प्रहरी कन्ट्रोल : १००
नेपा
EN

मेट्रो ट्राफिक एफएमको ११औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न

२०८०-०४-०८

  • A
  • A-
  • A+
Share

काठमाण्डौ, ८ साउन

        मेट्रो ट्राफिक एफएम व्यवस्थापन समितिका अध्यक्ष तथा काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेलको प्रमुख आतिथ्यमा मेट्रो ट्राफिक एफएम ९५.५ मेगाहर्जको ११औं वार्षिकोत्सव कार्यक्रम सोमबार सम्पन्न भएको छ ।

        काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा आयोजित उक्त कार्यक्रममा प्रहरी नायव महानिरीक्षक पोखरेलले विज्ञापन दाताहरू र सूचना दाताहरूलाई कदरपत्र एवम् एफएममा कार्यरत उत्कृष्ट ३ जना प्रहरी कर्मचारीहरूलाई प्रशंसापत्र प्रदान गर्नुभयो ।

        उक्त अवसरमा प्रहरी नायव महानिरीक्षक पोखरेलले जनसंख्या र सवारी साधनको वृद्धिले ट्राफिक व्यवस्थापन र अपराधिक गतिविधि दिन प्रतिदिन नयाँनयाँ ढंगबाट बढ्दै गइरहेको र समय अनुरुप चुनौतीपूर्ण बन्दै गइरहेको बताउनुभयो । यस्तो अवस्थामा मेट्रो ट्राफिक एफएमले प्रसारण गर्ने सूचना तथा कार्यक्रमले सवारी दुर्घटना न्यूनीकरण तथा अपराध रहित समाजको निर्माणमा ठूलो भूमिका निर्वाह गरेको उहाँले उल्लेख गर्नुभयो । सडक प्रयोग गर्ने सही तरिकाको बारेमा ट्राफिक जनचेतना फैलाउँदै दुर्घटना न्यूनीकरण गर्न उद्देश्यका साथै सडक पुन:निर्माण, जोखिम न्यूनीकरण तथा अपराध विरूद्ध जनचेतना जागृत गर्न थप योगदान पुर्‍याउने विश्वास उहाँले व्यक्त गर्नुभयो । 

        कार्यक्रममा मेट्रो ट्राफिक एफएमका स्टेशन म्यानेजर प्रहरी नायव उपरीक्षक ई.विशाल ज्ञवालीले स्वागत मन्तव्य व्यक्त गर्दै मेट्रो ट्राफिक एफएमको गतिविधि तथा आगामी कार्ययोजनाबारे जानकारी दिनुभएको थियो । सो अवसरमा विज्ञापन दाताहरूमध्ये जल तथा मौसम विज्ञान विभाग मौसम पुर्वानुमान महाशाखाका प्रमुख डा.अर्चना श्रेष्ठ र सहकारी विभागका शाखा अधिकृत प्रेम राज लुइटेलले आ-आफ्नोतर्फबाट शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

        कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षकहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, समुदाय-प्रहरी साझेदारी समितिका प्रतिनिधिहरु, प्रहरी अधिकृतहरु लगायत संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।  

सम्बन्धित समाचार
चोरीमा संलग्न व्यक्ति पक्राउ
२०८३-०८-०३

काठमाडौं, चोरीमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-८ जयबागेश्वरी बस्ने ३२ वर्षीय दीपेश डंगोललाई प्रहरीले पक्राउ गरेको छ ।             काठमाडौं महानगरपालिका-८ जयबागेश्वरीस्थित एक घरमा मंगलबार दिउँसो चोरी भएको घटनाको अनुसन्धानको क्रममा प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । साथै प्रहरीले उनको घर तलासी गर्दा सुन तथा चाँदीका जस्तो देखिने विभिन्न गरगहनाहरू समेत फेला पारी बरामद गरेको छ ।              उनी उपर चोरी सम्बन्धी कसुरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

बेलारूस र रोमानिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८३-०८-०२

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी बेलारूस र रोमानिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ललितपुर महानगरपालिका-२९ बस्ने २८ वर्षीय रविन्द्र मगरातीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।             रविन्द्रले रोमानिया र बेलारूस पठाइदिन्छु भन्दै ५ जना पीडितहरूबाट ४ लाख २० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काटमाडौं महानगरपालिका-२९ पवत्रनगरबाट पक्राउ गरेको हो ।              उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

नेपाल प्रिमियर लिगमा सट्टेबाजी खेल्ने/खेलाउने कार्यमा संलग्न व्यक्ति पक्राउ
२०८३-०८-०२

काठमाडौं, नेपाल प्रिमियर लिगमा सट्टेबाजी खेल्ने/खेलाउने कार्यमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-१७ ठमेल बस्ने भारत राजस्थान श्रीगंगानगर शहर घर भएका ३५ वर्षीय रोहित पथरियालाई प्रहरीले पक्राउ गरेको छ ।       काठमाडौं कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा संचालन भएको तेस्रो संस्करणको नेपाल प्रिमियर लिग २०२६ मा केही व्यक्तिहरूले अनलाइन मार्फत सट्टेबाजी गर्ने/गराउने गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई पक्राउ गरेरको हो । प्रारम्भिक अनुसन्धानको क्रममा उनले नेपाल प्रिमियिर लिगमा संचालनमा रहेका क्रिकेट खेलहरूमा पटक-पटक गरी ८ लाख ७५ हजार ४० रूपैयाँ बराबरको रकम सट्टेबाजी मार्फत कारोबार गरेको खुल्न आएको छ । उनी उपर जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । 

स्रोत नखुलेको नगद १ करोड ६७ लाख ३३ हजार २ सय ३० रूपैयाँ सहित ३ जना पक्राउ
२०८३-०८-०२

काठमाडौं, ललितपुर महानगरपालिका-४ नख्खु दोबाटो चोकबाट स्रोत नखुलेको नगद १ करोड ६७ लाख ३३ हजार २ सय ३० रूपैयाँ सहित ३ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर गोदावरी नगरपालिका-१० चापागाउँ बस्ने ३२ वर्षीय जयराम केसी, काठमाडौं कोटेश्वर बस्ने भोजपुर, भोजपुर नगरपालिका-३ घर भएका ३१ वर्षीय ३१ वर्षीय दिपक खड्का र काठमाडौं बत्तिसपुतली बस्ने काठमाडौं महानगरपालिका-१० बानेश्वर घर भएका २९ वर्षीय प्रज्वल रिजाल रहेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सानेपाबाट सातदोबाटोतर्फ जाँदै गरेको बागमती प्रदेश ०१-०२७ च २७६५ नम्बरको गाडीलाई तलासी गर्दा उक्त नगद फेला पारी गाडीमा सवार उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ ।