प्रहरी कन्ट्रोल : १००
नेपा
EN

नागरिक सुनुवाई कार्यक्रम सम्पन्न

२०८०-०६-०७

  • A
  • A-
  • A+
Share

काठमाण्डौ, ०६ असोज

        मिति २०८०-०६-०६ गते अं.८ बजे देखी सुरू भएको सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र, टुँडालदेबी काठमाण्डौको आयोजनामा काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी अतिरीक्त महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यतामा नागरिक सुनुवाई कार्यक्रम काठमाण्डौ महानगरपालिका  वडा नं. ४ बैष्णबी टुँडालदेबी माताको मन्दिरको प्राङगणमा जिल्ला प्रहरी परिसर, काठमाण्डौका प्रहरी वरिष्‍ठ उपरीक्षक भुपेन्द्र बहादुर खत्री, स्थानिय जनप्रतिनिधिहरू, पूर्व प्रहरी कर्मचारीहरू,सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरू र स्थानीय भद्र भलादमीहरू लगायत अं. २५० जनाको उपस्थितिमा अं.१०:०० बजे उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

        कार्यक्रममा उठेका प्रश्न तथा गुनासाहरूलाई सम्बोधन गर्दै प्र.अ.म.नि. थापाले समाजमा शान्ति सुरक्षा तथा अमन चयन कायम गर्नुका साथै समाजमा रहेका कुरीति तथा विसंगतिहरुलाई  चिर्न नागरिकको  भुमिका पुलको रुपमा रहेको बताउनु भयो । शान्तिपूर्ण एवं सुरक्षित समाजका लागि  सामुदायिक-प्रहरी साझेदारीको अवधारणा बमोजिम सामुदायिक प्रहरीसँग हातेमालो गर्दै प्रहरीलाई सूचना दिने तथा गलत प्रवृति देखेमा त्यसलाई नियन्त्रण गर्नको लागि सुझाव तथा सल्लाह  दिई अपराध नियन्त्रण र अनुसन्धान कार्यमा सहयोग गर्न नागरिकलाई अनुरोध गर्दै ‘पीडितलाई न्याय र पीडकलाई सजाय’ दिलाउने पुनित कार्यमा हातेमालो गर्न अनुरोध समेत गर्नु भयो ।

        प्रविधि मैत्री प्रहरीको अबधारणा अन्तर्गत प्रविधिको यथोचित प्रयोग गर्दै ‘सुरक्षित उपत्यका, हाम्रो प्रतिवद्धता’ अभियान अन्तर्गत:काठमाण्डौ उपत्यका प्रहरी कार्यालय र मातहतका प्रहरी कर्मचारीले परिवर्तित समाजमा नागरिकलाई समायानुकुल व्यवहार गर्दै सुरक्षा प्रदान गरिनेबारे जानकारी गराउनु भयो ।  लागू औषध दुर्व्यसनका घटनाहरू बढेकाले यस्ता घटनालाई न्यूनीकरण गर्न सामुदायिक स्तरमा नै जन चेतनामूलक कार्यक्रम गर्नुका साथै हरेक स्थानिय निकायहरूमा पुन:स्थापना  केन्द्रहरू राख्न सुझाव समेत दिनुभयो ।

        जिल्ला प्रहरी परिसर, काठमाण्डौका प्रहरी वरिष्‍ठ उपरीक्षक भुपेन्द्र बहादुर खत्री, स्थानिय जनप्रतिनिधिहरू, पूर्व प्रहरी कर्मचारीहरू,सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरू र स्थानीय भद्र भलादमीहरू लगायत अं. २५० जनाको उपस्थितिमा अं.१० बजे उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित २ जना पक्राउ
२०८३-०७-१७

२०८३-०७-१७            ललितपुर, गोदावरी नगरपालिका-३ बाट अवैध लागूऔषध गाँजा १ किलो ५ सय ग्राम सहित महालक्ष्मी नगरपालिका-१४ बस्ने सिन्धुली घर भएका २६ वर्षीय यमराज रम्तेललाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग बाडेगाउँबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । यसैगरी ललितपुर, गोदावारी नगरपालिका-३ टुपिखेलबाट अवैध लागूऔषध पोलेन १० ग्राम सहित सोही ठाउँ बस्ने ३८ वर्षीय ईश्वर खत्रीलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।   

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ५ जना पक्राउ
२०८३-०७-१७

२०८३-०७-१७काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरू पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३२ बस्ने उदयपुर घर भएका ४६ वर्षीय बिष्णु खत्री, काठमाडौं महानगरपालिका-१६ बस्ने धादिङ घर भएकी २० वर्षीया आशिका सिम्खडा,  काठमाडौं महानगरपालिका-१ बस्ने सिन्धुली घर भएका ३५ वर्षीय दिनेश पाख्रेन तामाङ, काठमाडौं टोखा नगरपालिका-६ बस्ने गोरखा घर भएका ३८ वर्षीय राजेश बराम र काठमाडौं गोकर्णेश्वर नगरपालिका-८ बस्ने ४८ वर्षीय छिरिङ शेर्पा रहेका छन् ।  पक्राउ मध्ये आशिकाले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट ७ लाख ५० हजार रूपैयाँ, बिष्णुले माल्टा पठाइदिन्छु भन्दै १ जना पीडितबाट ६ लाख रूपैयाँ, दिनेशले युएई पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख रूपैयाँ, राजेशले सिंगापुर पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट १५ लाख ५० हजार रूपैयाँ र छिरिङले क्यानडा पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ७ लाख ४० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले आशिकालाई काठमाडौं महानगरपालिका-१६ बाट बिहीबार, बिष्णुलाई काठमाडौं महानगरपालिका-३२ बाट र दिनेशलाई काठमाडौं महानगरपालिका-१२ बाट शुक्रबार, राजेशलाई काठमाडौं महानगरपालिका-६ बाट शनिबार तथा छिरिङलाई काठमाडौं गोकर्णेश्वर नगरपालिका-३ बाट आइतबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।