व्यवसायिक क्षमता अभिवृद्दिको लागि एक दिने अनुशिक्षण प्रदान गरिएको
२०८०-०४-०२
- A
- A-
- A+
काठमाण्डौ, २ साउन
संगठन प्रमुख श्रीमान प्रहरी महानिरीक्षकद्वारा
सार्वजनिक गरिएको कार्य योजना, २०८० मा उल्लेखित ‘सुरक्षित उपत्यका;
हाम्रो प्रतिवद्वता’ अभियान अनुरुप आज मिति २०८०/०४/०२ गते मंगलबार दिउँसो
उपत्यका प्रहरी कार्यालय र मातहत ४७ जना प्रहरी वरिष्ठ नायव निरीक्षक/प्रहरी नायव
निरीक्षक (सुवेदार मेजर) हरुलाई काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख,
प्रहरी अतिरीक्त महानिरीक्षक श्यामलाल ज्ञवालीको प्रमुख आतिथ्यतामा व्यवसायिक
क्षमता अभिवृद्दिको लागि एक दिने अनुशिक्षण प्रदान गरिएको छ ।
कार्यक्रमलाई सम्वोधन गर्दै प्रहरी
अतिरीक्त महानिरीक्षक ज्ञवालीले सुवेदार मेजर कर्मचारीलाई मातहतको गुनासो समयमै
सम्बोधन गर्नुका साथै गुनासो सम्बोधनको निम्ती पुलको रुपमा काम गर्न निर्देशन
दिनुभयो ।