प्रहरी कन्ट्रोल : १००
नेपा
EN

खैरो हेरोईन जस्तो देखिने पदार्थ सहित भारतीय नागरिक पक्राउ

२०८०-०४-०१

  • A
  • A-
  • A+
Share

काठमाण्डौ, १ साउन

            चन्द्रागिरी नगरपालिका-२ स्थित चेक प्वाइन्टबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ४८ ग्रामसहित भारत सुपौल भगवानपुर-११ बस्ने २१ वर्षीय रोशन कुमार पासवानलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

            प्रहरी प्रभाग नागढुंगा र लागू औषध नियन्त्रण ब्यूरोबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले झापाबाट काठमाण्डौ तर्फ आउँदै गरेको प्र.०२-००१ ख ५५४९ नम्बरको  बसलाई जाँच गर्ने क्रममा बसमा सवार पासवानलाई लुकाई ल्याएको उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

            यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित २ जना पक्राउ
२०८३-०७-१७

२०८३-०७-१७            ललितपुर, गोदावरी नगरपालिका-३ बाट अवैध लागूऔषध गाँजा १ किलो ५ सय ग्राम सहित महालक्ष्मी नगरपालिका-१४ बस्ने सिन्धुली घर भएका २६ वर्षीय यमराज रम्तेललाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग बाडेगाउँबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । यसैगरी ललितपुर, गोदावारी नगरपालिका-३ टुपिखेलबाट अवैध लागूऔषध पोलेन १० ग्राम सहित सोही ठाउँ बस्ने ३८ वर्षीय ईश्वर खत्रीलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।   

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ५ जना पक्राउ
२०८३-०७-१७

२०८३-०७-१७काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरू पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३२ बस्ने उदयपुर घर भएका ४६ वर्षीय बिष्णु खत्री, काठमाडौं महानगरपालिका-१६ बस्ने धादिङ घर भएकी २० वर्षीया आशिका सिम्खडा,  काठमाडौं महानगरपालिका-१ बस्ने सिन्धुली घर भएका ३५ वर्षीय दिनेश पाख्रेन तामाङ, काठमाडौं टोखा नगरपालिका-६ बस्ने गोरखा घर भएका ३८ वर्षीय राजेश बराम र काठमाडौं गोकर्णेश्वर नगरपालिका-८ बस्ने ४८ वर्षीय छिरिङ शेर्पा रहेका छन् ।  पक्राउ मध्ये आशिकाले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट ७ लाख ५० हजार रूपैयाँ, बिष्णुले माल्टा पठाइदिन्छु भन्दै १ जना पीडितबाट ६ लाख रूपैयाँ, दिनेशले युएई पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख रूपैयाँ, राजेशले सिंगापुर पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट १५ लाख ५० हजार रूपैयाँ र छिरिङले क्यानडा पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ७ लाख ४० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले आशिकालाई काठमाडौं महानगरपालिका-१६ बाट बिहीबार, बिष्णुलाई काठमाडौं महानगरपालिका-३२ बाट र दिनेशलाई काठमाडौं महानगरपालिका-१२ बाट शुक्रबार, राजेशलाई काठमाडौं महानगरपालिका-६ बाट शनिबार तथा छिरिङलाई काठमाडौं गोकर्णेश्वर नगरपालिका-३ बाट आइतबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।