प्रहरी कन्ट्रोल : १००
नेपा
EN

प्रहरी अतिरिक्त महानिरीक्षक श्याम लाल ज्ञवालीद्वारा नेपाल प्रहरी पहरा गण, सामाखुशीको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न

२०८०-०३-२०

  • A
  • A-
  • A+
Share

काठमाण्डौ, २० असार

        काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक श्याम लाल ज्ञवालीद्वारा बुधबार बिहान नेपाल प्रहरी पहरा गण सामाखुशीको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न भएको छ ।

      प्रहरी अतिरिक्त महानिरीक्षक ज्ञवालीले निरीक्षण तथा निर्देशन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै ‘नेपाल प्रहरी पहरा गण सामाखुशीबाट विभिन्न विदेशी कुटनैतिक नियोग तथा राजदुतवासको सुरक्षार्थ प्रहरी ड्यूटी खटिने भएकोले नेपाल प्रहरी संगठनको मात्रै नभई राष्ट्रकै प्रतिनिधिको रूपमा व्यवसायिक तवरले सभ्य बोली, वचन र व्यवहारका साथ उत्कृष्‍ट कार्य गर्न’ निर्देशन दिनु भयो ।

     प्रहरी कर्मचारीद्वारा यदाकदा गैरव्यवसायी कार्यहरू भएका गुनासाहरू समेत प्राप्‍त हुने हुँदा गण प्रमुख आफै उच्च अनुशासनमा रही मातहत सकल दर्जालाई उत्प्रेरित गरी संगठनले अंगिकार गरेको लक्ष्य प्राप्‍तिमा अग्रसर हुन पर्ने जोड दिनुभयो ।

      निरीक्षणको क्रममा प्रहरी अतिरिक्त महानिरीक्षक ज्ञवालीले कार्यालय परिसर भित्रका विभिन्न स्थलहरूको निरीक्षण गर्नुका साथै प्रहरी काम कारवाहीबारे जानकारी लिनुभएको थियो । 

सम्बन्धित समाचार
लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-१०-२७

 (परिसर ललितपुर)  मिति २०८२।१०।२६ गते अं. २०:१० बजेको समयमा जिल्ला ललितपुर ललितपुर महानगरपालिका १४ कान्तिपुर कोलोनी स्थित बालकुमार अछामीको टिनको टहरा निम्न ३ जना व्यक्तिहरुले लागु औषध संचित खरिद बिक्री तथा सेवन गर्ने प्रयोजनको लागी संयुक्तरुपमा भाडामा लिएको भनि बिशेष सुचना प्राप्त हुना साथ तत्काल जिल्ला प्रहरी परिसर जावलाखेल र वृत सातदोबाटो बाट प्र.ना.उ.पुर्णिमा चन्द को कमाण्डमा खटिएको प्रहरी टोलीले टहरा कोठा खानतलासी गर्दा निम्न लागु औषध सहित २ जना लाई नियन्त्रणमा लिई थप अनुसन्धान गर्दै जाँदा पक्राउ परेको घनश्याम बि.क. छुट्टै कोठा लिई परिवार सहित बस्दै आएको भनिएको जिल्ला ललितपुर ललितपुर महानगरपालिका २६ ढोलाहिटी स्थित डेरा कोठा खानतलासी गर्दा थप निम्न लागु औषध नियन्त्रणमा लिई वृत सातदोबाटो ल्याई राखेको, थप अनुसन्धान कार्य भई रहेको, निम्न नियन्त्रणमा रहेका मानिसहरु :- १) जिल्ला उदयपुर चौदण्डीगढी नगरपालीका वडा न. ६ स्थाई घर भई जिल्ला ललितपुर म.न.पा. २६ ढोलाहिटी बस्ने वर्ष २५ को घनस्याम बि.क २) जिल्ला रौतहट राजदेवी नगरपालिका वडा नम्बर ६ स्थाई घर भई चन्द्रागिरी नगरपालीका वडा न ९ त्रिभुवनपार्क बस्ने वर्ष ४८ को मोहम्द तनविर मिक्रानी३) पछि नाम थर वतन खुल्न आएको जिल्ला खोटाङ साकेला गा.पा.२ घर भई हाल  जिल्ला ललितपुर म.न.पा. २६ ढोलाहिटी बस्ने बर्ष २६ को समिर राई ( हाल फरार रहेको, खो.त. कार्य भई रहेको) जम्मा बरामद लागु औषध र सामानहरु :-१) खैरो हिरोईन ११.१२ ग्राम प्लाष्टिक सहित २) सानो डिजिटल तराजु थान २ ३) ट्रामाडोल ५०५३ क्याप्सुल४) नाईट्राभेट १२१ ट्याबलेट५) नगद रु ५१०० ६) OPPO Company A76 model १ थान, MOTO-G06 Model १ थान

प्रहरी कर्मचारीहरूलाई निर्वाचन लक्षित अनुशिक्षण तालिम सम्पन्न
२०८२-१०-२६

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षार्थ खटिने प्रहरी कर्मचारीहरूलाई निर्वाचन लक्षित अनुशिक्षण कार्यक्रम काठमाडौं उपत्यका प्रहरी कार्यालयमा सम्पन्न भएको छ । अनुशिक्षण तालिममा निर्वाचन सुरक्षा परिचय, प्रहरीको भूमिका, सुरक्षा व्यवस्थापन,  निर्वाचनमा आई पर्न सक्ने समस्या, निर्वाचनमा प्रहरीको दायित्व, मतदान केन्द्रको निर्माण गर्दा ध्यान दिनु पर्ने कुराहरूलाई समावेश गरिएको छ । त्यस्तै अनुशिक्षण तालिममा निर्वाचन आचारसंहिता २०८२ अन्तर्गत सुरक्षा निकाय, सुरक्षाकर्मी तथा सुरक्षा सम्बद्ध कर्मचारीले पालना गर्नु पर्ने आचरण, निर्वाचन व्यवस्थापनमा सामाजिक सञ्जालको उपयोग सम्बन्धी नीति २०७७ लगायतका विषयमा प्रशिक्षण प्रदान गर्नुका साथै लामो तथा छोटो हतियार सम्बन्धी पुनःताजकी तालिम प्रदान गर्नुका साथै नमुना मतदान सुरक्षा अभ्यास समेत संचालन गरिएको थियो । बिभिन्न चरणमा सम्पन्न भएको प्रशिक्षणमा यस कार्यालयका सम्पूर्ण प्रहरी कर्मचारीहरूको उपस्थिती रहेको थियो ।

ठुलो आवाज निकाल्ने तथा स्वरुप परिवर्तन गर्ने ८ ओटा मोटरसाईकल ट्राफिक प्रहरीको नियन्त्रणमा
२०८२-१०-२५

ध्वनि प्रदुषण तथा स्वरुप परिवर्तन विरुद्धको विषेश कारवाही अभियान अन्तर्गत ठुलो आवाज निकाली ध्वनि प्रदुषण गराउने तथा स्वरुप परिवर्तन गर्ने ८ ओटा मोटरसाईकललाई ट्राफिक प्रहरीले शुक्रवार ट्राफिक प्रहरीद्वारा नियन्त्रणमा लिएको छ । काठमाडौँ उपत्यकाको नेपालटार डाँडागाँउ स्थित सडक खण्डमा गरिएको बिशेष चेकिङको क्रममा ८ ओटा ठुलो आवाज निकाल्ने तथा स्वरुप परिवर्तन गर्ने मोटरसाईकललाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिईएका सवारी साधनलाई यातायात व्यवस्था ऐन २०४९ अनुसार कारवाही गरिनेछ ।

श्रृङ्खलाबद्ध चोरीमा संलग्न मानिस नियन्त्रणमा
२०८२-१०-२२

     काठमाडौंको विभिन्न स्थानहरूमा दिउँसोको समयमा घरमा कोही नभएको मौका पारी घरबाट नगद तथा सुन चाँदीका गर-गहना चोरी गर्ने नेपालगन्ज उपमहानगरपालिका -०३ घर भइ काठमाडौंको सितापाईला बस्ने वर्ष ४१ को सुप्रिम विकास तथा सौरभ  चौधरी भन्ने प्रेम थारूलाई नियन्त्रणमा लिएको छ ।      जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले चोरी गर्ने मानिसको खोजतलास गर्ने क्रममा मिति २०८२।१०।२१ गते अन्दाजी २३:२५ बजेको समयमा जिल्ला काठमाडौं, नागार्जुन  नगरपालिका-०६ पुरी गाउँ स्थित सडक खण्डमा शङ्कास्पद व्यक्तिलाई चेकजाँच गर्ने क्रममा प्रहरी माथि नै आक्रमण समेत गरेको निजलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा निज प्रतिवादी २०७९।०८।२९ गते प्रहरी वृत्त बौद्धबाट २ वटा चोरी कसुरमा पक्राउ परी कारागार चलान भइ ३ वर्ष कैद भुक्तान गरेको समेत अभिलेखमा देखिएको र उक्त किसिमका चोरीका घटनाको सम्बन्धमा ८८ तोला सुन, ९९ तोला चाँदी, २ तोला डाइमण्ड, विभिन्न देशका मुद्रा लगायत सहित अ. रु. ३,०६,१४,२००।- रुपैयाँ बराबरको चोरी भएको बिगो सहित हालसम्म ९ जना पीडित सम्पर्कमा आएको । बरामद दसीका सामानहरू१.         सुन - ७६४.३५ ग्राम२.         चाँदी - ११५९.२६ ग्राम३.         नेपाली रुपैयाँ १ लाख ६३ हजार ६ सय ५५ रुपैयाँ४.         Dimond - १५.२६ ग्राम  ५.         USD ११०$६.         भारतीय रुपयेँ ५५०० ७.         चाईनिज युआन ८२ ८.         श्रीलंका रु. २० ९.         मलेसियन रिङेट ३ १०.       ओमन रियाल १०० ११.       कतारी रियाल १६ १२.       थाईल्याड भाट ४० १३.       जापानिज येन १०० १४.       साउदी रियाल २ १५.       हङ्कङ डलर १०

प्रहरी कर्मचारीहरूलाई निर्वाचन लक्षित अनुशिक्षण तालिम सम्पन्न
२०८२-१०-२२

     आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षार्थ खटिने प्रहरी कर्मचारीहरूलाई निर्वाचन लक्षित अनुशिक्षण कार्यक्रम काठमाडौं उपत्यका प्रहरी कार्यालयमा सम्पन्न भयो । अनुशिक्षण कार्यक्रममा निर्वाचन सुरक्षा परिचय,निर्वाचनमा प्रहरीको भूमिका,सुरक्षा व्यवस्थापन, प्रहरीले सुरक्षा व्यवस्थामा अपनाउनु पर्ने भूमिका वा अवस्था,निर्वाचन कार्यमा सुरक्षा दिनु पर्ने क्षेत्र, निर्वाचनमा आई पर्न सक्ने समस्या, निर्वाचनमा प्रहरीको दायित्व,मतदान केन्द्रको निर्माण गर्दा ध्यान दिनु पर्ने कुराहरू, निर्वाचन आचारसंहिता,२०८२ अन्तर्गत सुरक्षा निकाय,सुरक्षाकर्मी तथा सुरक्षासम्बद्ध कर्मचारीले पालना गर्नुपर्ने आचरण, निर्वाचन व्यवस्थापनमा सामाजिक सञ्जालको उपयोग सम्बन्धी नीति २०७७ लगायतका विषयमा प्रशिक्षण प्रदान गरिएको थियो । प्रशिक्षणमा प्रहरी नायव उपरीक्षकदेखि प्रहरी कार्यालय सहयोगी सम्म १६९ जना प्रहरी कर्मचारीहरूको उपस्थिती रहेको थियो । 

सुन जस्तो देखिन धातु सहित भारतीय नागरिक पक्राउ
२०८२-१०-२१

काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको आगमन टनेल गेटबाट अवैध रूपमा भन्सार छली लुकाई छिपाई लैजान लागेको करिब १ सय ग्राम तौलको सुन जस्तो देखिने धातु १ थान सहित भारतीय नागरिक ४९ वर्षीय Abu Barkat Kudrate Khoda Kazi लाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय समेतबाट खटिएको प्रहरीले फ्लाई दुबाईको उडानद्वारा काठमाडौं आएका उनलाई जाँच गर्दा उनको साथबाट उक्त धातु फेला पारी पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको छ ।