प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

काठमाण्डौ उपत्यका प्रहरी कार्यालय मातहत कार्यालयका प्रमुखहरुसँग बार्षिक कार्य सम्पादन सम्झौतामा हस्ताक्षर

२०८०-०५-१७

  • A
  • A-
  • A+
Share

काठमाण्डौ, १७ भदौ

        काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले काठमाण्डौ उपत्यका प्रहरी कार्यालय मातहत कार्यालय प्रमुखहरूसँग बार्षिक कार्य सम्पादन सम्झौतामा हस्ताक्षर गर्नु भएको छ  ।

        संगठन प्रमुख प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर  र काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवालीबीच गत श्रावण १५ गते बार्षिक कार्य सम्पादन सम्झौता भए अनुसार काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा आइतबार एक समारोहकाबीच मातहत कार्यालयका प्रमुखहरूसँग आर्थिक वर्ष २०८०/०८१ को कार्य सम्पादन सम्झौता पत्रमा हस्ताक्षर गर्नु भएको हो ।

        कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापा र काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक अर्जुन चन्द ठकुरी, जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख शिद्धि बिक्रम शाह, जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रमुख भुपेन्द्र बहादुर खत्री, काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्‍ठ उपरीक्षक सोमेन्द्र सिंह राठौर र जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक प्रजित के.सी.बीच हस्ताक्षर भएको थियो ।

    कार्यक्रममा काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रमुखले सम्झौता पत्रमा उल्लेख भएका कार्यहरू प्रभावकारीरूपमा पालना गरी कार्यान्वयन गर्न हुन मातहत कार्यालयका प्रमुखहरूलाई समेत निर्देशन दिनुहुँदै आफ्नो मातहतहरूलाई समेत परिचालनउत्प्रेरित गर्न एवम् नियमितअनुगमन र सुपरिवेक्षण गरी सामूहिक रूपले उपत्यकाको शान्ति, सुरक्षा कायम गर्न समेत उपस्थित प्रहरी अधिकृतहरूलाई निर्देशन दिनुभयो । कार्य सम्पादन सम्झौता सुशासनको मापन भएकाले आ-आफ्नो कार्यालयको कार्य सम्पादनको प्रकृति अनुसार कर्मचारीहरूको व्यवस्थापन र क्षमता अभिबृद्धि गर्ने र प्रशासनिक काम कारवाहीलाई चुस्त र प्रभावकारी बनाउन कार्य सम्पादन सम्झौता उपलब्धिमूलक हुने तथा आर्थिक वर्ष २०८०/०८१ को कार्य सम्पादन सम्झौता पत्रमा नवप्रवर्तन र सिर्जनात्मक कार्यहरू पनि समावेश गरिएकाले उपत्यकालाई सुरक्षित गर्ने अभियानमा सबै मातहत कार्यालयको ऐक्यवद्दता रहने विश्वास  व्यक्त गर्नुभयो ।

सम्बन्धित समाचार
“आर्थिक वर्ष – २०८१/०८२ को कार्य प्रगति विवरण” सम्बन्धमा सञ्चारकर्मीहरुसंग अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न ।
२०८२-०५-०६

काठमाडौं, ०६ भदौ         काठमाडौं उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा “आर्थिक वर्ष – २०८१/०८२ को कार्य प्रगति विवरण” सम्बन्धमा सञ्चारकर्मीहरुसंग अन्तरकृया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ ।       काठमाडौं उपत्यका प्रहरी कार्यालयको सभाहलमा सम्पन्न कार्यक्रममा आर्थिक वर्ष – २०८१/०८२ मा काठमाडौं उपत्यका प्रहरी कार्यालयद्वारा सम्पादन गरेका कार्यहरु तथा भावी योजनाका सम्बन्धमा प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालले प्रस्तुतीकरण गर्नु भएको थियो ।  उक्त अवसरमा सञ्चारकर्मीहरुद्वारा आर्थिक वर्ष – २०८१/०८२ को कार्य प्रगति विवरणका साथै काठमाडौं उपत्यका प्रहरी कार्यालयले आगामी दिनहरुमा चाल्ने पहल कदमीहरुको सम्बन्धमा राय, सुझाव समेत व्यक्त गर्नु भएको थियो । अन्तर्क्रिया चरण पश्चात संचारकर्मीहरुद्वारा राखिएका जिज्ञासाको सम्बोधन गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले आर्थिक वर्ष – २०८१/०८२ मा काठमाडौं उपत्यका प्रहरी कार्यालयले काठमाडौं उपत्यकाको सुरक्षा चुनौतीहरुलाई समाधान गर्न कार्यान्वयनमा ल्याएका योजनाहरुको सम्बन्धमा थप जानकारी दिनुका साथै कार्यान्वयनमा ल्याईएका योजनाहरुबाट हासिल गरेका उपलब्धिका सम्बन्धमा जानकारी गराउनु भएको थियो । साथै सुरक्षित काठमाडौ उपत्यका (Safer Kathmandu Valley) को अवधारणालाई पूर्ण रुपमा आत्मसात गर्न सुरक्षित काठमाडौ   उपत्यका त्रिवर्षीय कार्ययोजना निर्माण गरी कार्यान्वयन समेत प्रारम्भ गरिएको र कार्ययोजनामा समेटिएका क्रियाकलापका विषयमा थप जानकारी समेत गराउनुभयो ।   कार्यक्रममा प्रहरी नायव महानिरीक्षक ओम बहादुर राना, प्रहरी वरिष्ठ अधिकृतहरु, विभिन्न सञ्चार माध्यमबाट प्रतिनिधित्व गर्नुहुने सञ्चारकर्मीहरु लगायत प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।        

प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा शान्ति–सुरक्षा सम्बन्धी अन्तर्कृया कार्यक्रम सम्पन्न ।
२०८२-०५-०६

काठमाडौं, ०६ भदौ            काठमाडौं उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा केन्द्र बुढानिलकण्ठले आयोजना गरेको “शान्ति र सुरक्षा : हाम्रो साझा जिम्मेवारी” भन्ने मूल नारासहित जनचेतनामूलक कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।     कार्यक्रममा कार्यक्रमका विशेष अतिथि बुढानिलकण्ठ नगरपालिकाका नगर प्रमुख मिठ्ठाराम अधिकारीले स्थानीयस्तरमा सुरक्षालाई बलियो बनाउन सबै नागरिक सचेत र जिम्मेवार बन्नुपर्ने आवश्यकता औंल्याउदै अपराध नियन्त्रण, आपराधिक गतिविधिको रोकथाम, मादक पदार्थ दुरुपयोगमा न्यूनीकरण, सडक सुरक्षा र सामुदायिक सद्भावलाई प्रवर्द्धन गर्नका लागि नगरपालिका निरन्तर नेपाल प्रहरी संग सहकार्य गर्न प्रतिबद्ध रहेको बताउनु भयो ।             कार्यक्रमलाई सम्बोधन गर्नुहुदै कार्यक्रमका प्रमुख अतिथि प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा केन्द्रले नेपाल प्रहरीसंग समन्वय साथै सहकार्य गरी समाजमा रहेको विकृती- विसंगतीहरुलाई न्यूनीकरण गर्न महत्वपुर्ण योगदान दिएको स्मरण गर्दै पछिल्लो समय साना उमेरका विद्यार्थीहरु लागू औषधको दुर्व्यसनी तथा साईबर क्राइमको सिकार समेत भइरहेकाले यस्ता अपराध लगायतका मुद्दाहरुको राकथामको निम्ति स्थानीय स्तरमानै नयाँ रणनीति अपनाइ “सुरक्षित उपत्यका: ह्राम्रो प्रतिवद्धता” अभियानको अबधारणा  कार्यान्वयनमा ल्याउने तयारीमा काठमाडौं उपत्यका प्रहरी कार्यालय रहेको जानकारी दिनुभयो । साथै आउदै गरेको हरीतालिका तिज पर्वको समेत उपस्थित सबैलाई शुभकामना ब्यक्त गर्नुभयो ।      कार्यक्रमका सभाध्यक्ष बुढानिलकण्ठ सामुदायिक विपद् व्यवस्थापन समितिका अध्यक्ष मनोज कुमार श्रेष्ठले प्रहरी र नागरिकको सहयोग, समन्वय र सहकार्यले मात्र सभ्य एवम् सुरक्षित समाज निर्माण गर्न सकिनेमा जोड दिनुभयो ।         उक्त अवसरमा उपस्थित विभिन्न सहभागीहरूले शान्ति र सुरक्षाबारे आफ्ना अनुभव, सुझाव र जिज्ञासाहरु  प्रस्तुत गर्नुभएको उक्त कार्यक्रममा सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा केन्द्र बुढानिलकण्ठका पदाधिकारीहरू, स्थानिय जनप्रतिनिधिहरु, विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका पदाधिकारीहरू, स्थानीय समाजसेवी लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो ।

प्रहरी उपरीक्षक ई.दामोदर कंडेलको बिदाई तथा फेरि भेटौला कार्यक्रम सम्पन्न ।
२०८२-०५-०४

    आज मिति २०८२/०५/०४ गते, काठमाडौं उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा प्रहरी उपरीक्षक ई.दामोदर कंडेलको बिदाई तथा फेरि भेटौला कार्यक्रम सम्पन्न भएको छ ।        नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखा, नक्सालको मिति २०८२।०४।२३ गतेको पत्रले नेपाल प्रहरी प्रधान कार्यालय, कार्य विभाग संचार निर्देशनालय, नक्साल सरुवा भई नयाँ कार्यक्षेत्र तर्फ प्रस्थान गर्न लाग्नु भएका प्रहरी उपरीक्षक ई.दामोदर कंडेललाई प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले खादा लागाई बिदाई गर्नुभएको थियो ।                       कार्यक्रममा प्रहरी नायव महानिरीक्षक ओम बहादुर राणा, प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनाल, प्रहरी वरिष्ठ उपरीक्षक प्रविण धिताल, सिनियर प्रहरी अधिकृतहरू लगायत अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो । 

“नेपाल प्रहरी कार्यदक्षता मूल्याङ्कन (Police Baton) २०८२” अन्तर्गत काठमाडौं उपत्यका प्रहरी कार्यालयको अनुगमन तथा निरीक्षण सम्पन्न
२०८२-०५-०३

काठमाडौं, ०३ भदौ            नेपाल प्रहरी कार्यदक्षता मूल्याङ्कन (Police Baton) २०८२ को पूर्व निर्धारित कार्यक्रम अनुसार २०८२-०५-०३ गते मंगलबार काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीको अनुगमन तथा निरीक्षण कार्यक्रम सम्पन्न भएको छ । “कार्यदक्षता मूल्याङकन (Police Baton) २०८२” केन्द्रीय मूल्याङ्कन समितिका संयोजक प्रहरी अतिरिक्त महानिरीक्षक डा. मनोज के.सी. सहितको मूल्याङकन टोलीबाट कार्यालयको निरीक्षण तथा अनुगमन गरिएको हो । निरीक्षणको क्रममा कार्यालयको भौतिक पुर्वाधारको अवस्था, उपलब्ध श्रोत साधनहरूको व्यवस्थापन, अपराध अनुसन्धान तथा नियन्त्रण, प्रहरी कार्य र परिचालन कक्ष, मानवश्रोत व्यवस्थापन लगायत विभिन्न शाखाहरूको अबलोकन तथा निरीक्षण गर्नुका साथै कार्यालयको समग्र काम कारवाहिको सम्बन्धमा प्रहरी वरिष्ठ उपरीक्षक प्रविण धितालले प्रस्तुतीकरण गर्नु भएको थियो ।

चोरी भएका ४१ वटा दुई पाङ्ग्रे सवारी साधन फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण
२०८२-०५-०१

काठमाडौं, १ भदौकाठमाडौं उपत्यकाको विभिन्न स्थान र मितिमा चोरी भएका ४१ वटा दुई पाङ्ग्रे सवारी साधन फेला पारी ट्राफिक प्रहरीले आइतबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमबीच सोही कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले १९ वटा मोटरसाइकल र २२ वटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गर्नुभएको हो ।  विभिन्न मितिमा प्राप्‍त निवेदनका आधारमा खोजी गर्ने क्रममा केहीमा वास्तविक नम्बर प्लेट र केहीमा नक्कली नम्बर प्लेट राखेको अवस्थामा काठमाडौं उपत्यकाको जगाती, ठिमी, थली, नरेफाँट, काडाँघारी, लैनचौर, चापागाउँ, नयाँबानेश्वर, हात्तिसार, एयरपोर्ट, सिफल, पुरानोबसपार्क, स्वयम्भू, गोकर्ण, सुन्दरीजल, कपन, धापाखेल, गल्फुटार, नेपालटार, नयाँबसपार्क र बालाजु लगायतका स्थानबाट उक्त सवारी साधन ट्राफिक प्रहरीले फेला पारेको हो । 

नेपाल प्रहरी कल्याणकारी कार्यक्रम अन्तर्गत सञ्चालित विद्यालय स्तरीय बुद्धिचाल प्रतियोगिता कार्यक्रम सम्पन्न ।
२०८२-०५-०१

काठमाडौं, १ भदौ   नेपाल पुलिस स्कुल सामाखुसीको वार्षिक शैक्षिक क्यालेन्डर बमोजिम नेपाल प्रहरी कल्याणकारी कार्यक्रम अन्तर्गत २ दिवसिय “सेकेन्ड एनपिएस सामाखुसी चेस च्याम्पियनसिप- २०८२”  काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका कार्यालय प्रमुख तथा नेपाल पुलिस स्कुल सामाखुसीका संरक्षक प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा नेपाल पुलिस स्कुल सामाखुसीको प्राङ्गणमा आइतबार सम्पन्न भएको छ ।  मिति २०८२/०४/३१ गतेबाट दुई दिनसम्म चलेको उक्त प्रतियोगितामा कुल ८२ विद्यालयबाट जुनियर तर्फ ८२ र सिनियर तर्फ ८४ जना गरी कुल १६६ जना सहभागीबाट सिनियर ब्वाइज (कक्षा ९–१२), सिनियर गर्ल्स (कक्षा ९–१२), जुनियर ब्वाइज (कक्षा ५–८) र जुनियर गर्ल्स (कक्षा ५–८) गरी चार समूहमा प्रतिस्पर्धा गराई प्रथम, द्वितीय, तृतीय तथा दुई- दुई जना सान्त्वना गरी २० जना विद्यार्थीहरूलाई नगद पुरस्कार, प्रमाणपत्र, मेडल र ट्रफी प्रदान गरिएको थियो ।    सहभागी विद्यालय तथा विद्यार्थीहरुलाई प्रमाण पत्र, पुरस्कार, मेडल तथा ट्रफि वितरण पश्चात कार्यक्रमलाई सम्बोधन गर्नु हुदै प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले नेपाल पुलिस स्कूलले शिक्षा र खेलकुद क्षेत्रमा पुर्‍याएको योगदानको उच्च प्रशंसा गर्दै विद्यालय स्तरमै बुद्धिचाल जस्तो बौद्धिक खेललाई प्रोत्साहन गर्नु गौरवपूर्ण कार्य भएको बताउनुभयो ।    समापन समारोहका सभा अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रहरी नायव महानिरीक्षक ओम बहादुर रानाले विद्यालयको प्रयासको प्रशंसा गर्दै प्रमुख अतिथि, सहभागी विद्यालय तथा विद्यार्थी, निर्णायक र आयोजक सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो । नेपाल पुलिस स्कुल सामाखुसीका प्राचार्य श्री रामप्रसाद भुसालले  स्वागत मन्तव्य प्रस्तुत गर्नु भएको उक्त कार्यक्रममा नेपाल चेस महासंघका अध्यक्ष हिराकाजी महर्जन, नेपाल पुलिस स्कुलका सहायक प्राचार्य ओमप्रसाद भुसाल, नेपाल पुलिस स्कुल सामाखुसीका समादेशक प्रहरी निरीक्षक राजन प्रसाद काफ्ले, सहभागी विद्यालयका शिक्षकहरु, निर्णायक समितिका सदस्यहरु र विद्यार्थीहरु लगायत सिनियर तथा जुनियर प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।