प्रहरी कन्ट्रोल : १००
नेपा
EN

अवैध लागूऔषध सहित ६ जना पक्राउ

२०८०-०४-१८

  • A
  • A-
  • A+
Share

काठमाण्डौ, १८ साउन

        काठमाण्डौ, कागेश्वरी मनोहरा नगरपालिका-५ थलीबाट नियन्त्रित लागूऔषध प्रोमेथाजाइन ३२ एम्पुल, बुप्रोनोर्फिन ३२ एम्पुल र डाईजेपाम ३२ एम्पुल, ७ थान सिरिन्ज र नगद १० हजार रूपैयाँसहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कागेश्वरी मनोहरा नगरपालिका-६ मुलपानी बस्ने सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-७ भोटेचौर भएका ३१ वर्षीय शालिकराम खतिवडा र रामेछाप गोकुल गंगा गाउँपालिका घर भएका ३० वर्षीय सुविन सुनुवार रहेका छन् । विशेष सूचनाको आधारमा प्रहरी प्रभाग साँखुबाट खटिएको प्रहरीले बा.७७ प १५३० नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटरमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

           ललितपुर, ललितपुर महानगरपालिका-२५ सातदोबाटोबाट नियन्त्रित लागूऔषध नोर्फिन १० एम्पुलडाईजेपाम १० एम्पुल र फेनारगन १० एम्पुलसहित ३ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मकवानपुर चिसोपानी नगरपालिका-९ घर भई हाल ललितपुर धापाखेल बस्ने २४ वर्षीय दिपेश कार्की, सिन्धुली मरिण गाउँपालिका-३ घर भई हाल ललितपुर धापाखेल बस्ने  २२ वर्षीय दिपेश तामाङ र सिन्धुपाल्चोक निशंखु गाउँपालिका घर भई भक्तपुर बस्ने २६ वर्षीय सजन तामाङ रहेका छन् । यसैगरी ललितपुर महालक्ष्मी नगरपालिका-३ टिकाथली झोलुङगे पुल नजिकबाट नियन्त्रित लागूऔषध भेनस १० पिसस्पास्पेन १० पिस र वरनेकस १ पिससहित रौतहट बडियापुर नगरपालिका-८ घर भई हाल ललितपुर इमाडोल बस्ने २१ वर्षीय रतन जी लाई प्रहरी वृत्त सातदोबाटो समेतबाट खटिएको प्रहरीले  पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
सालिनदि धार्मिक मेला सम्पन्न ।
२०८२-१०-१८

   श्री माधव नारायण स्वस्थानी व्रत तथा साली नदी एक महिने मेला अवधिभर श्रद्धालु भक्तजनहरूको सुरक्षालाई मध्यनजर गर्दै सञ्चालन गरिएको नागरिक सहायता कक्षले उल्लेखनीय कार्य गरेको छ ।     नागरीक सहायता कक्षले अन्दाजी ३ तोला सुनको ब्रासलेट, एटिएम कार्ड,वलुबुक,बैंकंको चेक, राष्ट्रिय परिचयपत्र, सामाजिक सुरक्षा कोष कार्ड,नागरीकता लगायत महत्वपुर्ण कागजपत्र फेला पारी धनिलाई जिम्मा लगाएको हो ।त्यस्तै बिभिन्न कम्पनिको ५ थान मोबाईल फोन पनि प्रहरी फेला पारी सम्बन्धित धनिलाई हस्तान्त्रण गरेको छ ।        प्रहरी प्रभाग साँखु,सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र साँखुले मेला अवधिभर हराएका सामग्री फेला पार्न,भक्तजनलाई सहयोग पुर्‍याउन र सुरक्षित वातावरण कायम राख्न निरन्तर रूपमा सक्रिय रहेको कार्य प्रति स्थानीयवासी तथा भक्तजनहरूले प्रशंसा व्यक्त गरेका छन ।

दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम
२०८२-१०-१४

माघ १४ गते बुधबार        काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीज्यूको समुपस्थितिमा जनपद प्रहरी तर्फ प्रहरी हवल्दारबाट प्रहरी बरिष्ठ हवल्दार पदमा बढुवा हुनु भएका प्र.व.ह. अजित कुमार पाण्डे , प्रहरी सहायक हवल्दारबाट प्रहरी हवल्दार पदमा पदोन्नती हुनु भएका प्र.ह. रुपलाल नाउ र प्रहरी जवान पदबाट प्रहरी सहायक हवल्दार पदमा बढुवा हुनु भएका प्र.स.ह.यशोदा श्रेष्‍ठलाई प्रहरी अतिरिक्त महानिरीक्षकज्यूले दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नु भएको छ ।          कार्यक्रममा प्रहरी नायव महानिरीक्षक,प्रहरी बरिष्ठ उपरीक्षकहरु,प्रहरी उपरीक्षकहरु लगायत सिनियर प्रहरी अधिकृत तथा जुनियर प्रहरी अधिकृत र अन्य प्रहरी कर्मचारीहरुको उपस्थिती रहेको थियो ।  

नागढुङ्गाबाट ७ ग्राम ब्राउन सुगरसहित एक जना पक्राउ
२०८२-१०-११

माघ ११ आईतबार     नागढुङ्गा चेकपोइन्टमा प्रहरीले ७ ग्राम प्रतिबन्धित लागुऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित एक जनालाई पक्राउ गरेको छ ।आज बिहान साढे ६ बजे चन्द्रागिरी नगरपालिका २ नागढुङ्गा स्थित चेकपोइन्टमा काकडभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.००१ ००६ ख ७३३५ नम्बरको यात्रुवाहक बस चेकजाँच गर्ने क्रममा उक्त लागुऔषध फेला परेको हो।प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोली तथा लागुऔषध नियन्त्रण ब्युरो, शाखा कार्यालय नागढुङ्गासहितको संयुक्त टोलीले बसमा सवार सुनसरी ईटहरी नगरपालिका ३ का ३६ वर्षीय निरोज न्यौपानेलाई शंका लागी चेकजाँच गर्दा ज्याकेटको खल्तीभित्र कालो प्लास्टिकले बेरी लुकाई राखेको अवस्थामा ब्राउन सुगर जस्तो देखिने गिलो पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ ।बरामद पदार्थको तौल गर्दा शुद्ध ७ ग्राम रहेको पुष्टि भएको र घटनाका सम्बन्धमा थप अनुसन्धान भै रहेको छ ।

नक्कलि हतियार सहित २ जना मानिस नियन्त्रणमा
२०८२-१०-११

माघ ११ आईतबार प्रहरी बृत्त सातदोबाटोबाट खटिएको प्रहरी टोलीले नक्कलि हतियार सहित २ जनालाई गएराती काठमाडौं महानगरपालिका ३२ स्थित कोटेश्वरबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा घर भई काठमाडौं महानगरपालिका ३२ कोटेश्वरमा डेरा गरी बस्ने २८ बर्षीय किरण घिमिरे र अछाम घर भई हाल जिल्ला काठमाडौं जडिबुटी बस्ने कुमार लोहार रहेका छन । उनिहरुको साथबाट प्रहरीले ३०३ राइफल जस्तो देखिने डमी लामो हतियार  १ थान, कटुवा पेस्तोल जस्तो देखिने डमी सानो हतियार २ थान, खुकुरी जस्तो फलामले बनेको हतियार २ थान र मोटरसाइकल १ थान सहित पक्राउ गरेको हो । सि.सि.टि.भि. फुटेजको आधारमा अनुसन्धान गर्दा बाग्मती प्रदेश ०२-०१२ प ५८५२ नम्बरको यमाह कम्पनीको FZ Version मोटरसाईकल किरण घिमिरेको रहेको खुल्न आए सँगै निजलाई पक्राउ गरि सोधपुछ गर्ने क्रममा काठमाडौं महानगरपालिका वडा नं ३२ स्थित सांस्कृति नृत्य कला केन्द्रमा लुकाई छिपाई राखेको अवस्थामा सामानहरु फेला परेको र घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान भई रहेको छ ।