प्रहरी अतिरिक्त महानिरीक्षक श्याम लाल ज्ञवालीद्वारा काठमाण्डौ उपत्यका सशस्त्र प्रहरी गण नं. २, र काठमाण्डौ उपत्यका प्रहरी शिक्षालय महाराजगञ्जको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न
२०८०-०३-१४
- A
- A-
- A+
काठमाण्डौ, १४ असार
काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक श्याम
लाल ज्ञवालीद्वारा बिहिबार बिहान काठमाण्डौ उपत्यका सशस्त्र प्रहरी गण नं. २, र काठमाण्डौ उपत्यका प्रहरी शिक्षालय महाराजगञ्जको
निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न भएको छ ।
निरीक्षण तथा निर्देशन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रहरी अतिरिक्त महानिरीक्षक
ज्ञवालीले काठमाण्डौ उपत्यका सशस्त्र प्रहरी गण नं. २, उपत्यकाको शान्ति सुरक्षाको लागि हरहमेसा
खटिन सक्ने हॅुदा सदैव तयार रहन निर्देशन दिनुभयो ।
भिड नियन्त्रणको क्रममा सिलसिलेवार शक्तिको प्रयोग र मानव अधिकारको बिषयमा सदैव
संवेदशिल भई व्यवसायिक दक्षता प्रदर्शन गर्न निर्देशन दिनुहुदै प्रहरी कर्मचारीहरूले
सदैव सभ्य, शिष्ट व्यवहारद्वारा नागरिकमैत्री प्रहरीको
भूमिका निर्वाह गर्नु पर्ने बताउनु भयो ।
निरीक्षणको क्रममा प्रहरी अतिरिक्त महानिरीक्षक ज्ञवालीले भिड नियन्त्रणको नमूना
प्रदर्शनको अवलोकन र कार्यालय परिसर भित्रका विभिन्न स्थलहरूको निरीक्षण गर्नुका साथै
काम कारवाहीबारे जानकारी लिनुभएको
थियो ।