प्रहरी अतिरीक्त महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यतामा सामुदायिकको १६ औं साधारण सभा तथा ‘शान्ति र सुरक्षा सम्बन्धी अन्तरक्रिया’ एवं स्वागत कार्यक्रम सम्पन्न ।
२०८०-०५-१६
- A
- A-
- A+
काठमाण्डौ, १६ भदौ
मिति २०८०-५-१६ गते अं.११बजे सामुदायिक सेवा केन्द्र तथा
सामुदायिक प्रहरी सेवा केन्द्र, इचङ्गुनारायण काठमाण्डौको आयोजनामा काठमाण्डौ उपत्यका प्रहरी
कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी अतिरीक्त महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यतामा १६
औं साधारण सभा तथा ‘शान्ति र सुरक्षा सम्बन्धी अन्तरक्रिया’ एवं स्वागत कार्यक्रम नागार्जुन
नगरपालिका वडा नं. ३ लिटल क्लाइम्वर्स स्कुलमा सुरू भएको थियो ।
प्र.अ.म.नि. थापाले समाजमा शान्ति सुरक्षा तथा अमन चयन कायम
गर्ने कार्यमा नागरिकको अहम् भूमिका रहने भएकाले नागरिकसँग सहकार्य गर्दै प्रहरीले
आफ्नो कर्तव्य निर्वाह गर्नु गर्नु पर्ने बताउनु भयो ।
साथै शान्तिपूर्ण एवं सुरक्षित समाजका लागि समुदायिक-प्रहरी साझेदारीको अवधारणा बमोजिम
सामुदायिक प्रहरीसँग हातेमालो गर्दै गुण्डागर्दीलाई निर्ममताका साथ नियन्त्रण
गरिने बताउँदै उहाँले कुनै पनि सामान्य घटनालाईसमेत प्रहरी सामु ल्याई अपराध
नियन्त्रण र अनुसन्धान कार्यमा सहयोग गर्न नागरिकलाई अनुरोध गर्दै ‘पीडितलाई
न्याय र पीडकलाई सजाय’ दिलाउने पुनित कार्यमा हातेमालो गर्न अनुरोध समेत गर्नु
भयो ।
आत्महत्या, लागु औषधको प्रयोग र साइवर अपराधका घटनाहरूलाई न्यूनीकरण गर्न
सामुदायिक स्तरमानै जन चेतना अभिवृद्दि गर्दै ‘सुरक्षित उपत्यका, हाम्रो
प्रतिवद्दता’ अभियान अन्तर्गत: काठमाण्डौ उपत्यका प्रहरी कार्यालय र मातहत
परिसरहरुबाट प्रविधिको समेत यथोचित प्रयोग गरी प्रभावकारी तवरले प्रहरी परिचालन
गराई समग्रमा सुरक्षा प्रदान गरिने बारे जानकारी गराउनु भयो ।
जिल्ला प्रहरी परिसर,
काठमाण्डौका प्रहरी वरिष्ठ उपरीक्षक भुपेन्द्र
बहादुर खत्री, स्थानीय जनप्रतिनिधिहरू, सामुदायिक
सेवा केन्द्रका पदाधिकारीहरू र स्थानीय भद्र भलादमीहरू लगायत अं. ५५० जनाको
उपस्थितिमा अं.२ बजे उक्त कार्यक्रम सम्पन्न भएको थियो ।