अवैध रूपमा लैजाने लागेको १० हजार अमेरिकी डलरसहित एक जना पक्राउ
२०८०-०४-०२
- A
- A-
- A+
काठमाण्डौ, २ साउन
नेपाल एयरलाइन्सको उडानद्वारा
काठमाण्डौबाट दुबई जान लागेका लेबनानी नागरिक ४२ वर्षीय एल यमन महमदलाई अवैध रुपमा
बाहिरी मुलुकतर्फ लैजान लागेको १० हजार अमेरिकी डलरसहित आइतबार राति प्रहरीले
पक्राउ गरेको छ ।
त्रिभुवन
अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्याण्ड
ब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा उनले झोलामा लुकाई लैजान लागेको १ सय दरको
१ सय थानमा रहेको उक्त अमेरिकी डलर फेला पारी उनलाई प्रहरीले पक्राउ गरेको हो ।
उनलाई थप अनुसन्धान एवं
कारवाहीको लागि सोमबार राजश्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको
छ ।