२० औ साधारण सभा तथा सातौ अधिवेश कार्यक्रम सम्पन्न
२०८०-०६-०६
- A
- A-
- A+
काठमाण्डौ, ०६ असोज
मिति २०८०-०६-०६ गते अं.१२ बजे सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र, पुरानोबषपार्कको आयोजनामा काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी अतिरीक्त महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यतामा २० औ साधारण सभा तथा सातौ अधिवेश कार्यक्रम काठमाण्डौ महानगरपालिका वडा नं २८ सिटि म्याक्स हलमा सुरू भएको थियो ।
साधारण सभा तथा अधिवेशनबाट निर्वाचित हुने पदाधिकारीहरूलाई शुभकामना व्यक्त गर्नुहुदै प्र.अ.म.नि. थापाले शान्तिपूर्ण एवं सुरक्षित समाजका लागि सामुदायिक-प्रहरी साझेदारीको अवधारणा बमोजिम सामुदायिक प्रहरीसँग हातेमालो गर्दै प्रहरीलाई सूचना दिने तथा गलत प्रवृति देखेमा त्यसलाई नियन्त्रण गर्नको लागि सुझाव तथा सल्लाह दिई अपराध नियन्त्रण र अनुसन्धान कार्यमा सहयोग गर्न नागरिकलाई अनुरोध गर्दै ‘पीडितलाई न्याय र पीडकलाई सजाय’ दिलाउने पुनित कार्यमा हातेमालो गर्न अनुरोध समेत गर्नु भयो ।
लागू औषध दुर्व्यसनका घटनाहरू बढेकाले यस्ता घटनालाई न्यूनीकरण गर्न सामुदायिक स्तरमा नै जन चेतनामूलक कार्यक्रम गर्नुका साथै हरेक स्थानिय निकायहरूमा पुन:स्थापना केन्द्रहरू राख्नुपर्नेमा जोडदिनुहुदै प्र.अ.म.नि. थापाले प्रविधि मैत्री प्रहरीको अबधारणा अन्तर्गत प्रविधिको यथोचित प्रयोग गर्दै ‘सुरक्षित उपत्यका, हाम्रो प्रतिवद्धता’ अभियान अन्तर्गत:काठमाण्डौ उपत्यका प्रहरी कार्यालय र मातहतका प्रहरी कर्मचारीले परिवर्तित समाजमा नागरिकलाई समायानुकुल व्यवहार गर्दै सुरक्षा प्रदान गरिनेबारे जानकारी गराउनु भयो ।
स्थानिय जनप्रतिनिधिहरू, पूर्व प्रहरी कर्मचारीहरू,सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरू र स्थानीय भद्र भलादमीहरू लगायत अं. २०० जनाको उपस्थितिमा अं.०२:०० बजे उक्त कार्यक्रम सम्पन्न भएको थियो ।