वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पठाई दिने प्रलोभनमा पारी रकम ठगी गर्ने तीन जना पक्राउ
२०८०-०४-११
- A
- A-
- A+
काठमाण्डौ, ११ साउन
वैदेशिक
रोजगारीका लागि विभिन्न मुलुक पठाई दिने प्रलोभनमा पारी रकम ठगी गरेको अभियोगमा ३
जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुनसरी बराहक्षेत्र
नगरपालिका-७ घर भई भक्तपुर सूर्य विनायक बस्ने ३१ वर्षीय मौसम मग्राती,
सिन्धुपाल्चोक त्रिपुरा सुन्दरी गाउँपालिका-५ घर भई काठमाण्डौ महानगरपालिका-३२
कोटेश्वर बस्ने ३२ वर्षीय अनन्त प्रकाश श्रेष्ठ र उदयपुर ताप्ली गाउँपालिका-४ घर
भई ललितपुर महानगरपालिका नखिपोट बस्ने ३० वर्षीय प्रचलन राई रहेका छन् ।
उनीहरूमध्ये
मौसम मग्रातीले १ जनालाई माल्टा पठाई आकर्षक तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा
पारी पीडितबाट रकम ठगी गरेको, अन्नत श्रेष्ठले १ जनालाई पोल्याण्ड पठाई प्रतिष्ठित
कम्पनीमा मासिक २ लाख रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट
पटकपटक गरी ८ लाख रुपैयाँ ठगी गरेको र प्रचलन राईले १ जनालाई क्रोसिया पठाई
प्रतिष्ठित कम्पनीमा मासिक १ लाख रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा
पारी पीडितबाट पटकपटक गरी ६ लाख रूपैयाँ ठगी गरेको खुल्न आएको छ ।
साथै
उनीहरूलाई पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाण्डौ
उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले श्रेष्ठलाई काठमाण्डौ
जोरपाटी नारायणटारबाट मंगलबार तथा
मग्रातीलाई काठमाण्डौ काँडाघारीबाट र राईलाई ललितपुर नखिपोटबाट बुधबार पक्राउ
गरेको हो ।
उनीहरूलाई
थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डौ पठाइएको छ
।