पहिरोका कारण विभिन्न १० स्थानमा सडक अवरोध
२०८०-०४-२३
- A
- A-
- A+
काठमाडौं, २३ साउन
गएरातिदेखि परेको अविरल वर्षाका कारण पहिरो
जाँदा नुवाकोट, मकवानपुर, चितवन, पाल्पा, कैलाली, काभ्रे, सिन्धुली र बागलुङका विभिन्न
१० ठाउँमा सडक अवरोध भएको छ ।
पहिरोका
कारण नुवाकोट ककनी गाउँपालिका-४ निगालेस्थित पासाङ ल्हामु राजमार्ग, मकवानपुर बकैया
गाउँपालिका-११ लामराङस्थित कान्ती लोकपथ तथा भिमफेदी गाउँपालिका-२ ज्यालटारस्थित
हेटौंडा-भैसे-भिमफेदी-कुलेखानी-काठमाडौं सडकखण्ड, चितवन ईच्छाकामना गाउँपालिका-६
नारायणगढ-मुग्लिङ सडकखण्ड, पाल्पा तिनाउ गाउँपालिका-३ ड्याम साईड नजिकै सिद्धार्थ
राजमार्ग, कैलाली गोदावरी नगरपालिका-४ बुढीतोलास्थित भिमदत्त राजमार्ग तथा चुरे गाउँपालिका-५
गोपालेस्थित भिमदत्त राजमार्ग, काभ्रे रोशी गाउँपालिका-९ नार्के लगायत बिपि
राजमार्गको विभिन्न स्थान, सिन्धुली सुनकोशी गाउँपालिका-२ कमेरेफाटस्थित बिपि राजमार्ग
र बागलुङ, बागलुङ नगरपालिका-१० गलुवास्थित बागलुङबाट बलेवातर्फ जाने कालिगण्डकी करिडोरमा
सडक अवरोध भएको हो ।
पहिरो गएका
स्थानहरूमा तत्काल खटिएको प्रहरीले आवश्यक उद्दार कार्य गर्नुका साथै सम्बन्धित
निकायसँग समन्वय गरी अवरोध सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।