नक्कली नेपाली नोटसहित पक्राउ
२०८०-०५-२२
- A
- A-
- A+
काठमाण्डौ,
२२ भदौ
काठमाण्डौ महानगरपालिका-१५
स्वयम्भूबाट १ हजार दरका १ सय थान नक्कली नेपाली नोट र २ थान मोबाइलसहित गोरखा नगरपालिका-४
धारापानी घर भई काठमाण्डौ नागार्जुन नगरपालिका-८ भिमढुङ्गा बस्ने ३८ वर्षीय गौरव
थापालाई मङ्गलबार प्रहरीले पक्राउ गरेको छ ।
स्वयम्भू क्षेत्रमा नक्कली नोटको कारोवार भइरहेको भन्ने
सूचनाको आधारमा काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको
प्रहरीले उनलाई उक्त नक्कली नोटसहित पक्राउ गरेको हो । उनलाई आवश्यक कारवाहीका लागि
जिल्ला प्रहरी परिसर काठमाण्डौ पठाइएको छ ।