वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पठाईदिन्छु भन्दै रकम ठगी गर्ने तीन जना पक्राउ
२०८०-०४-२६
- A
- A-
- A+
काठमाण्डौ,
२६
साउन
वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक
पठाईदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा जिल्ला गोरखा
गण्डकी गाउँपालिका-६ घर भई काठमाण्डौ
महानगरपालिका-१५ बस्ने ५० वर्षीया एक माया पुलामी मगर,जिल्ला सुनसरी
रामधुनी नगरपालिका-३ घर भई काठमाण्डौ
महानगरपालिका-३२ बस्ने ४० वर्षीय सन्दिप कुमार चौधरी र जिल्ला
धादिङ
थाक्रे गाउँपालिका-४ घर भई काठमाण्डौ कलंकी
बस्ने ४५ वर्षीय सालिक राम अर्याल रहेका छन् ।
उनीहरूमध्ये मगरले १
जनालाई पोर्चुगल पठाई कृषि कम्पनीमा मासिक १ लाख ३० हजार रुपैयाँ तलबमा काम
लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पटकपटक २ लाख ५६ हजार रूपैयाँ ठगी गरेको, चौधरीले १
जनालाई फ्रान्स पठाई प्रतिष्ठित होटलमा मासिक १ लाख ५० हजार रूपैयाँ तलबमा काम
लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी २ लाख ५५ हजार रुपैयाँ ठगी
गरेको र अर्यालले १ जनालाई क्रोसिया पठाई फुड डेलिभरीमा मासिक १ लाख ५० हजार
रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी ५० हजार
रूपैयाँ ठगी गरेको खुल्न आएको छ ।
साथै उनीहरूलाई पक्राउ
गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाण्डौ
उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले मगरलाई काठमाण्डौ
नयाँ बसपार्कबाट बुधबार, चौधरीलाई काठमाण्डौ नयाँ
बानेश्वरबाट बिहीबार तथा अर्याललाई काठमाण्डौ
टोखा नगरपालिका-७ बाट बिहीबार पक्राउ गरेको हो ।
उनीहरूलाई थप अनुसन्धान
तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डौ पठाइएको छ
।