जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८०-०४-११
- A
- A-
- A+
काठमाडौं, ११ साउन
जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी सुर्खेत वीरेन्द्रनगर नगरपालिका-७ घर भएका २२ वर्षीय मोहन भण्डारीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
जबरजस्ती करणी मुद्दाको अनुसन्धानको सिलसिलामा वारदात मितिदेखि फरार रहेका उनलाई जिल्ला प्रहरी परिसर काठमाण्डौबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा काठमाण्डौ बानेश्वरमा लुकिछिपि बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।