प्र.अ.म.नि. श्यामलाल ज्ञवालीद्वारा उद्घोषण तथा क्षमता अभिवृद्धि तालिमको समापन
२०८०-०३-३१
- A
- A-
- A+
काठमाण्डौ, ३१ असार
उपत्यका
प्रहरी कार्यालय रानीपोखरीका प्रमुख,
प्रहरी अतिरीक्त महानिरीक्षक श्यामलाल ज्ञवालीको प्रमुख
आतिथ्यतामा
उद्घोषण तथा क्षमता अभिवृदी तालिम सामुदायिक सेवा
केन्द्र एवं सामुदायिक प्रहरी सेवा केन्द्र कुलेश्वरको आयोजना र साथी श्रम प्रशिक्षण
केन्द्र काठमाण्डौको सहकार्यमा आइतबार
स्टार फुट ल्याण्ड कुलेश्वरमा समापन भएको छ ।
उद्घोषण तथा क्षमता अभिवृदी तालिममा प्रमाणपत्र
वितरण गर्नुहुदै प्रमुख अतिथी प्रहरी अतिरीक्त महानिरीक्षक श्यामलाल ज्ञवालीले नेपाल प्रहरी
समाजको अभिन्न अंगको रूपमा रहकाले सामुदायिक प्रहरी सेवा केन्द्रमा कार्यरत प्रहरी
कर्मचारीहरूले सामुहिक अभ्यासमा विश्वास राखी सदैव सभ्य, शिष्ट व्यवहार प्रहरीको काम,
कर्तव्य पूर्ण व्यवसायिक तवरले निर्वाह गर्न निर्देशन दिनु भयो ।
२०८०|०३|२२ गते देखी १० दिन सम्म संचालित
तालिममा ३४ जना प्रहरी र २ जना अन्य गरी ३६ जनाले तालिमको लाभ लिनुभएको थियो । उक्त कार्यक्रममा काठमाण्डौ महानगरपालिका वडा नं १४ का अध्यक्ष सुमन श्रेष्ठ,
पुर्व राजदुत महेशराज दाहाल र शिक्षार्थीहरू आ-आफ्ना मन्तव्य राख्नु भएको थियो । जिल्ला प्रहरी
परिसर,काठमाडौंका
प्रहरी वरिष्ट उपरीक्षक
दान बहादुर कार्की,प्रहरी
वृत्त कालीमाटीका
प्रमुख, स्थानीय
जनप्रतिनिधिहरू,सामुदायिक
सेवा केन्द्रका पदाधिकारीहरू, स्थानीय भद्र भलादमीहरू लगायतको उपस्थितीमा कार्यक्रम
सोही स्थानमा सम्पन्न भएको थियो ।