एटिएम मेसिन तोडफोड गरी चोरी गर्न खोज्ने व्यक्ति पक्राउ
२०८०-०५-१४
- A
- A-
- A+
भक्तपुर,
१४ भदौ
भक्तपुर नगरपालिका-१० कमलबिनायक भत्केको पाटीस्थित नबिल
बैंकको एटिएम मेसिन तोडफोड गरी चोरी गर्न खोजेको अभियोगमा दाङ बबई गाउँपालिका-२
बस्ने २४ वर्षीय पूर्ण बहादुर खासुलाई गएराति प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी वृत्त जगाती भक्तपुरबाट खटिएको प्रहरीले उनलाई एटिएम
मेसिन तोडफोड गरी चोरी गर्न खोजेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । उनको
साथबाट १ थान मार्तल, १ थान फलामको रड र
१ थान ह्याक्सो प्रहरीले बरामद गरेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।