चोरी मुद्दाका फरार प्रतिवादी ७ वर्षपछि पक्राउ
२०८०-०४-२३
- A
- A-
- A+
काठमाडौं, २३ साउन
चोरी मुद्दाका फरार प्रतिवादी सल्यान
कुमाख गाउँपालिका-४ वस्नेतज्यूला घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका-६ बौद्ध
नयाँबस्ती बस्ने २९ वर्षीय जीवन बुढाथोकीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला
अदालत काठमाडौंको २०७३ माघ ७ गतेको फैसलाले रहजनी चोरी मुद्दामा २ महिना कैद र २
लाख १४ हजार २६ रूपैयाँ जरिवाना ठहर भएकोमा २५ दिन
कैद भुक्तान गरी सकेको तथा जरिवाना र बाँकी कैद १ महिना ५ दिन
भुक्तान गर्ने बाँकी रही फरार रहेका उनलाई कठमाडौं उपत्यका अपराध अनुसन्धान
कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं चावहिलबाट पक्राउ गरेको हो ।
उनलाई जिल्ला अदालत
काठमाडौं बबरमहलमा उपस्थित गराइएको छ ।