प्रहरी कन्ट्रोल : १००
नेपा
EN

हरितालिका तीजको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

२०८०-०५-३१

  • A
  • A-
  • A+
Share

काठमाण्डौ, ३१ भदौ

            नेपाली हिन्दु महिलाहरूको महान चाड हरितालिका तीज, २०८० को अवसरमा काठमाण्डौ उपत्यका प्रहरी कार्यालयमा शुभकामना आदान प्रदान कार्यक्रम आइतबार सम्पन्न भएको छ ।

कार्यक्रममा उपस्थित सम्पूर्ण प्रहरी कर्मचारीहरुलाई प्रहरी वरिष्‍ठ उपरीक्षक दिनेश राज मैनालीले स्वागत गर्नु भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि निमित्त प्रहरी महानिरीक्षक तथा काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले सम्पूर्ण नेपाली हिन्दु महिलाहरुका साथै नेपाल प्रहरी संगठनमा कार्यरत महिला प्रहरी कर्मचारीहरूलाई शुभकामना व्यक्त गर्नु भयो ।

काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्‍ठ उपरीक्षकहरु, प्रहरी उपरीक्षकहरु, प्रहरी नायव उपरीक्षकहरु, प्रहरी निरीक्षकहरु, जुनियर प्रहरी कर्मचारीहरु, प्रहरी हवल्दार तथा जवानहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघकी केन्द्रीय उपाध्यक्ष रुपा पौडेल थापाद्वारा शुभकामना मन्तव्यसहित कार्यक्रमको औपचारिक समारोहको समापन गरिएको थियो ।

तत्पश्‍चात उक्त कार्यक्रममा शुभकामना आदान प्रदान तथा विविध सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो ।

सम्बन्धित समाचार
ट्राफिक सप्ताहको चौथो दिन सांस्कृतिक कार्यक्रम गरि कलंकीमा सम्पन्न ।
२०८२-०९-२९

पुष २९ गते मंगलबार ट्राफिक सप्ताहको आजको कार्यक्रम काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरीक्त महानिरीक्षक ईश्वर कार्कीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको छ । ट्राफिक प्रहरी प्रभाग कलंकीका प्रहरी निरीक्षक राजिव वस्नेतले स्वागत मन्तव्य  राख्नु भएको उक्त कार्यक्रममा पानसमा बत्ति बालि कार्यक्रमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथी काठ्माडौं उपत्यका प्रहरी कार्यालय प्रमुख कार्कीले गर्नु भयो । ट्राफिक सप्ताह ट्राफिक सचेतना फैलाउने उदेश्यले संचालनमा ल्याईएको हुँदा यस्ता कार्यक्रमले प्रहरीलाई काम गर्न हौसला प्रदान गर्ने र सवारी दुर्घटना न्युनिकरणमा ठुलो योगदान पुग्ने कुरा प्रमुख अतिथी कार्कीले  बताउनु भयो । कार्यक्रमको आवस्यकता बारे काठ्माडौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी बरिष्ठ उपरीक्षक नवराज अधिकारीले आफ्ना भनाईहरु राख्नु भयो । त्यस्तै उप प्रध्यापक डा. बुद्धिमान श्रेष्ठले सांगितिक प्रस्तुतीको खुलेर प्रशंसा गर्नु भयो । गायक पशुपति शर्मा,प्रकाश कटुवाल , बालचन्द्र बराल लगायतले आफ्नो प्रस्तुतिकरण राख्नु भएको उक्त कार्यक्रममा नेपाल प्रहरी तथा अन्य क्षेत्रबाट आमन्त्रित कलाकारहरुले समेत आ- आफ्ना प्रस्तुतिहरू राख्नु भयो । ट्राफिक प्रहरीको भवन निर्माण कार्यमा सहयोग पुर्याउनुहुने महानुभावलाई कार्यक्रमका प्रमुख अतिथीले सम्मान पत्र द्ववारा सम्मान गर्नु भयो । कार्यक्रममा प्रहरी अधिकृत लगायत प्रहरी कर्मचारी सहित यातायात व्यवसायी,कलाकार,पत्रकार तथा दर्शकहरूको बाक्लो उपस्थिती रहेको थियो । 

बालाजुबाट भन्सार छलिको ४०० बोरा युरिया मल तथा ६० बोरा मकै सहित चालक नियन्त्रणमा
२०८२-०९-२८

काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नम्बर १६ बालाजु पुल नजिकबाट ना ६ ख ७०११ नम्बरको मालबाहक ट्रकमा भन्सार छलिको सामानहरु ल्याएको छ भन्ने गोप्य सुचनाको आधारमा उक्त मालवाहक ट्रकलाई नियन्त्रणमा लिई खानतलासी गर्दा बाहिर पट्टी मकैको बोराले बेरी भित्र पट्टी लुकाई छिपाई राखेको अवस्थामा ४०० बोरा युरिया मल (४०० बोरामा प्रति बोरा ४५ किलो) तथा ६० बोरा मकै (६० बोरामा प्रति बोरा ५० किलो) समेत मालवाहक ट्रक तथा चालक जिल्ला रौतहट बृद्धाबन नगरपालिका वडा नं.०६ घर भई बस्ने बर्ष अं.२५ को राज कुमार महत्तोलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि भन्सार कार्यालय गौचर बुझाइएको छ ।

अवैध लागूऔषध सहित उपत्यकाको विभिन्न स्थानबाट ५ जना पक्राउ
२०८२-०९-२७

काठमाडौं, टोखा नगरपालिका-९ गोंगबु लक्ष्मीनगरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय २० मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने झापा घर भएका २५ वर्षीय मन्दत राई र टोखा नगरपालिका-९ दिपज्योती बस्ने नवलपरासी पश्चिम घर भएका २९ वर्षीय प्रविण ज्ञवाली रहेका छन् । प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले मन्दतको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी दुबै जनालाई पक्राउ गरेको हो ।             यसैगरी काठमाडौं महानगरपालिका-६ बौद्धबाट नियन्त्रित लागूऔषध फेनारगन १ हजार ४ सय ८३ एम्पुल, डाईजेपाम १ हजार २ सय ९३ एम्पुल र बुप्रेनोर्फिन १ हजार २ सय ९३ एम्पुल सहित गोकर्णेश्वर नगरपालिका-६ नयाँबस्ती बस्ने मकवानपुर घर भएका ४२ वर्षीय रामराज गिरीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धबाट खटिेएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।             यसैगरी काठमाडौं, काठमाडौं महानगरपालिका-६ बाट नियन्त्रित लागूऔषध फेनारगन ८३ एम्पुल, डाईजेपाम ८५ एम्पुल, नोर्फिन १९ एम्पुल र बुप्रेनोर्फिन ६० एम्पुल सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही महानगरपालिका-६ बस्न ४१ वर्षीय पाण्डे भन्ने निर्मल लामा र ५१ वर्षीय घैटे भन्ने अर्जुन तामाङ रहेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धबाट खटिेएको प्रहरी उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

“दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह २०८२ को दोस्रो दिन विविध कार्यक्रम गरी सम्पन्न”
२०८२-०९-२७

ट्राफिक सप्ताह अन्तर्गत आज दोस्रो दिन  काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरीक्त महानिरीक्षक ईश्वर कार्कीको प्रमुख अतिथ्यतामा नयाँ बसपार्कबाट छुट्ने चालक तथा सहचालकहरू लगायत यात्रु महानुभावहरुको आँखा जाँच शिविर कार्यक्रमका साथै काठमाडौं उपत्यकाका विभिन्न स्थानहरुमा ट्राफिक जनचेतनामूलक प्लेकार्ड प्रदर्शन, पैदलयात्रुलाई  सुरक्षित तरिकाले बाटो काट्न सिकाउने,यात्रु तथा पैदलयात्रुसँग २ मिनेट कार्यक्रम, चालक र परिचालकसँग २ मिनेट कार्यक्रम, दुई पाङ्ग्रे  र चार पाङ्ग्रे सवारी साधन लक्षित कार्यक्रम गरी सम्पन्न भएको छ । “सभ्य नागरिकको चिनारी, सडक दुर्घटना न्यूनीकरण हामी सबैको जिम्मेवारी” भन्ने नाराका साथ मिति २०८२।०९।२७ गते बाट माघ ३ गतेसम्म संचालन हुने ट्राफिक सप्ताहमा पैदलयात्रुलाई  सुरक्षित तरिकाले बाटो काट्न सिकाउने, दुई पाङ्ग्रे सवारी साधन लक्षित जनचेतनामूलक कार्यक्रम, कलेज तथा स्कुल सम्पर्क कार्यक्रम, रात्रिकालिन् सवारी चालक र परिचालकलाई सचेतनामूलक कार्यक्रम लगायत विभिन्न ट्राफिक सम्बन्धी कार्यक्रमहरू संचालन हुनेछन् ।