सामाजिक संजालबाट ठगी गर्ने व्यक्ति पक्राउ
२०८०-०४-२६
- A
- A-
- A+
काठमाण्डौ,
२६
साउन
सामाजिक संजालबाट ठगी गरेको अभियोगमा जिल्ला
सुनसरी इटहरी उपमहानगरपालिका-९ बस्ने ५५ वर्षीया कमला देवी श्रेष्ठलाई मंगलबार
प्रहरीले पक्राउ गरेको छ ।
सामाजिक संजाल Tiktok र WhatsApp मार्फत कुराकानी गर्ने
क्रममा आफूलाई U.K.
को
नागरिक भन्दै पीडितलाई विभिन्न Gift पठाएको भनी प्रलोभनमा पारी custom
Charge बापतको रकम पठाउन पर्छ
भन्दै ९२ हजार रूपैयाँ पठाउन लगाई ठगी गर्ने कार्यमा संलग्न कमला
देवी श्रेष्ठलाई काठमाण्डौ उपत्यका
अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान एवं कारवाहीको
लागि जिल्ला प्रहरी परिसर काठमाण्डौ पठाइएको छ
।