प्रहरी कन्ट्रोल : १००
नेपा
EN

अवैध लागूऔषध सहित ६ जना पक्राउ

२०८०-०४-१८

  • A
  • A-
  • A+
Share

काठमाण्डौ, १८ साउन

        काठमाण्डौ, कागेश्वरी मनोहरा नगरपालिका-५ थलीबाट नियन्त्रित लागूऔषध प्रोमेथाजाइन ३२ एम्पुल, बुप्रोनोर्फिन ३२ एम्पुल र डाईजेपाम ३२ एम्पुल, ७ थान सिरिन्ज र नगद १० हजार रूपैयाँसहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कागेश्वरी मनोहरा नगरपालिका-६ मुलपानी बस्ने सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-७ भोटेचौर भएका ३१ वर्षीय शालिकराम खतिवडा र रामेछाप गोकुल गंगा गाउँपालिका घर भएका ३० वर्षीय सुविन सुनुवार रहेका छन् । विशेष सूचनाको आधारमा प्रहरी प्रभाग साँखुबाट खटिएको प्रहरीले बा.७७ प १५३० नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटरमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

           ललितपुर, ललितपुर महानगरपालिका-२५ सातदोबाटोबाट नियन्त्रित लागूऔषध नोर्फिन १० एम्पुलडाईजेपाम १० एम्पुल र फेनारगन १० एम्पुलसहित ३ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मकवानपुर चिसोपानी नगरपालिका-९ घर भई हाल ललितपुर धापाखेल बस्ने २४ वर्षीय दिपेश कार्की, सिन्धुली मरिण गाउँपालिका-३ घर भई हाल ललितपुर धापाखेल बस्ने  २२ वर्षीय दिपेश तामाङ र सिन्धुपाल्चोक निशंखु गाउँपालिका घर भई भक्तपुर बस्ने २६ वर्षीय सजन तामाङ रहेका छन् । यसैगरी ललितपुर महालक्ष्मी नगरपालिका-३ टिकाथली झोलुङगे पुल नजिकबाट नियन्त्रित लागूऔषध भेनस १० पिसस्पास्पेन १० पिस र वरनेकस १ पिससहित रौतहट बडियापुर नगरपालिका-८ घर भई हाल ललितपुर इमाडोल बस्ने २१ वर्षीय रतन जी लाई प्रहरी वृत्त सातदोबाटो समेतबाट खटिएको प्रहरीले  पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८३-०३-२०

          काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-६ बस्ने काभ्रे घर भएका ३८ वर्षीय सरोज पन्त र टोखा नगरपालिका-३ बस्ने रामेछाप घर भएका २२ वर्षीय अनिल खत्री रहेका छन् ।  पक्राउ मध्ये सरोजले आयरल्याण्ड पठाइदिन्छु भन्दै १ जना पीडितबाट १६ लाख रूपैयाँ र अनिलले युएई पठाइदिन्छु भन्दै ६ जना पीडितहरूबाट २३ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सरोजलाई काठमाडौं महानगरपालिका-८ बाट शुक्रबार र अनिललाई टोखा नगरपालिका-६ बाट बिहीबार पक्राउ गरेको हो ।  उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

प्रहरी हुँ भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८३-०३-२०

काठमाडौं, प्रहरी हुँ भन्दै ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-२६ गल्कोपाखा बस्ने इलाम, इलाम नगरपालिका-१० घर भएकी ३३ वर्षीया दिपिका बोहोरा (तामाङ) लाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । दिपिकाले आफूलाई नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक हुँ भन्दै पोशाक लगाएको तस्बिर देखाई विभिन्न आश्‍वासन दिई आफ्नो ई-सेवा तथा मोबाइल बैंकिङमा पैसा राख्न लगाई निवेदकलाई झुक्यानमा पारी ठगी तथा आपराधिक लाभ लिने कार्यमा संलग्न रहेकी उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-२६ गंगबुबाट पक्राउ गरेको हो ।   उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

स्वागत् तथा निर्देशन कार्यक्रम सम्पन्न
२०८३-०३-१९

नेपाल सरकार मन्त्रिपरिषद्को २०८३ असार १८ गतेको निर्णय अनुसार तालुक नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग, नक्सालबाट काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा सरूवा भई आजै हाजिर हुनुभएका प्रहरी अतिरिक्त महानिरीक्षक सुशील सिंह राठौरज्यूको यस कार्यालयमा स्वागत तथा निर्देशन कार्यक्रम सम्पन्न भएको छ । सो अवसरमा सम्बोधन गर्नुहुदै प्रहरी अतिरिक्त महानिरीक्षक सुशील सिंह राठौरज्यूले मातहत कार्यालय प्रमुखहरुलाई भ्रष्टाचार तथा अनुचित लेनदेनमा शून्य सहनशीलताको नीति पूर्ण रूपमा पालना गरी सेवाग्राहीहरूसँग शिष्ट र मर्यादित व्यवहार सहितको छिटो-छरितो सेवा प्रदान गर्न निर्देशन दिनुभयो । यसैगरी, काठमाडौं उपत्यकाको समग्र शान्ति सुरक्षालाई प्रभावकारी बनाउन अपराध अनुसन्धान तथा नियन्त्रण, सूचना संकलन, ट्राफिक व्यवस्थापन, विपद् व्यवस्थापन र  प्रहरी जनशक्ति एवम् कार्यालय व्यवस्थापनमा विशेष ध्यान दिन समेत आवश्यक निर्देशन दिनुभयो । उक्त कार्यक्रममा यस कार्यालय तथा मातहत प्रहरी कार्यालयका कार्यालय प्रमुखहरू लगायत प्रहरी कर्मचारीहरूको उपस्थिती रहेको थियो । 

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ
२०८३-०३-१७

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा चितवन भरतपुर महानगरपालिका-१० बस्ने पाल्पा घर भएकी ४८ वर्षीय मेनुका ढुंगाना, काठमाडौं बुढानिलकण्ठ नगरपालिका-९ बस्ने सिन्धुपाल्चोक घर भएका ३१ वर्षीय सन्जु तामाङ, टोखा नगरपालिका-८ बस्ने सिन्धुली घर भएकी ३८ वर्षीया सुमित्रा कोईराला, गोकर्णेश्‍वर नगरपालिका-६ बस्ने सिन्धुली घर भएकी ३७ वर्षीया रंजना कोईराला, गोकर्णेश्‍वर नगरपालिका-६ बस्ने गोरखा घर भएका ३२ वर्षीय सन्तोष तामाङ र काठमाडौं महानगरपालिका-३ बस्ने मोरङ घर भएका ५१ वर्षीय धात्री प्रसाद पोख्रेल रहेका छन् । पक्राउ मध्ये मेनुकाले जापान पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ७ लाख ५० हजार रूपैयाँ, सन्जुले ग्रिस पठाइदिन्छु भन्दै ८ जना पीडितहरूबाट ४३ लाख रूपैयाँ, सुमित्राले अष्ट्रेलिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ३ लाख रूपैयाँ, रंजनाले  अष्ट्रेलिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट २ लाख रूपैयाँ, सन्तोषले सर्विया पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ८४ हजार रूपैयाँ र धात्री प्रसादले क्रोएसिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट १२ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सन्तोषलाई काठमाडौं महानगरपालिका-२६ बाट मंगलबार तथा सन्जु, सुमित्रा, रंजना र धात्री प्रसादलाई काठमाडौं महानगरपालिका-१२ बाट, मेनुकालाई काठमाडौं महानगरपालिका-११ बाट बुधबार  पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ३ जना पक्राउ
२०८३-०३-१७

काठमाडौं महानगरपालिका-१३ बाफलबाट सोही ठाउँ डेरा गरी बस्ने सिन्धुली घर भएका २० वर्षीय युवराज खत्री समेत २ जनालाई नियन्त्रित लागूऔषध ट्रामाडोल २६ हजार ७ सय १० ट्याब्लेट र नगद ५० हजार रूपैयाँ सहित मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त कालिमाटी समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यसैगरी काठमाडौं महानगरपालिका-१४ कलंकीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ६ सय ट्याब्लेट र डाईजेपाम ३  एम्पुल सहित चितवन इच्छाकामना गाउँपालिका-३ घर भएका ३९ वर्षीय कृष्ण गुरूङलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।