भालुको पित्त जस्तो देखिने वस्तुसहित दुई जना पक्राउ
२०८०-०४-११
- A
- A-
- A+
काठमाण्डौ, ११ साउन
काठमाण्डौ
महानगरपालिका-२६ रेडन पुल नजिक मिरमिरे लाईफ सेकुवा कर्नरबाट भालुको पित्त जस्तो
देखिने वस्तु २ थानसहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ
पर्नेहरूमा सोलुखुम्बु दुधकुण्ड नगरपालिका-१० घर भई काठमाण्डौ बुढानिलकण्ठ
नगरपालिका-१० कपन बस्ने ३९ वर्षीय तेन्दोर्जी तामाङ र काभ्रेपलाञ्चोक नेताचोक घर
भई काठमाण्डौ बौद्ध बस्ने २९ वर्षीय नाम्गेल तामाङ रहेका छन् । उक्त सेकुवा
कर्नरमा अवैध रूपमा भालुको पित्त जस्तो देखिने बस्तुको बिक्री वितरण भइरहेको भन्ने
सूचनाको आधारमा प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो
।
उनीहरूलाई
बरामद वस्तुसहित थप कारबाहीको लागि डिभिजन वन कार्यालय हात्तिसर काठमाण्डौमा
पठाइएको छ ।