प्रहरी कन्ट्रोल : १००
नेपा
EN

श्रृङ्खलाबद्ध रूपमा जबरजस्ती सुनको सिक्री लुटपाट गर्ने पाँच जना पक्राउ

२०८०-०३-२४

  • A
  • A-
  • A+
Share

काठमाण्डौ, २४ असार 

            काठमाण्डौ उपत्यकाका विभिन्न आठ स्थानमा श्रृङ्खलाबद्ध रूपमा जबरजस्ती सुनको सिक्री लुटपाटमा संलग्न ५ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

            पक्राउ पक्राउ पर्नेहरूमा रामेछाप लिखु गाउँपालिका-१ दुरागाउँ घर भई काठमाडौं हाडीगाउँ बस्ने ३२ वर्षीय रबिन दमाई, सुनसरी धरान उपमहानगरपालिका-८ घर भई काठमाण्डौ चाबहिल बस्ने १८ वर्षीय किशोर, काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका-७ घर भई काठमाण्डौ बानेश्वर बस्ने २६ वर्षीय उमेश क्षेत्री, धनकुटा लेगुवा गाउँपालिका-७ घर भई काठमाण्डौ महानगरपालिका-९ राममन्दिर बस्ने ३० वर्षीय राहुल माझी र भारत पश्चिम बगाल घर भई काठमाण्डौ न्यूरोड बस्ने ४२ वर्षीय श्रीकान्ता माइती रहेका छन् ।

            काठमाण्डौ उपत्यकाका विभिन्न स्थानहरूमा मोटरसाइकलको प्रयोग गरी विशेषत बिहानको समयमा मनिङवाकमा हिँडिरहेका महिलाहरूले घाँटीमा लगाएको सुनका सिक्रीहरू जबरजस्ती लुटपाट हुने गरेको घटनाको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले अनुसन्धान गर्ने क्रममा लुटपाटमा संलग्न उनीहरूलाई काठमाण्डौ बुढानिलकण्ठ तथा उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।  उनीहरूबाट लुटपाटमा प्रयोग भएका मोटरसाइकल २ थान, सुनको ढिक्का ११.२ ग्राम, मोबाइल ६ थान र सुनको नेक्लेस ४७ ग्राम बरामद भएको छ । उनीहरूलाई चोरी सम्बन्धी कसूरमा थप अनुसन्धान भई रहेको  छ ।

सम्बन्धित समाचार
स्रोत नखुलेको नगद सहित २ जना पक्राउ
२०८३-०४-२५

काठमाडौं महानगरपालिका-२६ बाट स्रोत नखुलेको नगद १९ लाख ९४ हजार रूपैयाँ सहित सोही प्रहरीले  महानगरपालिका-१० बानेश्वर बस्ने स्याङ्जा वालिङ नगरपालिका-६ घर भएका ४१ वर्षीय ईश्वर थापालाई आइतबार राति पक्राउ गरेको छ । प्रहरी वृत्त दरबार्मार्गबाट खटिएको प्रहरीले केशरमहलतर्फ आउँदै गरेको बा.प्र ०२-०४२ प ५२०७ नम्बरको स्कुटर जाँच गर्ने क्रममा चालक थापालाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो । यसैगरी काठमाडौं महानगरपालिका-२८ कमलादी गणेश मन्दिर नजिकबाट स्रोत नखुलेको नगद ४ लाख ८ हजार रूपैयाँ सहित प्रहरीले कठमाडौं कपन बस्ने ४२ वर्षीय सुदर्शन खड्कालाई गए राति पक्राउ गरेको छ । प्रहरी वृत्त मालीगाउँबाट खटिएको प्रहरीले उनलाई उक्त नगद सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको बागमती एएए ७७२० नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

लुटपाटमा संलग्न ४ जना पक्राउ
२०८३-०४-२५

काठमाडौं, लुटपाटमा संलग्न रहेको अभियोगमा प्रहतिले ४ जनालाई शुक्रबार दिउँसो पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-२६ नयाँ बसपार्क बस्ने उदयपुर, उदयपुरगढी गाउँपालिका-५ घर भएका ३१ वर्षीय चुरन मगर, तनहुँ शुक्लागण्डकी नगरपालिका-५ घर भएका ३३ वर्षीय राज कुमार गुरूङ, महोत्तरी बर्दिबास नगरपालिका-३ घर भएका ३३ वर्षीय प्रशान्त जंग शाही र रामेछाप, रामेछाप नगरपालिका-५ घर भएका ३१ वर्षीय बिजय बाबु घिसिङ रहेका छन् । काठमाडौं महानगरपालिका-१६ बनस्थलीबाट शुक्रबार दिउँसो नगद तथा मोबाइल लुटपाट भएको घटनामा संलग्न उनीहरूलाई प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले काठमाडौं नयाँ बसपार्कस्थित होटलबाट पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूको साथबाट नगद ५७ हजार ९६ रूपैयाँ, मोबाइल ७ थान , ताल्चा १ थान र हेक्साँ ब्लेड १ थान बरामद गरेको छ ।उनीहरू उपर जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।