विभिन्न धनमाल चोरी
२०८०-०५-१५
- A
- A-
- A+
काठमाण्डौ, १५ भदौ
टोखा नगरपालिका-८ बानियाँटार डेरा गरी बस्ने लमजुङ मध्यनेपाल नगरपालिका-४ घर भएका ४९ वर्षीय जुद्वमान श्रेष्ठको कोठाबाट कोही नभएको अवस्थामा ताला फोडी सुनका विभिन्न गरगहना, ल्यापटप तथा मोबाइल समेत गरी करिब ४ लाख १५ हजार रूपैयाँ बराबरको धनमाल बिहीबार दिउँसो चोरी भएको छ ।
प्रहरीले चोरीमा संलग्न व्यक्तिको खोजी गर्नुको साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।