहरू लगायत अं. २५० जनाको उपस्थितिमा अं.१० बजे उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

सम्बन्धित समाचार
सार्वजनिक यातायातमा सुनको सिक्री चोरी गर्ने २ जना पक्राउ
२०८३-०५-०२

सार्वजनिक यातायातमा सुनको सिक्री चोरी गरेको घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले २ जनालाई शुक्रबार पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर बस्ने सोलुखुम्बु घर भएका ३१ वर्षीय अजय बस्नेत र भक्तपुर सूर्यविनायक नगरपालिका-२ बस्ने झापा दमक नगरपालिका-६ घर भएका ४३ वर्षीय भविन्द्र विक रहेका छन् । सार्वजनिक यातायातमा सवार भई काठमाडौं पुरानो बसपार्क देखि बिजुली बजार सम्म जाने क्रममा एक जना व्यक्तिको घाँटीमा लगाएको सुनको सिक्री साउन २७ गते चोरी भएको घटनाको अनुसन्धान गर्ने क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु समेतबाट खटिएको प्रहरीले उक्त घटनामा संलग्न उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो । उनीहरूलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि प्रहरी वृत्त सिंहदरबार काठमाडौं पठाइएको छ ।  

जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ
२०८३-०५-०२

ललितपुर महानगरपालिका-१५ चापागाउँ दोबाटोबाट जुवातास खेलिरहेको अवस्थामा प्रहरीले सोही महानगरपालिका-१५ सातदोबाटो बस्ने ओखलढुंगा सिद्धिचरण नगरपालिका-२ घर भएका ६० वर्षीय जय प्रकाश कार्की समेत ५ जनालाई सोमबार राति पक्राउ गरेको छ । प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६४ हजार ९ सय रूपैयाँ सहित पक्राउ गरेको हो ।कास्की, पोखरा महानगरपालिका-५ बरालचोकस्थित मेटल उद्योगमा जुवातास खेलिरहेको अवस्थामा उद्योगका संचालक बाग्लुङ जैमुनी गाउँपालिका-१० घर भएका ३१ वर्षीय ओमबहादुर थापा समेत ६ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५६ हजार ८ सय ३० रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको   हो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सुनको सिक्री लुटपाटमा संलग्न ४ जना पक्राउ
२०८३-०५-०२

भक्तपुर मध्यपुर थिमी नगरपालिका-१ लोकन्थलीका विभिन्न स्थानबाट सुनको सिक्री लुटपाट भएको घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले ४ जनालाई आइतबार पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुनको सिक्री लुटपाट गर्नेहरू काठमाडौं महानगरपालिका-३२ कोटेश्वर बस्ने भोजपुर रामप्रसादराई गाउँपालिका-२ घर भएका ३२ वर्षीय योगेन्द्र तामाङ र काठमाडौं महानगरपालिका-३२ पेप्सिकोला बस्ने रामेछाप दोरम्बा गाउँपालिका-२ ढोईगाउँ घर भएका ३६ वर्षीय काले भन्ने देबेन्द्र थापा मगर तथा चोरी भएको सुन खरिद गर्नेहरू काठमाडौं महानगरपालिका-१८ नरदेवी बस्ने भोजपुर रामप्रसादराई गाउँपालिका-६ मालबासे घर भएका ४० वर्षीय मिलन विक र काठमाडौं महानगरपालिका-१८ भेडासिंह बस्ने भारत कलकत्ता वेष्ट बंगाल घर भएका ४० वर्षीय संजित साम्नत रहेका छन् । भक्तपुर मध्यपुर थिमी नगरपालिका-१ लोकन्थली बिग मार्ट नजिकमा गत असार २६ तथा लोकन्थली हनुमान चोकमा गत असार ३० गते मोटरसाइकलमा सवार अपरिचित २ जना व्यक्तिहरूले पैदल हिँडिरहेका महिला तथा जेष्ठ नागरिकहरूको घाँटीमा लगाएको सुनको सिक्री जबरजस्ती तानी फरार रहेको घटनाको अनुसन्धान गर्ने क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले घटनामा संलग्न उनीहरूलाई उपत्यकाका विभिन्न स्थानहरूबाट पक्राउ गरेको हो । उनीहरूलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि प्रहरी वृत्त सातदोबाटो ललितपुर पठाइएको छ । 

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने २जना पक्राउ
२०८३-०५-०२

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरू पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं बुढानिलकण्ठ नगरपालिका-४ बस्ने बर्दिया बासगढी नगरपालिका-५ घर भएकी २९ वर्षीया रेश्मा क्षेत्री र काठमाडौं शंखरापुर नगरपालिका-८ बस्ने ५० वर्षीय रंजित केसी रहेका छन् । पक्राउ मध्ये रेश्माले ग्रीस पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट १२ लाख रूपैयाँ र रंजितले अष्ट्रेलिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ३८ हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले रेश्मालाई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-८ बाट आइतबार र रंजितलाई काठमाडौं महानगरपालिका-१२ बाट सोमबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

विदेशी मुद्रा सहित नेपाल वायुसेवा निगमका दुई जना कर्मचारीहरू पक्राउ
२०८३-०५-०१

काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय प्रस्थान ह्याण्ड व्यागेज चेकिङ एरियाबाट विदेशी मुद्रा सहित नेपाल वायुसेवा निगमका २ जना कर्मचारीहरूलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-२६ गेंगबु बस्ने ५४ वर्षीया जननी बज्राचार्य र गोरखा, गोरखा नगरपालिका-३ बस्ने ३५ वर्षीया ममता पाण्डे रहेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयबाट खटिएको प्रहरीले नेपाल एयरलाइन्सको उडानद्वारा काठमाडौंबाट क्वालालम्पुर जान लागेका उनीहरूलाई जाँच गर्ने क्रममा जननीको साथबाट अमेरिकी डलर ४ हजार ३ सय र मेलिसियन रिङ्गिट १२ हजार ३ सय ७२ तथा ममताको साथबाट अमेरिकी डलर ४ हजार २ सय र मेलिसियन रिङ्गिट १२ हजार ३ सय २८ फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।   उनीहरूलाई आवश्यक अनुसन्धान एवम् कानुनी कारबाहीको लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग पुल्चोक ललितपुर पठाइएको छ ।