बैंकिङ कसूर र ठगी मुद्दाका प्रतिवादी पक्राउ
२०८०-०४-१६
- A
- A-
- A+
काठमाण्डौ, १५ साउन
बैंकिङ कसूर र ठगी मुद्दाका प्रतिवादी सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका-२ घर भई भक्तपुर चाँगुनारायण नगरपालिका-३ दुवाकोट बस्ने २५ वर्षीय दिनेश सापकोटालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
बैंकिङ कसूर र ठगी सम्बन्धी कसूर मुद्दामा
भक्तपुर जिल्ला अदालतबाट पक्राउ अनुमती प्राप्त भएका उनलाई काठमाण्डौ उपत्यका
अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलीले भक्तपुर दुवाकोटबाट
पक्राउ गरेको हो ।
उनलाई
थप अनुसन्धान लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको छ ।