लिखत सम्बन्धी कसूरमा एक जना पक्राउ
२०८०-०४-२६
- A
- A-
- A+
काठमाण्डौ, २६ साउन
लिखत सम्बन्धी
कसूरमा सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका-६ भालुखोप बस्ने ५५ वर्षीय जित बहादुर
कार्कीलाई आइतबार प्रहरीले पक्राउ गरको छ ।
कर्तव्य ज्यान
मुद्दामा सर्वोच्च अदालतबाट २०७२ पुस २२ मा भएको फैसलाले कार्की समेत सफाई पाउने
गरी फैसला भएकोमा उक्त मुद्दाको फैसलाको प्रतिलिपीमा व्यहोरा थपघट गरी शिक्षक
पेशामा पुनर्वहालीको लागि उक्त फैसला कार्यान्वयन गरी पाउँ भनि सर्वोच्च अदालतमा
पेस गरेकोमा उक्त फैसलाको प्रतिलिपीमा व्यहोरा थपघट गरी लिखत सम्बन्धी कसूर गरेको
खुल्न आएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।
उनी उपर जिल्ला अदालत
काठमाण्डौबाट ७ दिन म्याद थप गरी लिखत सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको छ ।