प्रहरी कन्ट्रोल : १००
नेपा
EN

अवैध रूपमा बाह्य मुलुकतर्फ लैजान लागेको विदेशी मुद्रासहित बंगलादेशी नागरिक पक्राउ

२०८०-०४-०८

  • A
  • A-
  • A+
Share

काठमाण्डौ, ८ साउन

        त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा लुकाई छिपाई बाह्य मुलुकतर्फ लैजान लागेको अमेरिकी डलर १० हजार र बंगलादेशी टाका ४९ हजारसहित बंगलादेशी नागरिक ३९ वर्षीय जहङ्गीर आलोमलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

        विमान बंगलादेश एयरलाईन्सको उडानद्वारा काठमाण्डौबाट बंगलादेश जान लागेका उनलाई विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा उनको व्यागबाट उक्त विदेशी मुद्रा फेला परेको हो ।

          उनलाई थप अनुसन्धान एवं कानूनी कारबाहीको लागि राजश्‍व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको छ । 

सम्बन्धित समाचार
दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
२०८३-०८-११

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सुशील सिंह राठौरज्यूको समुपस्थितिमा तालुक गृह मन्त्रालय (सचिवस्तर) को मिति २०८३।०८।०९ गतेको निर्णयानुसार मिति २०८३।०८।११ गतेबाट लागु हुने गरी प्रहरी नियमावली, २०७१ संशोधन सहित को नियम १२९ को उपनियम २ र (२क) को देहाय (क) बमोजिम जनपद तर्फ प्रहरी वरिष्‍ठ नायव निरीक्षक पदबाट प्रहरी निरीक्षक पदमा पदोन्नती हुनु भएका प्रहरी निरीक्षक हरी राम महरलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रहरी नायव महानिरीक्षक गोबिन्द थपलिया, प्रहरी वरिष्ठ उपरीक्षकहरु, प्रहरी उपरीक्षकहरु लगायत सिनियर प्रहरी अधिकृत तथा जुनियर प्रहरी अधिकृत लगायत अन्य प्रहरी कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

विदाई तथा फेरि भेटौला कार्यक्रम सम्पन्न ।
२०८३-०८-११

मिति २०८३/०८/११ गते काठमाडौं उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सुशील सिंह राठौरज्यूको उपस्थितिमा तालुक नेपाल प्रहरी प्रधान कार्यालय कर्मचारी प्रशासन शाखा नक्सालको मिति २०८३।०८।०८ गतेको पत्रले यस कार्यालयबाट जिल्ला प्रहरी कार्यालय बर्दिया सरुवा हुनुभएका प्रहरी उपरीक्षक बाल नरसिंह राणा साथै सोही पत्रले यस कार्यालयबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय ईटहरी सुनसरी सरुवा हुनुभएका प्रहरी उपरीक्षक शालीग्राम शर्माको विदाई तथा फेरि भेटौला कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रहरी नायव महानिरीक्षक गोबिन्द थपलिया, प्रहरी वरिष्ठ उपरीक्षकहरु, प्रहरी उपरीक्षकहरु लगायत सिनियर प्रहरी अधिकृत तथा जुनियर प्रहरी अधिकृत लगायत अन्य प्रहरी कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ
२०८३-०८-१०

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरू पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगपालिका-१६ बस्ने धादिङ सिद्धलेक गाउँपालिका-३ घर भएका २८ वर्षीय विज्ञान इटनी, काठमाडौं महानगरपालिका-२९ बस्ने दैलेख नारायण नगरपालिका-९ घर भएका ३५ वर्षीय पुष्पराज सोनी, काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१२ बस्ने ३३ वर्षीय रोशन गोले र सिन्धुली मरिण गाउँपालिका-२ घर भएका ४६ वर्षीय लिला बहादुर गरंजा रहेका छन् । पक्राउ मध्ये विज्ञानले जर्मनी पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट १० लाख ९५ हजार रूपैयाँ, पुष्पराजले कुवेत पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख ३० हजार रूपैयाँ, रोशनले जापान पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट २ लाख ५० हजार रूपैयाँ र लिला बहादुरले जापान पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ५ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले विज्ञानलाई काठमाडौं महानगपालिका-१६ बाट मंगलबार तथा पुष्षराजलाई काठमाडौं महानगपालिका-२९ बाट, रोशन र लिला बहादुरलाई बुढानिलकण्ठ नगरपालिका-१० बाट बुधबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

अमेरिकन डलर साटिदिने प्रलोभनमा पारी ठगी गर्ने १ जना पक्राउ
२०८३-०८-१०

काठमाडौं, अमेरिकन डलर साटिदिने प्रलोभनमा पारी ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा कागेश्वरी मनोहरा नगरपालिका-६ मुलपानी बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-३ धार्पा घर भएका ३३ वर्षीय जित बहादुर पाइनलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । काठमाडौं गोकर्णेश्वर नगरपालिका-३ स्थित तारेभीरको जंगल नजिक एकान्त ठाउँमा गत असोज ६ गते पीडितलाई बोलाई अमेरिकन डलर सस्तो दरमा साटिदिन्छु भनि प्रलोभनमा पारी पीडितले साथमा ल्याएको नगद २० लाख ४५ हजार रूपैयाँ लिई फरार भएको घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई कागेश्वरी मनोहरा नगरपालिका-६ मुलपानीबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ७ जना पक्राउ
२०८३-०८-०९

काठमाडौं, टोखा नगरपालिका-९ कुलान्त मार्गबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम १० मिलिग्राम सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं संखमुल बस्ने डोटी दिपायल सिलगढी नगरपालिका-२ घर भएका ३२ वर्षीय रूपेश श्रेष्ठ र काठमाडौं क्षेत्रपाटी बस्ने दाङ राप्ती गाउँपालिका-५ घर भएका २५ वर्षीय रिदम केसी रहेका छन् । प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।             यसैगरी काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन तर्फको पार्किङ एरियाबाट अवैध लागूऔष गाँजा जस्तो देखिने वस्तु करिब ७ किलोग्राम सहित भारत केरेला घर भएका २९ वर्षीय अब्दुल नौसादलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । बाटिक एयरलाईन्सद्वारा मलेसियाबाट काठमाडौं आएका उनलाई जाँच गर्ने क्रममा उनको साथबाट उक्त वस्तु फेला पारी पक्राउ गरेको हो ।              यसैगरी काठमाडौं महानगरपालिका-७ चाबाहिलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय १० ट्याब्लेट सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं बसुन्धारा बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-६ घर भएका २६ वर्षीय सलमान तामाङ र ओखलढुंगा मानेभञ्ज्याङ गाउँपालिका-५ घर भएका २५ वर्षीय अनिश राई रहेका छन् । प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको बा.प्र.०२-०५३ प २०४८ र बा ६४ प ७४४१ नम्बरको स्कुटरहरू समेत बरामद गरेको छ । थप अनुसन्धानको क्रममा उक्त लागूऔषध काठमाडौं बौद्ध बस्ने ओखलढुंगा मोलुङ गाउँपालिका-७ घर भएका २१ वर्षीय निकेस सुनुवारसँग खरिद गरेको भन्ने खुल्न आएपश्चात प्रहरीले निकेसको कोठा तलासी गर्दा नियन्त्रित लागूऔषध ट्रामाडोल ८ सय ९५ ट्याब्लेट फेला परी निकेस तथा उक्त लागूऔषध कारोबारमा संलग्न झापा गौरादह नगरपालिका-८ घर भएका २१ वर्षीय दिवश गौतमलाई समेत पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सीसीटीभी जडान सम्बन्धी सम्झौता-पत्रमा हस्ताक्षर
२०८३-०८-०९

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक सुशील सिंह राठौर र नागार्जुन नगरपालिकाका कार्यवाहक नगर प्रमुख शुसिला अधिकारीबिच नागार्जुन नगरपालिका क्षेत्रभित्र सीसीटीभी जडान गर्ने सम्बन्धमा सम्झौता-पत्रमा हस्ताक्षर भई सम्झौता-पत्र आदान प्रदान गर्ने कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रममा नागार्जुन नगरपालिकाका कार्यवाहक नगर प्रमुख शुसिला अधिकारीले समाजमा अपराध नियन्त्रण तथा शान्ति सुरक्षा कायम गर्न सीसीटीभीको महत्व उल्लेख गर्दै नेपाल प्रहरीसंगको सहकार्यमा नागार्जुन नगरपालिका क्षेत्रभित्र सीसीटीभी जडान गरी अपराध रोकथाम र नियन्त्रण गर्ने कार्यमा मद्दत पुग्ने भएकाले आगामी दिनहरुमा समेत नेपाल प्रहरीसँग थप सहकार्य र समन्वय गर्दै अगाडि बढ्ने बताउनुभयो ।  सोही अवसरमा काठमाडौं उपत्यका प्रहरी कार्यालयकाका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक सुशील सिंह राठौरले शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा अनुसन्धानलाई प्रमाणमुखी बनाउन सीसीटीभीको महत्वपूर्ण भूमिका रहनुका साथै स्थानीय नागरिकले समेत आ-आफ्नो घरमा सीसीटीभी जडान गर्नेपर्नेमा जोड दिनु भयो । साथै प्रविधीमैत्री प्रहरी निर्माणमा सहयोगी  नागार्जुन नगरपालिकालाई धन्यवाद व्यक्त गर्नुभयो । उक्त कार्यक्रममा प्रहरी नायव महानिरीक्षक गोबिन्द थपलिया, प्रहरी वरिष्ठ उपरीक्षक, नागार्जुन नगरपालिकाका प्रशासकीय अधिकृत, प्रहरी उपरीक्षकहरु लगायत अन्य प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।