प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

विभिन्न धमाल चोरी

२०८०-०३-१३

  • A
  • A-
  • A+
Share

काठमाण्डौ, १३ असार 

काठमाण्डौ महानगरपालिका-१४ बल्खु कुमारी क्लब नजिक डेरा गरी बस्ने गोरखा घर भएका २८ वर्षीया ईश्वरी फुयालको डेरा कोठाबाट नगद तथा सुनका विभिन्न गर-गहना समेत गरी करिब ८ लाख ८ हजार रूपैयाँ बराबरको धनमाल मङ्गलबार दिउँसो चोरी भएको छ ।

प्रहरीले चोरीमा संलग्न व्यक्तिहरुको खोजी गर्नुको साथै थप अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ६ जना पक्राउ
२०८२-०८-१६

काठमाडौं, १६ मंसिर                  काठमाडौं महानगरपालिका-२६ गोंगबु मित्रनगरस्थित न्यू दाङ बर्दिया होटल एण्ड लजबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय २० मिलिग्राम, नगद ९ हजार ५ सय रूपैयाँ र डिजिटल तराजु १ थान सहित २ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बाँके कोहलपुर नगरपालिका-२ घर भएका २१ वर्षीय भुपेन्द्र कुमार बुढा र तनहुँ बन्दिपुर गाउँपालिका-१ घर भएका २१ वर्षीय मनिष गुरूङ रहेका छन् । प्रहरी प्रभाग गोंगबु नयाँ बसपार्कबाट खटिएको प्रहरीले उक्त होटलको २०१ नम्बरको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।          यसैगरी काठमाडौं, टोखा नगरपालिका-९ गोंगबु कुलान्त मार्गस्थित नमस्ते नेपाल गेष्ट हाउसबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ५ सय ७० मिलिग्राम सहित ३ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धादिङ नीलकण्ठ नगरपालिका-३ घर भएका २४ वर्षीय किशोर मगर, सोही नगरपालिका-७ घर भएका २५ वर्षीय कपिल खाती र डोटी पूर्वीचौकी गाउँपालिका-३ घर भएका २५ वर्षीय लोकेन्द्र खड्का रहेका छन् । प्रहरी प्रभाग गोंगबु समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।              यसैगरी काठमाडौं, गोकर्णेश्वर नगरपालिका-८ माकालबारीबाट नियन्त्रित लागूऔषध फेनारगन १५ एम्पुल, डाईजेपाम १५ एम्पुल र नोर्फिन १५ एम्पुल सहित सोही नगरपालिका-८ बस्ने सिन्धुपाल्चोक भोटेचौर घर भएका ३२ वर्षीय सालिकराम खतिवडालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

काठमाडौं महानगरपालिका-११ सुन्धाराबाट पेस्तोल सहित तीन जना पक्राउ
२०८२-०८-१६

काठमाडौं, १६ मंसिर      काठमाडौं महानगरपालिका-११ सुन्धाराबाट पेस्तोल १ थान सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-११ सुन्धारा बस्ने दार्चुला दुहुँ गाउँपालिका-४ घर भएका १९ वर्षीय डेबिड भन्ने रामचन्द्र कुँवर, काठमाडौं महानगरपालिका-१८ भुरूङखेल बस्ने सोही महानगरपालिका-१४ कलंकी घर भएका २८ वर्षीय रसिल जोशी र काठमाडौं महानगरपालिका-१३ बाफल बस्ने ३१ वर्षीय विराट प्रसाद जोशी रहेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पेस्तोल सहित पक्राउ गरेको हो । साथै पक्राउ मध्ये रसिल उपर प्रहरी वृत्त स्वयम्भूबाट लागूऔषध मुद्दा दर्ता भई गत भदौ २४ गते हिरासतबाट भागी फरार भएको समेत अनुसन्धानको क्रममा खुल्न आएको छ ।  उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।    

क्रोएसिया र अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८२-०८-१६

काठमाडौं, १६ मंसिर                काठमाडौं, वैदेशिक रोजगारीमा अल्बानिया र क्रोएसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं बुढानिलकण्ठ नगरपालिका-३ बस्ने झापा दमक नगरपालिका-३ घर भएका ३० वर्षीय प्रवेश पोखरेल र काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-९ बस्ने काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपलिका-९ घर भएका ४५ वर्षीय ईश्वर राना रहेका छन् ।  पक्राउ मध्ये प्रवेशले अल्बानिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख ७० हजार रूपैयाँ र ईश्वरले क्रोएसिया पठाइदिन्छु भन्दै १ जना पीडतबाट ११ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले प्रवेशलाई काठमाडौं महानगरपालिका-२६ बाट र ईश्वरलाई काठमाडौं महानगरपालिका-९ बाट पक्राउ गरेको हो  । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २ जना पक्राउ
२०८२-०८-१५

काठमाडौं, १५ मंसिर                   काठमाडौं महानगरपालिका-१४ कलंकीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ७ ग्राम ४ सय १० मिलिग्राम, डिजिटल तराजु १ थान र नगद ५६ हजार ६ सय रूपैयाँ सहित सिन्धुली मरिण गाउँपालिका-७ घर भएका २६ वर्षीय युवराज लाखेलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त कालिमाटी समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।         यसैगरी काठमाडौं, बुढानिलकण्ठ नगरपालिका-४ भसन्थलीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १२ ग्राम ७ सय ६० मिलिग्राम सहित सोही नगरपालिका-४ पासीकोट बस्ने मोरङ बेलबारी नगरपालिका-११ घर भएका २४ वर्षीय दिपेश घतानीलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको लु.प्र ०३-००१ प ०९६३ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी र महालक्ष्मी नगरपालिका ललितपुरका बीच सिसिटिभि जडान गर्ने सम्बन्धी समझदारी-पत्रमा हस्ताक्षर
२०८२-०८-१२

काठमाडौं, १२ मंसिरकाठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी र महालक्ष्मी नगरपालिका ललितपुरका बीच नगरपालिकाको क्षेत्रभित्र सुरक्षा व्यस्थापनका लागि सिसिटिभि क्यामेरा जडान, संचालन, मर्मत संभार र सूचनाको उपयोग गर्ने सम्बन्धी समझदारी-पत्रमा हस्ताक्षर कार्यक्रम सम्पन्न भएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको तर्फबाट कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्की र महालक्ष्मी नगरपालिकाको तर्फबाट नगर प्रमुख हरी गोविन्द श्रेष्ठले उक्त समझदारी-पत्रमा हस्ताक्षर गर्नुका साथै समझदारी-पत्र आदान प्रदान समेत गर्नुभयो ।       सो अवसरमा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीले नागरिकहरूको आधारभुत आवश्यकता शान्ति सुरक्षालाई मध्यनजर गरी नगरवासीको सुरक्षाका लागि सिसिटिभि जडान गर्ने महालक्ष्मी नगरपालिकालाई यस कार्यालयको तर्फबाट धन्यवाद व्यक्त गर्दै आगामी दिनहरुमा पनि शान्ति सुरक्षा, विकासका कार्यक्रम, अपराध नियन्त्रण तथा अनुसन्धानमा महालक्ष्मी नगरपालिकासँग थप सहकार्य गर्दै जाने मन्तव्य व्यक्त गर्नुभयो ।      सो कार्यक्रममा महालक्ष्मी नगरपालिकाका नगर प्रमुख हरी गोविन्द श्रेष्ठले राष्ट्र र नागरिकको सेवामा अग्रपंक्तिमा खटिने नेपाल प्रहरीसंग आगामी दिनहरूमा पनि सुरक्षा र अपराध नियन्त्रणका लागी थप समन्वय र सहकार्य  गर्दै अगाडि बढ्ने बताउनुभयो ।            महालक्ष्मी नगरपालिका क्षेत्रभित्र शान्ति सुरक्षा, अपराध नियन्त्रण, दुर्घटना न्यूनिकरण लगायत अन्य अवाञ्छित गतिविधि नियन्त्रण तथा समग्र सुरक्षा व्यस्थापनसंग सम्बन्धित विषयहरूमा सहकार्य गरी सिसिटिभि जडानको लागि दुवै पक्षबीच सम्झौता भएको हो । यसका लागि महालक्ष्मी नगरपालिकाको आ.ब २०८२-८३ को बजेट द्वारा कुल १ करोड आर्थिक सहयोग उपलब्ध गराउने समेत सम्झौता-पत्रमा उल्लेख गरिएको छ । कार्यक्रममा महालक्ष्मी नगरपालिकाका पदाधिकारीहरू, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी नायव महानिरीक्षक ओम प्रसाद अधिकारी  एवम् वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।

ट्राफिक नियन्त्रण तालिम सञ्चालन
२०८२-०८-०७

काठमाडौं, ७ मंसिर राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा १५५औं समूहको ट्राफिक नियन्त्रण तालिम सञ्चालन भएको छ ।काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा आइतबार आयोजित कार्यक्रममा सोही कार्यालयका प्रहरी उपरीक्षक नरेश राज सुवेदीले उक्त तालिम उद्‍घाटन गर्दै प्रशिक्षार्थीहरूले उत्सुक, अनुशासित तथा जागरूक भई तालिम हासिल गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक शैलेश न्यौपानेले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै ४५ कार्यदिन अवधिको उक्त तालिममा प्रहरी सहायक हवल्दार ३ जना र प्रहरी जवान ४५ जना गरी कुल ४८ जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको जानकारी दिनुभयो ।