प्रहरी अतिरिक्त महानिरीक्षक श्याम लाल ज्ञवालीद्वारा प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभित गर्नुहुँदै
२०८०-०४-१८
- A
- A-
- A+
काठमाण्डौ, नेपाल सरकार गृह मन्त्रालय सचिवस्तरको २०८० साउन ०९ गतेको निर्णयले प्रहरी
वरिष्ठ नायव निरीक्षकबाट प्रहरी निरीक्षक
पदमा पदोन्नति हुनु भएका राम बहादुर महतरा क्षेत्री तथा विभिन्न मितिमा भर्ना भई
नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखाको मिति
२०८०/०४/१७ गतेको पत्रादेशानुसार प्रहरी नायव निरीक्षकबाट प्रहरी वरिष्ठ नायव निरीक्षक पदमा पदोन्नति हुनु
भएका प्रहरी कर्मचारीहरू दर्ज्यानी चिन्हद्वारा
सुशोभित हुनुभएको छ ।
प्रहरी अतिरिक्त
महानिरीक्षक श्याम लाल ज्ञवालीले काठमाण्डौ उपत्यका प्रहरी कार्यालयमा बुधबार
आयोजित एक समारोहबीच उहाँहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो ।
दर्ज्यानी चिन्हद्वारा
सुशोभित हुनेहरुमा प्रहरी वरिष्ठ नायव निरीक्षकबाट प्रहरी निरीक्षक पदमा पदोन्नति
हुनु भएका १ जना, प्रहरी नायव निरीक्षकबाट प्रहरी वरिष्ठ नायव निरीक्षक पदमा
पदोन्नति हुनु भएका २८ जना गरी कुल २९ जना प्रहरी अधिकृतहरू रहनु भएको छ ।
सुशोभन समारोहलाई सम्बोधन गर्नुहुर्दै प्रहरी अतिरिक्त महानिरीक्षक ज्ञवालीले
पदोन्नति हुनु भएका प्रहरी अधिकृतहरूले पदोन्नतिसँगै काँधमा थपिएको जिम्मेवारी अनुरुप
पदीय मर्यादा रहने गरी संगठनको श्रीवृद्धि हुने कार्य गर्दै नेपाल राष्ट्र तथा नेपाल
प्रहरीले राखेका अपेक्षा पूरा गर्नुका साथै राज्यले खटाएको स्थानमा कटिवद्ध रुपमा
कार्य गर्न निर्देशन दिनुभयो ।
उक्त अवसरमा पदोन्नति
भएका अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहरी वरिष्ठ नायव निरीक्षक निरू सुवेदीले पदोन्नतिबाट
प्राप्त भएको जिम्मेवारीलाई प्रहरी कार्यमा कुशलतापूर्वक उच्च अनुशासनमा रही प्रहरी सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त
गर्नुभयो ।
समारोहमा प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ
प्रहरी अधिकृतहरू, प्रहरी अधिकृत एवं जवानहरूको समेत
उपस्थिति रहेको थियो ।