प्रहरी कन्ट्रोल : १००
नेपा
EN

प्र.अ.म.नि. श्याम लाल ज्ञवालीद्वारा बागमती नदी करिडोरमा सि.सि.टि.भी. जडान गर्न सम्बन्धमा छलफल

२०८०-०४-०३

  • A
  • A-
  • A+
Share

काठमाण्डौ, ३  साउन

          संगठन प्रमुख श्रीमान प्रहरी महानिरीक्षकद्वारा सार्वजनिक गरिएको कार्य योजना, २०८० मा उल्लेखित ‘सुरक्षित उपत्यका; हाम्रो प्रतिवद्वता’ अभियान अनुरुप आज मिति २०८०/०४/०३ गते बुधबार दिउँसो काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी अतिरीक्त महानिरीक्षक श्याम लाल ज्ञवालीले बागमती नदी करिडोरको गोकर्णदेखि बल्खुसम्मको सडकक्षेत्रमा अपराध रोकथाम तथा नियन्त्रणको उद्देश्यले प्रविधमैत्री प्रहरी कार्यको लागि सि.सि.टि.भी. क्यामेरा जडान गर्न बागमती सभ्यता एकीकृत विकास समिति र एसियाली विकास बैंकको Nepal Residence Mission (NRM) प्रतिनिधिहरूसँग छलफल गर्नु भएको छ  । 

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ३ जना पक्राउ
२०८३-०६-२७

२०८३-०६-२७काठमाडौं, गोकर्णेश्‍वर नगरपालिका-५ जोरपाटीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय १० मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-५ जोरपाटी बस्ने सर्लाही लालबन्दी नगरपालिका-३ घर भएका ३८ वर्षीय कृष्ण बहादुर विश्वकर्मा र  काठमाडौं महानगरपालिका-६ तिनचुली बस्ने काभ्रे तेमाल गाउँपालिका-३ घर भएका २९ वर्षीय बिसाल तामाङ रहेका छन् । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।             यसैगरी काठमाडौं, गोकर्णेश्‍वर नगरपालिका-८ अत्तरखेलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ७ ट्याब्लेट सहित सोही नगरपालिका-८ माकलबारी बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-८ घर भएका २१ वर्षीय बिकेश नेपालीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग गोकर्णबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ
२०८३-०६-२७

२०८३-०६-२७काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरू पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।          पक्राउ पर्नेहरूमा टोखा नगरपालिका-३ बस्ने बागलुङ तमानखोला गाउँपालिका-४ घर भएका २२ वर्षीय दिपक श्रीपाली, ललितपुर महालक्ष्मी नगरपालिका-५ बस्ने ३४ वर्षीया नेहा अधिकारी, काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-६ बस्ने पाँचथर याङवरक गाउँपालिका-६ घर भएका ४२ वर्षीय सुमन योङहाङ र चन्द्रागिरी नगरपालिका-६ बस्ने ४२ वर्षीया सुस्मिता नेपाली रहेका छन् ।  पक्राउ मध्ये दिपकले टर्की पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ४८ हजार रूपैयाँ, नेहाले बेलायत पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ६७ लाख रूपैयाँ, सुमनले दक्षिण कोरिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ६ लाख रूपैयाँ र सुस्मिताले बेलायत पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले दिपकलाई टोखा नगरपालिका-३ बाट शुक्रबार, नेहालाई काठमाडौं महानगरपालिका-११ बाट शनिबार, सुमनलाई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-६ बाट आइतबार र सुस्मितालाई काठमाडौं महानगरपालिका-१७ बाट सोमबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

चोरीमा संलग्न ५ जना पक्राउ
२०८३-०६-२६

२०८३-०६-२६काठमाडौं, सुनको गरगहना, नगद र ल्यापट चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा ५ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-२२ न्यूरोड बस्ने २८ वर्षीय सिजल तामाङ भन्ने राजन स्याङ्बो, सोही महानगरपालिका-२३ बस्ने दोलखा घर भएकी २७ वर्षीया रिया कार्की, नागार्जुन नगरपालिका-३ बस्ने सुनसरी घर भएका ३३ वर्षीय प्रकाश कडुवाल, काठमाडौं महानगरपालिका-१३ ताहाचल बस्ने ३७ वर्षीय रोमन श्रेष्ठ र सोही महानगरपालिका-१६ माछापोखरी बस्ने नुवाकोट घर भएका ४५ वर्षीय जित बहादुर विश्वकर्मा रहेका छन् ।   भक्तपुर मध्यपुर थिमि नगरपालिका-१ लोकन्थलीस्थित घरबाट असोज १८ गते सुनको गरगहना, नगद र ल्यापट समेत गरी करिब ८४ लाख ७६ हजार ७ सय रूपैयाँ बराबरको धनमाल चोरी भएको घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूको साथबाट ६ तोला ८९ लाल बराबरका सुनका विभिन्न गरगहनाहरू, चाँदीको औठी २ थान, ल्यापटप १ थान, मोबाइल ३ थान र नगद २ लाख ७० हजार रूपैयाँ समेत बरामद गरेको छ । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत्त ठिमी भक्तपुर पठाइएको छ ।  

चाडपर्व लक्षित यात्रु सहायता कक्ष–२०८३ शुभारम्भ
२०८३-०६-१६

काठमाडौं, १६ असोज ।काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथको आयोजनामा काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सुशील सिंह राठौरज्यूको प्रमुख आतिथ्यतामा चाडपर्व लक्षित यात्रु सहायता कक्ष–२०८३ शुभारम्भ कार्यक्रम सम्पन्न भएको छ ।नजिकिँदै गरेका बडादशैँ, तिहार तथा छठ पर्वलाई लक्षित गरी यात्रुहरूको सुरक्षित, सहज तथा व्यवस्थित यात्रा सुनिश्चित गर्ने उद्देश्यले नयाँ बसपार्कमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको हो ।कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रहरी अतिरिक्त महानिरीक्षक सुशील सिंह राठौरज्यूले चाडपर्वका समयमा यात्रुको चाप बढ्ने भएकाले सहज टिकट व्यवस्था, तोकिएको भाडा कार्यान्वयन, सुरक्षित यातायात तथा ठगी र अनियमितता नियन्त्रणमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।उहाँले बढी भाडा असुली, टिकटमा कालोबजारी, क्षमताभन्दा बढी यात्रु बोक्ने तथा यात्रुसँग दुर्व्यवहार गर्ने कार्य नगर्न यातायात व्यवसायीलाई आग्रह गर्दै त्यस्ता गतिविधिमा संलग्नलाई प्रचलित कानूनबमोजिम कारबाही गरिने स्पष्ट पार्नुभयो ।साथै, यात्रु सहायता कक्षमा प्राप्त गुनासा तथा समस्याको तत्काल सुनुवाइ र आवश्यक सहजीकरण गर्न प्रहरी तथा सम्बन्धित निकायलाई निर्देशन दिँदै यात्रुहरूलाई आधिकारिक काउण्टरबाट टिकट लिन, आफ्ना सामानको सुरक्षा गर्न तथा कुनै अनियमितता वा शंकास्पद गतिविधि देखिएमा तत्काल प्रहरीलाई जानकारी गराउन आग्रह गर्नुभयो।चाडपर्वको अवधिमा बसपार्क तथा यात्रुको चाप बढी हुने स्थानमा आवश्यक सुरक्षा, निगरानी तथा प्रहरी परिचालन सुदृढ गरिने प्रमुख अतिथि राठौरज्यूले बताउनुभयो ।कार्यक्रममा विशिष्ट अतिथी, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौलाज्यू,। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथका कार्यालय प्रमुखज्यू, जिल्ला प्रहरी परिसर काठमाडौं र ललितपरका कार्यालय प्रमुख ज्यू, प्रहरी वृत्त बालाजु र महाराजगंजका कार्यालय प्रमुख, स्थानीय तहका जनप्रतिनिधिहरू,सार्वजनिक यातायात व्यवसायी तथा मजदुर प्रतिनिधिहरू, प्रहरी अधिकृत तथा अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।