ठगी गरेको अभियोगमा दुई जना पक्राउ
२०८०-०४-०८
- A
- A-
- A+
काठमाण्डौ, ८ साउन
प्रधानमन्त्रीको सुशासन सल्लाहकार तथा
अन्य प्रमुख नेताहरुसँग चिनजान रहेको भन्दै विश्वास दिलाई पीडितबाट ४५ लाख भन्दा
बढी रकम ठगी गरेको अभियोगमा २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाण्डौ
नागार्जुन नगरपालिका-८ बस्ने ४४ वर्षीय राजेन्द्र प्रसाद खनाल र २३ वर्षीय बिशाल
खनाल रहेका छन् । उनीहरूले विभिन्न कम्पनी तथा व्यवसायमा सहभागी गराउने विश्वास
दिलाई विभिन्न कागजातहरूमा सही छाप गराई उक्त रकम ठगी गरेको तथा ना.४ च ८६७० नम्बरको
स्कारपियो जिप समेत लिई फरार रहेकोमा काठमाण्डौ उपत्यका
अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाण्डौ
कोटेश्वरबाट पक्राउ गरेको हो ।
उनीहरूलाई थप अनुसन्धान एवम् कारवाहीको
लागि ईलाका प्रहरी कार्यालय दमक झापा पठाइएको छ ।