प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

विश्व आत्महत्या रोकथाम दिवश २०८० अवसरमा आत्महत्या न्यूनीकरण सम्बन्धी जनचेतनामूलक लघु चलचित्र “माया जाल”को शुभारम्भ

२०८०-०५-२५

  • A
  • A-
  • A+
Share

काठमाण्डौ२५ भदौ

काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुखप्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यतामा जिल्ला प्रहरी परिसर,वललितपुरद्वारा आयोजित विश्व आत्महत्या रोकथाम दिवश २०८० अवसरमा आत्महत्या न्यूनीकरण सम्बन्धी जनचेतनामूलक लघु चलचित्र “माया जाल”को ललितपुर महानगरपालिका झम्सिखेलमा सोमबार शुभारम्भ गरिएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रहरी अतिरिक्त महानिरीक्षक थापाले आत्महत्या नै अन्तिम विकल्प नभएकाले एक पटक असफल हुदैमा जीवन नसकिने तथा लडेर उठ्नु नै जीवन भएकाले एक पटक मात्र पाएको आफ्नो अमूल्य समय बर्वाद नगर्न अनुरोध गर्दै यस जनचेतना मूलक वृत्तचित्रले थप चेतना फैलाउने र अमूल्य मानव जीवन बचाउन टेवा पुर्‍याउने अपेक्षासमेत व्यक्त गर्नुभयो ।

साथै उपत्यका अन्तर्गत हुने आत्महत्याका घटनाहरूलाई न्यूनीकरण गर्न समुदाय स्तरमा नै जनचेतना अभिवृद्धि गर्दै आत्महत्या जस्तो गम्भीर प्रकृतिका घटनालाई न्यूनीकरण गर्न आफ्नो परिवारटोल तथा सम्पूर्ण समाजकै ऐक्यवद्दता हुनुपर्नेमा जोड दिदै ‘सुरक्षित उपत्यकाहाम्रो प्रतिवदद्दता’ अभियान अन्तर्गत काठमाण्डौ उपत्यका प्रहरी कार्यालय र मातहत परिसरहरुबाट १०३ वटा कार्यक्रमहरू सञ्चालन गरिसकिएको बताउनु भयो ।

ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितसामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्षले आत्महत्या न्यूनीकरण सम्बन्धमा आ-आफ्नो धारणा राखेको उक्त कार्यक्रममा जिल्ला प्रहरी परिसरललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक शिद्दी विक्रम शाहले जनचेतनामूलक लघु चलचित्र “माया जाल” को वृतचित्र निर्माणमा सहयोगी संघ संस्थाहरुलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

कार्यक्रममा सामुदायिक केन्द्र तिखेदेवलका अध्यक्ष तथा पूर्व प्र.अ.म.नि. गोविन्द प्रसाद थापाललितपुर महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतउपत्यकाका प्रहरी कार्यालयका प्रहरी वरिष्‍ठ उपरीक्षकहरूजिल्ला सुरक्षा समिति ल.पु. का पदाधिकारीहरु,  महालक्ष्मी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतशुभ मिडिया होम प्रा.लि.का सरोज ओलीप्रभु बैकका CEO अशोक शेरचननेपाल मेडिसिटी अस्पतालका पङ्कज बाँस्कोटा तथा Medical Superintendent डा. रोज राणापूर्व प्रहरी कर्मचारीहरुविभिन्न संघ संस्थाका पदाधिकारीहरुस्थानीय जनप्रतिनिधिहरूसामुदायिक सेवा केन्द्रका पदाधिकारीहरूनेशनल ल कलेज लगायतका शिक्षकविद्यार्थीहरुर स्थानीय भद्र भलादमीहरू लगायत अं. २०० जनाको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

सम्बन्धित समाचार
चेक रिपब्लिक पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
२०८१-११-०९

काठमाडौं, ९ फागुन  वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी चेक रिपब्लिक पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा झापा दमक नगरपालिका-५ घर भई काठमाडौं महानगरपालिका-७ बस्ने २७ वर्षीय डाईमण्ड सम्बाहाम्फेलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । डाईमण्डले चेक रिपब्लिक पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ३८ हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-७ बाट पक्राउ गरेको हो ।  उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

प्रहरी नायव उपरीक्षकहरुको बिदाई तथा फेरि भेटौंला कार्यक्रम सम्पन्न ।
२०८१-११-०९

काठमाडौं, ०९ फागुन   काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा मिति २०८१।०६।१० गतेदेखि यस कार्यालयमा कार्यरत रहनु भई नेपाल सरकार, गृह मन्त्रालय (सचिवस्तर) को मिति २०८१।११।०२ गतेको निर्णयानुसार प्रहरी नायव उपरीक्षक पदमा बढुवा भई तालुक नेपाल प्रहरी प्रधान कार्यालय आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालय आन्तरिक लेखा परिक्षण शाखा नक्साल काठमाडौं पदस्थापन पश्चात कार्यक्षेत्र तर्फ प्रस्थान गर्न लाग्नु भएका प्रहरी नायव उपरीक्षक सुरेश गौतम तथा मिति २०८१।०५।२६ गतेदेखि यस कार्यालयमा कार्यरत रहनु भई नेपाल सरकार, गृह मन्त्रालय (सचिवस्तर) को मिति २०८१।११।०२ गतेको निर्णयानुसार प्रहरी नायव उपरीक्षक पदमा बढुवा भई लुम्बिनी प्रदेश प्रहरी गण कोहलपुर बाँके पदस्थापन पश्चात कार्यक्षेत्र तर्फ प्रस्थान गर्न लाग्नु भएका प्रहरी नायव उपरीक्षक देबेन्द्र कुमार मल्लको बिदाई तथा फेरि भेटौंला कार्यक्रम सम्पन्न भएको छ ।    बिदाई तथा फेरी भेटौंला कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रहरी अतिरिक्त महानिरीक्षक तामाङले बिदाई भएर जान लाग्नु भएका प्रहरी नायव उपरीक्षक सुरेश गौतम र प्रहरी नायव उपरीक्षक देबेन्द्र कुमार मल्लले यस कार्यालयमा कार्यरत रहँदा प्रदान गरिएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नु भएकोमा धन्यवाद व्यक्त गर्दै नयाँ कार्यक्षेत्रको लागि उहाँहरुलाई हार्दिक शुभकामना व्यक्त गर्नु भयो । साथै पदोन्नती सगैं  पदस्थापन हुनु भएका प्रहरी नायव उपरीक्षकद्वयले नयाँ कार्यक्षेत्रमा समेत कुशल तथा व्यवसायिक रुपमा प्रहरी कार्य सम्पादन गरी आफ्नो दक्षता प्रस्तुत गर्नुहुनेछ भन्ने विश्वास समेत व्यक्त गर्नु भयो ।    प्रहरी नायव उपरीक्षक सुरेश गौतमले यस कार्यालयमा रहँदा बस्दाको अनुभव सहितको मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारी, प्रहरी उपरीक्षकहरू, सिनियर प्रहरी अधिकृतहरू तथा अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

नक्कली सुन देखाई ठगी गर्ने कार्यमा संलग्न दुई जना पक्राउ
२०८१-११-०९

काठमाडौं, ९ फागुन नक्कली सुन देखाई ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर थिमी नगरपालिका बोडे डेरा गरी बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-६ घर भएका ६२ वर्षीय धनजित तामाङ र सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-४ धार्पा घर भएका ४८ वर्षीय दल बहादुर तामाङ रहेका छन् । विगत एक महिना देखि भक्तपुरका विभिन्न स्थानहरूमा नक्कली सुन देखाई सर्वसाधारणहरूलाई ठगी गर्ने गिरोह सक्रिय रहेको भन्ने सूचना प्राप्त हुनासाथ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मातहत अपराध शाखा भक्तपुर र पिसिसिबि थिमीबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई काठमाडौं कागेश्वरी मनोहरा-६ मुलपानीबाट पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूको साथबाट १ किलोग्राम बराबरको बिस्कुट आकारको पहेंलो धातु १ थान र पिलास १ थान समेत बरामद गरेको छ । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि प्रहरी वृत्त बौद्ध पठाइएको छ ।

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८१-११-०६

काठमाडौं, ६ फागुन वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा उदयपुर वेलका नगरपालिका-४ घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका-८ बस्ने ३२ वर्षीया शर्मिला बिष्टलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।             शर्मिलाले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं टेकुबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।  

सशस्त्र प्रहरीको एफपियु मिसनमा पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८१-११-०६

काठमाडौं, ६ फागुन सशस्त्र प्रहरी बल नेपालको एफपियु मिसनमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका-२ बतासे घर भई भक्तपुर चाँगुनारायण नगरपालिका-२ दुवाकोट बस्ने २७ वर्षीय दिनेश सापकोटालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । दिनेशले सशस्त्र प्रहरी बल नेपालका ७ जना कर्मचारीहरूलाई एफपियु मिसनमा पठाइदिने विश्वास तथा प्रलोभन देखाई रकम ठगी गरेको भन्ने सूचना प्राप्‍त हुनासाथ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं दक्षिणकाली नगरपालिका-५ फर्पिङबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८१-११-०४

भक्तपुर, ३ फागुन              वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी क्यानाडा, अजरबैजान र मोरिसस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-७ घर भई भक्तपुर चाँगुनारायण नगरपालिका-२ दुवाकोट बस्ने ४१ वर्षीय गणेश बहादुर थापा र काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका-४ काफ्लेचोक घर भई काभ्रेपलाञ्चोक बनेपा नगरपालिका-६ बनेपा बस्ने ३९ वर्षीय दिनेश प्रसाद अधिकारी रहेका छन् । उनीहरूले क्यानाडा, अजरबैजान र मोरिसस पठाइदिन्छु भन्दै १४ जना पीडितहरूबाट ७१ लाख ७० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई भक्तपुरको विभिन्न स्थानबाट पक्राउ गरेको हो । उनीहरू उपर मुलुकी फौजदारी कार्यविधी संहिता २०७४ को ठगी सम्बन्धी कसूरको दफा १४(६) बमोजिम जिल्ला अदालत भक्तपुरबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।