अवैध रुपमा बाह्य मुलुकतर्फ लैजान लागेका विदेशी मुद्रासहित पक्राउ
२०८०-०४-२३
- A
- A-
- A+
काठमाडौं, २३ साउन
त्रिभुवन
अन्तर्राष्ट्रिय बिमानस्थलबाट अवैध रूपमा लुकाई छिपाई बाह्य मुलुकतर्फ
लैजान लागेको ५ सय दरको १ हजार १ सय थान गरी जम्मा ५ लाख ५० हजार
भारतीय रूपैयाँसहित भारतीय नागरिक ४७ वर्षीय बरूनेश चन्द्रलाई सोमबार दिउँसो
प्रहरीले पक्राउ गरेको छ । ईन्डिगोको उडानद्वारा काठमाडौंबाट दिल्ली जान लागेका उनलाई
बिमानस्थलको
प्रस्थान ह्याण्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा उनको
साथबाट
उक्त भारतीय रूपैयाँ फेला परेको हो ।
यसैगरी
त्रिभुवन
अन्तर्राष्ट्रिय बिमानस्थलबाट अवैध रूपमा लुकाई छिपाई बाह्य मुलुकतर्फ
लैजान लागेको १ सय दरको १ सय ४२
थान गरी १४ हजार २ सय अमेरिकी डलरसहित साउदी अरेबियन नागरिक ५३
वर्षीय अलयम्नी अबदुल्लाह अबदुलरहमानलाई सोमबार
राति प्रहरीले पक्राउ गरेको छ । बाटिक एयरको उडानद्वारा मलेसिया जान
लागेका उनलाई बिमानस्थलको ह्याण्ड ब्यागेज चेकिङ एरियामा जाँच
गर्ने क्रममा उनको साथबाट उक्त परिमाणको अमेरिकी डलर
फेला परेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान
एवं कानूनी कारबाहीको लागि राजश्व विभाग हरिहरभवनमा बुझाउने
प्रयोजनार्थ प्रहरी वृत गौशलामा पठाइएको छ ।