प्रहरी कन्ट्रोल : १००
नेपा
EN

प्रहरी अतिरिक्त महानिरीक्षक श्याम लाल ज्ञवालीद्वारा काठमाण्डौ उपत्यका प्रहरी विशेष सुरक्षा गण, त्रिपुरेश्वरको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न

२०८०-०३-१५

  • A
  • A-
  • A+
Share

काठमाण्डौ, १५ असार

    काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक श्याम लाल ज्ञवालीद्वारा शुक्रबार बिहान काठमाण्डौ उपत्यका प्रहरी विशेष सुरक्षा गण, त्रिपुरेश्वरको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न भएको छ ।

      निरीक्षण तथा निर्देशन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रहरी अतिरिक्त महानिरीक्षक ज्ञवालीले काठमाण्डौ उपत्यका प्रहरी विशेष सुरक्षा गण, त्रिपुरेश्वर काठमाण्डौ उपत्यका सुरक्षाको लागि रिजर्व फौज भएकोले उपत्यकाको सुरक्षाको लागि जुनसुकै समयमा खटिन पर्ने हुँदा हरदम तयार रहन निर्देशन दिनुभयो ।

     मानव अधिकारको बिषयमा सदैव संवेदशील भई भिड नियन्त्रणको क्रममा सिलसिलेवार शक्तिको प्रयोग गरी व्यवसायिक दक्षता प्रदर्शन गर्न निर्देशन दिनुहुँदै प्रहरी कर्मचारीहरूले सदैव सभ्य, शिष्‍ट व्यवहारद्वारा नागरिकमैत्री प्रहरीको भूमिका निर्वाह गर्न ज्ञवालीले निर्देशन दिनुभयो ।

      निरीक्षणको क्रममा प्रहरी अतिरिक्त महानिरीक्षक ज्ञवालीले भिड नियन्त्रणको नमूना प्रदर्शनको अवलोकन र कार्यालय परिसर भित्रका विभिन्न स्थलहरूको निरीक्षण गर्नुका साथै प्रहरी काम कारवाहीबारे जानकारी लिनुभएको थियो । 

सम्बन्धित समाचार
नेपाल प्रिमियर लिगमा सट्टेबाजी खेल्ने/खेलाउने कार्यमा संलग्न व्यक्ति पक्राउ
२०८३-०७-१९

काठमाडौं, नेपाल प्रिमियर लिगमा सट्टेबाजी खेल्ने/खेलाउने कार्यमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-१७ ठमेल बस्ने भारत बिहार राज्य भोजपुर टाउन थाना घर भएका ३२ वर्षीय सोनु कुमार सिन्हालाई प्रहरीले पक्राउ गरेको छ ।             काठमाडौं कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा संचालन भएको तेस्रो संस्करणको नेपाल प्रमियर लिग २०२६ मा केही व्यक्तिहरूले अनलाइन मार्फत सट्टेबाजी गर्ने/गराउने गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा उनले विभिन्न अनलाइन बेटिङ साइटहरूबाट ८९ लाख ८१ हजार ७ सय २९ रूपैयाँ बराबरको कारोबार गरेको खुल्न आएको छ ।  उनलाई जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । 

वैदेशिक रोजगारीमा अजरवैजान र क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८३-०७-१९

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अजरवैजान र क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-२६ बस्ने मोरङ घर भएका ५६ वर्षीय पुण्य प्रसाद निरौला र काठमाडौं तारकेश्वर नगरपालिका-१० बस्ने २० वर्षीया श्रेया श्रेष्ठ रहेका छन् ।    पक्राउ मध्ये पुण्य प्रसादले अजरवैजान पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३२ लाख रूपैयाँ र श्रेयाले क्यानडा पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ४५ हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले पुण्य प्रसादलाई काठमाडौं महानगरपालिका-२६ बाट र श्रेयालाई काठमाडौं तारकेश्वर नगरपालिका-१० बाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।