प्रहरी कन्ट्रोल : १००
नेपा
EN

प्र.अ.म.नि. श्याम लाल ज्ञवालीद्वारा सामुदायिक प्रहरी कर्मचारीहरूलाई व्यवसायिक क्षमता अभिवृद्दिको लागि एक दिने अनुशिक्षण प्रदान

२०८०-०४-०३

  • A
  • A-
  • A+
Share

काठमाण्डौ३  साउन

        संगठन प्रमुख श्रीमान प्रहरी महानिरीक्षकद्वारा सार्वजनिक गरिएको कार्य योजना२०८० मा उल्लेखित ‘सुरक्षित उपत्यकाहाम्रो प्रतिवद्वता’ अभियान अनुरुप आज मिति २०८०/०४/०३ गते बुधबार दिउँसो उपत्यका प्रहरी कार्यालय मातहतका ८३ जना सामुदायिक प्रहरी सेवा केन्द्रमा कार्यरत प्रहरी कर्मचारीहरूलाई काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुखप्रहरी अतिरीक्त महानिरीक्षक श्याम लाल ज्ञवालीको प्रमुख आतिथ्यतामा व्यवसायिक क्षमता अभिवृद्दिको लागि एक दिने अनुशिक्षण प्रदान गरिएको छ ।

           कार्यक्रमलाई सम्वोधन गर्नुहुदै प्रहरी अतिरीक्त महानिरीक्षक श्याम लाल ज्ञवालीले सुरक्षित उपत्यकाहाम्रो प्रतिवद्धता अभियानलाई कार्यान्वयन गर्ने प्रयोजनार्थ दुर्घटना न्यूनीकरण तथा ट्राफिक व्यवस्थापनका लागि प्रत्येक दिन पिक आवर समयमा जेब्रा क्रसिङ तथा आकाशे पुलमा सामुदायिक प्रहरी परिचालन गरेको बताउनुहुँदै समुदायमा अपराध न्यूनीकरणको लागि विभिन्न सचेतनामूलक कार्यक्रम ञ्‍चालन गरी आपराधिक क्रियाकलापहरुको सचना सङ्कलन गर्न निर्देशन दिनुभयो ।  

सम्बन्धित समाचार
स्रोत नखुलेको नगद सहित २ जना पक्राउ
२०८३-०४-२५

काठमाडौं महानगरपालिका-२६ बाट स्रोत नखुलेको नगद १९ लाख ९४ हजार रूपैयाँ सहित सोही प्रहरीले  महानगरपालिका-१० बानेश्वर बस्ने स्याङ्जा वालिङ नगरपालिका-६ घर भएका ४१ वर्षीय ईश्वर थापालाई आइतबार राति पक्राउ गरेको छ । प्रहरी वृत्त दरबार्मार्गबाट खटिएको प्रहरीले केशरमहलतर्फ आउँदै गरेको बा.प्र ०२-०४२ प ५२०७ नम्बरको स्कुटर जाँच गर्ने क्रममा चालक थापालाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो । यसैगरी काठमाडौं महानगरपालिका-२८ कमलादी गणेश मन्दिर नजिकबाट स्रोत नखुलेको नगद ४ लाख ८ हजार रूपैयाँ सहित प्रहरीले कठमाडौं कपन बस्ने ४२ वर्षीय सुदर्शन खड्कालाई गए राति पक्राउ गरेको छ । प्रहरी वृत्त मालीगाउँबाट खटिएको प्रहरीले उनलाई उक्त नगद सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको बागमती एएए ७७२० नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

लुटपाटमा संलग्न ४ जना पक्राउ
२०८३-०४-२५

काठमाडौं, लुटपाटमा संलग्न रहेको अभियोगमा प्रहतिले ४ जनालाई शुक्रबार दिउँसो पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-२६ नयाँ बसपार्क बस्ने उदयपुर, उदयपुरगढी गाउँपालिका-५ घर भएका ३१ वर्षीय चुरन मगर, तनहुँ शुक्लागण्डकी नगरपालिका-५ घर भएका ३३ वर्षीय राज कुमार गुरूङ, महोत्तरी बर्दिबास नगरपालिका-३ घर भएका ३३ वर्षीय प्रशान्त जंग शाही र रामेछाप, रामेछाप नगरपालिका-५ घर भएका ३१ वर्षीय बिजय बाबु घिसिङ रहेका छन् । काठमाडौं महानगरपालिका-१६ बनस्थलीबाट शुक्रबार दिउँसो नगद तथा मोबाइल लुटपाट भएको घटनामा संलग्न उनीहरूलाई प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले काठमाडौं नयाँ बसपार्कस्थित होटलबाट पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूको साथबाट नगद ५७ हजार ९६ रूपैयाँ, मोबाइल ७ थान , ताल्चा १ थान र हेक्साँ ब्लेड १ थान बरामद गरेको छ ।उनीहरू उपर जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।