प्रहरी कन्ट्रोल : १००
नेपा
EN

विभिन्न स्थानमा धनमाल चोरी

२०८०-०४-१६

  • A
  • A-
  • A+
Share

काठमाण्डौ, १५ साउन

        काठमाण्डौ महानगरपालिका-१६ माछापोखरी बसन्तनगर डेरा गरी बस्ने काभ्रे नवबुद्ध दरैलीपोखरी नगरपालिका-७ घर भएकी २२ वर्षीया शिवानी रूम्बा श्रेष्ठको कोठाबाट ताला फुटाई नगद ४० हजार रूपैयाँ र सुन तथा चाँदीका विभिन्न गहना समेत गरी करिब ४ लाख २७ हजार ८ सय रूपैयाँ बराबरको धनमाल आइतबार दिउँसो चोरी भएको छ ।

          ललितपुर, महालक्ष्मी नगरपालिका-५ खड्का गाउँ डेरा गरी बस्ने काभ्रे तेमाल घर भएका २८ वर्षीय रंजित तामाङ समेत ३ जनाको कोठाबाट नगद तथा सुनचाँदीका विभिन्न गहना समेत गरी करिब ३ लाख ८१ हजार रूपैयाँ बराबरको धनमाल आइतबार दिउँसो चोरी भएको छ ।

          प्रहरीले चोरीमा संलग्न व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार
यातायात कार्यालयमा बिचौलियाको काम गर्ने पक्राउ
२०८२-१२-१७

    काठमाडौंका विभिन्न यातायात व्यवस्था कार्यालयहरूमा सेवाग्राहीको काममा सहजिकरण गरिदिने भन्दै सार्वजनिक सेवा प्रवाहमा अवरोध सिर्जना गर्ने ३३ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिचौलिया मार्फत सेवा दिलाइदिने भन्दै सेवाग्राहीलाई अनावश्यक दुःख हैरानी दिने गरेको सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । प्रहरी वृत्त स्वयम्भूले सानोभर्‍याङ स्थित यातायात कार्यालयबाट ८ जनालाई पक्राउ गरेको हो ।   त्यसैगरी, प्रहरी वृत्त थानकोटले गुर्जुधारा स्थित यातायात कार्यालयबाट ८ जनालाई नियन्त्रणमा लिएको छ । त्यस्तै जिल्ला प्रहरी परिसर भक्तपुरले यातायात व्यवस्था कार्यालय राधे राधेबाट २ जना बिचौलियालाई पक्राउ गरेको छ । हिजो मात्रै जिल्ला प्रहरी परिसर ललितपुर र प्रहरी बृत्त सातदोबाटोबाट संयुक्त रुपमा  खटिएको प्रहरी टोलीले ललितपुर महानगरपालिका १३ एकान्तकुनाबाट १५ जना बिचौलियाहरुलाई स्वीप अप्रेसनद्वारा नियन्त्रणमा लिएको थियो ।

न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-१२-१५

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ललितपुर गोदावरी नगरपालिका-१९ बस्ने ३८ वर्षीय रिजेन नगरकोटीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । रिजेनले न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट १६ लाख ३० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई ललितपुर गोदावरी नगरपालिका-११ चापागाउँबाट पक्राउ गरेको हो ।    उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
२०८२-१२-१२

चैत १२ गते बुधबार        काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीज्यूको समुपस्थितिमा जनपद प्रहरीतर्फ प्रहरी वरिष्ठ नायव निरीक्षक पदबाट प्रहरी निरीक्षक पदमा पदोन्नती हुनु भएका प्रहरी निरीक्षक वसन्त कुमार दाहाललाई दर्ज्यानी चिन्हद्वारा सुशोभन कार्यक्रम सम्पन्न भएको छ ।     कार्यक्रममा प्रहरी नायव महानिरीक्षक ओम प्रसाद अधिकारी,प्रहरी वरिष्ठ उपरीक्षकहरु,प्रहरी उपरीक्षकहरु लगायत सिनियर प्रहरी अधिकृत तथा जुनियर प्रहरी अधिकृत लगायत अन्य प्रहरी कर्मचारीहरुको उपस्थिती रहेको थियो ।