प्रहरी कन्ट्रोल : १००
नेपा
EN

प्र.अ.म.नि. श्याम लाल ज्ञवालीद्वारा नेपाल पुलिस स्कुल सामाखुसीका शिक्षकहरूलाई क्षमता अभिवृद्दि तालिमको उद्घाटन

२०८०-०४-०२

  • A
  • A-
  • A+
Share

काठमाण्डौ, २ साउन

            काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी अतिरीक्त महानिरीक्षक श्याम लाल ज्ञवालीको प्रमुख आतिथ्यतामा नेपाल पुलिस स्कुल सामाखुशीका शिक्षकका लागि अभिमुखीकरण तालिमको मंगलबार नेपाल जेसुइट सामाजिक संस्था (NJSI) पुल्चोक ललितपुरमा उद्घाटन भएको छ ।

      तीन दिने अभिमुखीकरण तालिमको उद्घाटन गर्नुहुदै प्रमुख अतिथि प्रहरी अतिरीक्त महानिरीक्षक श्याम लाल ज्ञवालीले एक दक्ष प्रशिक्षित शिक्षकको काँधमा  विद्यार्थीहरूको व्यक्तिगत आवश्यकताहरू पूरा गर्दै बच्चाको क्षमता र कमजोरीहरू पहिचान री उनीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गरी राष्ट्रको मेरुदण्डकोरुपमा विकाश गर्ने पवित्र जिम्मेवारी पूरा गर्ने दायित्व रहेको वताउनुभयो ।

        छोटो अवधि भए पनि यस अभिमुखीकरण कार्यक्रमले  शिक्षकहरूमा आधुनिक शिक्षा  तथा प्रविधिको ज्ञान हुने ताउनु हुँदै प्रहरी अतिरीक्त महानिरीक्षक ज्ञवालीले गुणस्तरीय शिक्षाको लागि बिगतमा नेपाल जेसुइट सामाजिक संस्था (NJSI) ले  नेपाल पुलिस स्कुल सामाखुशीलाई पूर्वाधार तथा तालिमको लागि सहयोग गरेको स्मरण गर्दै हालको सहयोगको लागि समेत धन्यवाद व्यक्त गर्नु भयो

       कार्यक्रममा  विद्यालय व्यवस्थापनका अध्यक्ष तथा काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक लालमणी आचार्य, जिल्ला प्रहरी परिसर, ललितपुरका प्रहरी वरिष्‍ठ उपरीक्षक शिद्दी विक्रम शाह, नेपाल जेसुइट सोसाइटी संरक्षक तथा सेन्ट जेभियर स्कुल जावालाखेलका पूर्व प्रिन्सिपल, सेन्ट मेरीज स्कुल काठमाण्डौकी प्रिन्सिपल, सेन्ट जेभियर कलेज माइतिघरका निर्देशक, सेन्ट जेभियर स्कुल जावालाखेलका प्रिन्सिपल लगायत अन्य व्यवस्थापकपहरू तथा नेपाल जेसुइट सामाजिक संस्था (NJSI) रोय सवेस्टयन लगायत प्रशिक्षक समूह, नेपाल पुलिस स्कुल सामाखुशीका प्राचार्य, समादेशक र शिक्षक शिक्षिकाहरु समेतको रहेको थियो । 

सम्बन्धित समाचार
उत्कृष्ट कार्य गर्ने प्रहरीहरु पुरस्कृत
२०८२-१२-२७

मिति २०८२।१२।२५ गते १९:४० बजे ललितपुर कृष्ण मन्दिरमा घटेको सिर्जन नेवाङ्ग र सुमित नेवाङ्गको हत्या गरी हतियारसहित भाग्दै गरेको अभियुक्तहरूलाई एक्लै लखेटी लखेटी नियन्त्रणमा लिन सफल प्रहरी प्रभाग मंगलबजारमा कार्यरत  प्रहरी जवान शाहाना बोहराले अत्यन्त साहसिक काम गरेकाले र समग्ररूपमा नेतृत्वदायी भूमिकाको उच्च प्रशंसास्वरूप जिल्ला प्रहरी परिसर ललितपुरका कार्यालय प्रमुख प्रहरी वरिष्‍ठ उपरीक्षक होबिन्द्र बोगटीलाई नगद  पुरस्कारद्वारा काठमाडौं उपत्यका प्रहरी कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीको प्रमुख आतित्थ्यतामा आज पुरस्कृत गरिएको छ ।  

साढे ४ करोड मूल्य बराबरको भन्सारछलीको सामान बोकेका गाडीहरु नियन्त्रणमा
२०८२-१२-२३

बिना बिल विजक तथा विजक भन्दा बढि  मूल्य साथै बिल विजक समेत नभएका भन्सार छली गरिएका सामानहरु विरगंज-हटौँडा हुदै काठमाडौं उपत्यकामा भित्रिदै रहेको छ भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर, ललितपुर तथा मातहतबाट खटिएको प्रहरी टोलिले चेकप्वाईन्ट खडा गरी चेक जाँच गर्दा विरगंज-हटौँडाबाट ललितपुरको बाटो हुदै आउदै गरेको ट्रकहरु  चेकजाँचको क्रममा उक्त ट्रकहरुमा बिल नभएका, बिल फरक भएका तथा भन्सार समेतको कागजात नभएका अन्दाजी मूल्य ४ करोड ५८ लाख ८२ हजार ३६३ रुपैया बराबरको सामान तथा तीनवटा डिब्बावाला ट्रक नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि राजश्‍व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक पठाईएको ।

काठमाडौं उपत्यका विशेष सुरक्षा प्रहरी गण त्रिपुरेश्वरको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न ।
२०८२-१२-१९

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी नायव महानिरीक्षक ओम प्रसाद अधिकारीज्यूद्वारा काठमाडौं उपत्यका  विशेष सुरक्षा प्रहरी गण त्रिपुरेश्वरको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न भएको छ ।निरिक्षणका क्रममा प्रहरी नायव महानिरीक्षक अधिकारीले काठमाडौं उपत्यका  विशेष सुरक्षा प्रहरी गणका विभिन्न शाखाहरुको निरीक्षण, भिड नियन्त्रण सम्बन्धी अभ्यास ( डेमो ) को अवलोकनका साथै उपस्थित प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन गर्नुभएको थियो ।

यातायात कार्यालयमा बिचौलियाको काम गर्ने पक्राउ
२०८२-१२-१७

    काठमाडौंका विभिन्न यातायात व्यवस्था कार्यालयहरूमा सेवाग्राहीको काममा सहजिकरण गरिदिने भन्दै सार्वजनिक सेवा प्रवाहमा अवरोध सिर्जना गर्ने ३३ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिचौलिया मार्फत सेवा दिलाइदिने भन्दै सेवाग्राहीलाई अनावश्यक दुःख हैरानी दिने गरेको सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । प्रहरी वृत्त स्वयम्भूले सानोभर्‍याङ स्थित यातायात कार्यालयबाट ८ जनालाई पक्राउ गरेको हो ।   त्यसैगरी, प्रहरी वृत्त थानकोटले गुर्जुधारा स्थित यातायात कार्यालयबाट ८ जनालाई नियन्त्रणमा लिएको छ । त्यस्तै जिल्ला प्रहरी परिसर भक्तपुरले यातायात व्यवस्था कार्यालय राधे राधेबाट २ जना बिचौलियालाई पक्राउ गरेको छ । हिजो मात्रै जिल्ला प्रहरी परिसर ललितपुर र प्रहरी बृत्त सातदोबाटोबाट संयुक्त रुपमा  खटिएको प्रहरी टोलीले ललितपुर महानगरपालिका १३ एकान्तकुनाबाट १५ जना बिचौलियाहरुलाई स्वीप अप्रेसनद्वारा नियन्त्रणमा लिएको थियो ।